१.
विषय प्रवेश
येले सम्वत्को
बहस किराती समुदायको चासोको विषयभन्दा माथि उठेको छ र यो हिजो अस्तिको आफ्नै
अनुहार मात्र अगाडि सारेर यो देशको समग्र परिचय नै यही हो भन्न रुचाउने दुराग्रहको
विपरित यो भूमिकै वास्तविक प्राचीन, प्राग ऐतिहासिक इतिहासको अध्ययन अनुसन्धान र
बहसको विषय बनेको छ। “प्राचीन किरात सभ्यताको उत्खनन् गर्ने कामको
लागि सम्वन्धित संस्थाहरु नै तत्पर नभइरहेको अवस्थामा[1] तत् तत्
संस्थाहरुको समर्थन सम्मतिबाट एउटा छु्ट्टै निकाय “किरात येले सम्वत् अध्ययन समन्वय समिति” गठन
गरेर यसको उद्देश्यबमोजिम कार्य सम्पादन गर्ने जिम्मा दिनुपर्ने ज–जसले
सोच बनाउनु भयो वहाँहरुको उपदेशलाई कदर गर्नु पर्छ र येले सम्वत् सम्वन्धी आजसम्म
भएका बहस, गोष्ठी छलफल, टिका टिप्पणीलाई संग्रह गरी “किरात
येले सम्वत् अभिलेख” लिखित दस्तावेज नै अध्ययन अनुसन्धानका लागि
उपलब्ध गरार्ई दिनु भएकोमा समन्वय समितिको जाँगर तत्परता बुद्धिमतालाई अवश्य कदर
प्रशंसा गर्नु पर्छ।
यो अभिलेखलाई
अध्ययन गर्दा येले सम्वत्लाई स्थापित गराउन अघि बढेको अभियन्ताहरु पैह्रो खसेर
नदीको बहाव एकैछिन थुनिएजस्तो एकैछिन अवरुद्ध भएको भान हुन्छ। तर आफ्नै तर्क र
मान्यताहरुलाई पुनरावलोकन गर्दै सबैका दूरदर्शितापूर्ण फराकिला विचारहरुलाई समेत
लिएर अघि बढ्ने हो भने उत्खनन्को कार्यले कुनै त्रुटिविना एउटा माइल खुट्टी गाड्ने
निश्चित नै छ।
२.
किरात कति प्राचिन जाति?
कवि भूपाल राईले
जिज्ञासा राख्नु भए जस्तै हामी (किरात) यस धर्तीको प्राचीन जाति त हौं तर कति
प्राचीन जाति हौं?[2] निश्चय
नै यो उत्खनन अघि बढ्नुभन्दा अघि किरातहरुले टेकेको धरातलबारे किरातहरु आफैँमा
प्रष्टता हुनु अत्यन्तै जरुरी छ। किरातहरु आफूलाई आदिवासी युकपुङकेम्बा (लामो
समयदेखि बसोबास गर्दै आएकेा जाति) धर्तीपुत्र खाम्बोङबा लुङबोङबा (ढुङ्गामाटोसँगै
उत्पत्ति भएको) भनी जानअनजान दावी गर्दै आउँदै छन्। अज्ञात समयदेखि किरात
परापुर्खाहरुले मौखिक मुन्धुम् परम्परामा फलाक्दै ल्याएको युकपुङकेम्बा, खाम्बोङबा
लुङबोङबा, आनिगेन् तुम्बा (जेठो बंश) थक्लीगेन साम्माङ
तुम्बा (शरीरमा अदृश्य दैवी शक्ति अभिषेक हुने परम्परामा पनि जेठो) आदि प्रामाणिक
मुन्धुम् वचनहरु सर्वसामान्य बोलचाल जानकारी मै हालसम्म यथावत् जीवन्त छन्। यिनै
मुन्धुमी वचनहरुलाई समर्थन पुष्टि गर्ने ब्रम्हा48ड सृष्टिका कथा, मान्छे
पशुपंक्षी, किटपंतग,
उद्भिज वनस्पतिकेा उत्पत्तिको कथा, आगो
उत्पत्तिको कथा, मानवीय सामाजिक जीवनसँग सम्वन्धित सभ्यताको
प्रारम्भिक चरणकै कथाहरुलाई प्रतिनिधित्व गर्ने ठाउँ, थलो, शिलाप्रमाण, संस्कार, संस्कृति
तथा मुन्धुमी मिथकहरुको विश्ााल भ48डार नै यी जातिहरुसँग छन्। सृष्टिकै उत्पत्तिको
कथा बोक्ने प्राचीन जातिहरु यो हिमाली क्षेत्रमा बाहेक अन्यत्र भूगोल क्षेत्रमा
कहीं मिल्छ जस्तो लाग्दैन। यो हिमाली क्षेत्रमध्ये पनि नेपाल केन्द्रभूमि भएको
विभिन्न प्रमाणले पुष्टि गर्छ। नेपालको पनि पूर्र्वी सप्तकोशी किराँत क्षेत्र
विश्वकै आदिम भूमि, मानव सभ्यता उत्पत्ति भूमि भएको विभिन्न
प्रमाणहरुले संकेत गरेको देखिन्छ। हिजो दश किरात (थिवोङ याकथुङ) नौलाख किरात
(अनगिन्ति, आकाशैको नौलाख तारा म गन्न सक्त्तिन) भई एकताका
विश्वव्यापक बनेका किरात सभ्यता मासिएपछि संकुचन हुँदै अन्तमा हिजो कै उत्पत्तिथलो
कोशीक्षेत्रमा सिमित हुन पुगेको सजिलै अनुमान गर्न सकिन्छ।
किरात
इतिहासविज्ञ पृथ्वीनारायणले वि.सं. १८१४ मा (काठमाण्डौ लिनुभन्दा १२ बर्ष अघि) काठमाण्डौँ
पूर्वका आपुंगी किरात मुलुकलाई ताम्रपत्र दिंदा “किरात मुलुक बराहा क्षेत्र साङमाहाङ गढ
(सिम्रौन गढ), लोहाङगढ (लाहान), इलाम, मोरोङगढ, साङलीगढ, (साँगुरी) गढ साङ (खरसाङ, दार्जिलिङ)
इत्यादि विविध पुस्ता राज गरी आपुंगी राज थामी लियौ। अरु राजा रजौटा साखा मासिने, तिमी
किरातसोर नमासिने हौ। तिमीहरु मैले जानेको हुँ। अगि दस पुस्ता चक्रवर्ती सम्राट
हौ।....अघि चीन, तिब्बत र अरु राजाबासाकाहरुबाट पनि
अनादिकालदेखिन तम्रो वंशमा समर्थन लिपी दि आयाको मैले जानेको, हेरेको
हुँ।”[3] भन्ने
वचन कवुलेको देखिन्छ।
सृष्टि
उत्पत्तिदेखि नै निरन्तर अविछिन्न हिसावले बसोबास गर्दै आएका प्राचीन किरातको
बसोबास बर्ष कति? शासन पुस्ता कति? को को यहाँबाट फैलिएर उत्तर, दक्षिण, पूर्व, पश्चिम
कता कता गए? हिमाल पारी हिमाल वारी को कति चोटि ओहोर दोहोर
गरे? पूर्व पश्चिम गएकाहरु को को फेरि मूल थलो
सम्झँदै कतिपटक ओहोरदोहोर गरे? यो इतिहास केलाउनु बाँकी नै छ। प्रचलनको पात्रोले सृष्टिको उमेर झण्डै २ अरब बर्ष भन्छ। किरात मुन्धुमले
हरियाली वनस्पति, पशुपन्छी पछि कान्छो सृष्टि मान्छे हुन् भन्छ।
प्रारम्भिक चरणको विकास कोशीक्षेत्र मै भए पनि चक्रवर्र्ती सभ्यताको केन्द्रविन्दु
थलो भने काठमाण्डौँ
उपत्यका नै रह्यो कि भन्नलाई उपत्यकामा पाइएका र सिमित रहेका हातमा चिण्डो बोकेका बालाजु उद्यान र
चाँगुनारायणको नीलकण्ठको शेष शायी मूर्ति, चिण्डो बोकेका उमा महेश्वर कैलास परिवारका प्राचीन
मूर्तिहरु, पशुपति वत्सला मन्दिर प्राङ्गणको चिण्डो बोकेका मंगला गौरीको मूर्ति, विष्णु
विक्रान्तका प्राचीन मूर्तिहरु, प्राचीन नाग मूर्तिहरुको परम्पराहरुले बल पुर्याउँछन्।
पृथ्वीनारायणले
यो ताम्रपत्रमा संकुचनमा आइपुगेको आपुंगी किरात मुलुकको भूगोल क्षेत्रफल सिमाना
पनि प्रष्ट पारि दिएका छन्। नमासिने किरातसोर हौ अघि दश पुस्ता चक्रवर्ती, सम्राट
हौ भनी इतिहास पनि राखि दिएका छन् र अरु राजावासाहरुबाट पनि अनादिकालदेखिन तम्रो
वंशमा समर्थन लिपी दिआयाको मैले जानेको, हेरेको हुँ भनी आदि अनादिकालदेखिको यो हिमाल
भूमिमा किरातहरुको अक्षुण, सार्वभौम उपस्थितिलाई विश्वका राजा बादसाहहरुले
समर्थन लिपि दिदै आएको प्राग ऐतिहासिक, ऐतिहासिक परम्पराको प्रत्यक्षदर्शी साक्षी पनि
बसी दिएका छन्। यति प्रमाण भएपछि पूर्व सभासद कुमार फुदोङको, कवि
भूपाल रार्ईको “सिमान्तकृत भयौं, आफ्नो परम्परा टुटायौँ, आफ्नो
इतिहास मास्यौं भनी पिरलो मान्दै हाम्रो पहिचान (आइडेन्टिटी) के हो?[4] हामी
कति प्राचीन? भन्ने चिन्ता र जिज्ञासाको थोरै भएपनि जवाफ
मिल्छ भन्दा अत्युक्ति नहोला।
३.
किरातहरुको कुल देवता
माथिका मुन्धुमी
वचनहरुलाई नै समर्थन गर्ने सम्बन्धमा आजभोलि हिन्दुशास्त्र मानिने संस्कृत वाङमयमा
लेखिएको वेद, धर्मशास्त्र, पुराण उपनिषद्आदि सबै ग्रन्थ साहित्यमा
झन् धेरै प्रमाणहरु पाइन्छन्। बेदव्यासले लेखेका भनिएको १८ पुराण नै वास्तवमा एक
दुई पुराण बाहेक सबै पुराणले शिवको इतिहास भन्ने हुन्। शिव भनेकै किरातेश्वर हुन्।
मान्छेलाई ज्ञान दिन शिवले सर्व प्रथम किरात देह धारण गरी पृथ्वीमा लीला धर्नु
भएको हुँदा शिवलाई किरातेश्वर भन्ने गरिएको हो। किरातहरुले “थक्लीगेन
साम्माङ तुम्बा” देवशक्ति आउने परम्पराको पनि जेठो हौं भनेर
दावी गरेको पनि यही किरातेश्वर लीलालाई भनिएको हो। इमानसिं चेमजोङको किरात
मुन्धुम्मा प्रथम मानव उत्पत्ति स्त्री, पुरुष, लाहादोङ्ना र सुसुवालिमलिम अमैथुनी क्रियाबाट उत्पत्ति
भएपछि चेली माइती आफैंमा ८/९ पुस्तासम्म (?) विहेवारी
गरे र मानव जनसंख्या बढाए। त्यसपछि एकजना ज्ञानी पुरुष येहाङको जन्म भयो। उनैले
नाता साइनोसम्वन्ध, चेली माइती चिनाए, छुटाए, धर्म
कर्म चिनाए, सामाजिक व्यवस्था बाँधी दिए भन्ने कथन आउँछ।
सृष्टिका मानव जातिलाई ज्ञान सभ्यताको बाटो देखाउने प्रथम गुरु नै येहाङ
(किरातेश्वर) हुन् भन्ने मुन्धुमी विश्वास परम्परा छँदैछ। दुईसय तिस बर्ष अघि
पृथ्वीनारायाण शाहले किरात मुन्धुम् गाथाका यिनै प्रथम महापुरुष येहाङ (किरातेश्वर)
को नाम लिएर वि.सं. १८३१ को लाल मोहोरमा पल्लो किरातलाई यसो भनेका छन् “तिमी
तुतु तुम्याहाङ येहाङ सन्तान हार्यौ।”[5] मुन्धुमी
भाषामा ये : भन्नाले माथिबाट खटिएको, हाङ
भन्नाले देवता, भगवान, राजा भन्ने अर्थ लाग्छ। तुम्याहाङ, भन्नाले
पवित्र कुलमा जन्म भएको, धर्म, कर्मको ज्ञानमा परिपक्व भएको, जेठो, पाको
बुढो बुझन्छ। तुतु भन्नाले सबैभन्दा जेठो पाको बुढो बुझन्छ। किरातहरु भनेका
सबैभन्दा जेठा बुढो, माथिबाट खटिएर आएका देवता भगवानका सन्तान हुन्
भन्ने इतिहासको पृथ्वीनारायणलाई राम्रो जानकारी थिएछ। किरातहरु आफ्नो कुल देव, कुल
देवीलाई बुढो हाङ, बुढो बाजे,
बुढीबज्यू मुन्धुम भाषामा “ताक्के
थेवा (जुजु पुर्खा) बुदामाङ, पारुहाङ,
कप्पोवा माङ (बुढो देवता) थाक्फुत् माङ
(सेतै केश फुलेको देवता) सुम्निमा युमा (बुढी बज्यू) भनी सम्बोधन गर्छन्। (नेवारी
भाषामा आजु द्यौ, बाजे देवता) अजिमा द्यौ (बज्यू देवता) भनी
सम्बोधन गरिन्छ। नेवारी भाषा किराँत भाषाकै भाषिका मानिन्छ। किरात भाषाका अन्य
भाषिका भाषाहरु जस्तै वान्तवा, चाम्लिङ,
बाहिङ, कुलुङ, थुलुङ, सुनुवार, याक्खा आदि सबैमा आफ्नो कुलदेव, कुलदेवीलाई
बुढो बाजे, बुढी बज्यू अर्थमा सम्बोधन गरिने शब्दहरुको
उपस्थिति छँदैछ। आज हिन्दुले मात्र होइन लोकले नै बुढा सुभा (धरान सुनसरी), बुढाहाङ
ठाकुर किरातेश्वर (खाल्सा धनकुटा), बुढेश्वर महादेव (लफ्याङ गाविस खोटाङ,), बुढा
भिमसेन (दोलखा), बुढानिलकण्ठ (काठमाण्डौँ), बुढा केदारनाथ (कुमाउ), बुढा
अमरनाथ (काश्मिर) बुढी मालिका (बाजुरा), बजु बराहा (रोल्पा) आदि शब्दले सम्बोधन गर्दै, मान्दै, पुज्दैछन्।[6] आकाशलाई पिता, धर्र्तीलाई माता मान्ने, पंचतत्व
(आगो, पानी, हावा, माटो, आकाश) लाई देवतुल्य मान्ने किरातहरुको सनातन
धार्मिक संस्कार भएको हुँदा खोलानदीलाई पनि बुढी मोरंग, बुढी
रापती, बुढी गण्डकी, बुढी गंगा (अछाम) भनी लोकले सम्बोधन गर्न
विर्सेका छ्रैनन्। सोलुखुम्बुको पाँच पोखरीलाई बुढा पोखरी, बुढी
पोखरी भनेर पनि सम्बोधन गरिन्छ। आफूलाई आदिवासी मानेपछि त आदिवासीले मान्ने देवी
देवता पनि त आदिवासी नै हुनुपर्यो, रैथाने हुनुपर्यो। यही कैलाश हिमालमा उठबस
गर्ने, आदिवासी भक्तभन्दा जेठा, पुरानो
बुढो हुनु पर्यो। त्यसैले आदिवासी धर्तीपुत्रको कुल देवदेवीलाई सम्बोधन गरिने यो
बुढो र बुढी शब्द अत्यन्तै उपयुक्त सुहाउँदिलो ठहर्छ। आज भोलिको देवता समात्ने अनि
आफूलाई आदिवासी भन्नु त अलिक मेल नखाने देखिन्छ।
हिन्दूहरु
ऋगवेदकालमा इन्द्र, अग्नि, मरुत, सोम आदि देवतालाई पूजा भक्ति गर्दै थिए।
उपनिषद् कालमा आईपुग्दा उनीहरु ब्रम्हा, विष्णु,
शिव र शक्तिको उपासना र गुणगान गर्ने
क्रममा उचाइमा पुगेको भेटिन्छ। जि. पि. सिंहले लेख्नु भएको छ “शिवप्रति
स्पष्ट धारणा उपनिषद् कालमा उत्पन्न भयो ।[7] “ ब्रम्हा,
विष्णु र शिवलाई आर्यहरुले पछिबाट
ग्रहण गरेका हुन्। ... जनकलाल शर्मा लेख्नुहुन्छः विष्णु पहिला अनार्य थिए।
विष्णुलाई अनार्यले नै देवता बनाए ।”[8]
शिव महापुराणमा
प्रष्टसँग घोषणा गरिएको छ। “सगुण र निर्गुण मेरा (शिवका ) दुई रुप छन्, अरु
कसैको पनि दुई रुप छैनन्। त्यसकारण अरु कोही पनि ईश्वर होईनन्।”[9] कुनै
आकार नभएको शिला स्तम्भ ( शिव लिङ्ग) लाई शिव शक्तिको प्रतीक मानी आराधना गर्ने
चलन छ। मूर्तिमान रुपमा पनि सेवा पूजा गरिन्छ। पारुहाङ्ग, सुम्निमाले
“हाम्रो
सम्झनामा यही शिला स्तम्भलाई नै पारुहाङ्ग,
सुम्निमा हुन् भन्ने मानेर उधौली, उभौलीमा
सेवा, पूजा गर्नु ” भनी मानव पुत्र होङछालाई जिम्मा दिई
राखेको मुन्धुमी मिथक छ ।[10] आपुंगी
किरात समाजका माङपा, नाक्छोङहरुले सपनामा पाएर यस्तै शिला, स्तम्भलाई
थान, थपना गरी साकेला, साकेवा, सालावाक्सा, तोसी, भूमेमाङ
भन्दै उधौली, उभौलीमा सेवा, पूजा गर्ने, चण्डी,
सिली नाच्ने चलन यद्यपि छँदैछ।
परापूर्वकालदेखि आदिवासी समाजका धामी, विजुवा,
माङपा, नाक्सो, फेदाङवाहरुले सपनामा, कइरनमा, जोखानामा
नावालक उमेरमै वितेकाहरुमध्ये कोहीलाई शिलामा उत्रेको देख्ने र सिद्वदेव, देवीको
थानमान दिई नित्य/नैमित्तिक पूजा गर्ने गराउने प्रचलन पनि आजसम्म छँदैछ।
रामचन्द्र राईजी
आफ्नो स्वतन्त्र चिन्तन र अध्ययनबाट “प्राचीन किराँतहरुले छाडेका सम्पदाहरु” मा
लेख्नु हुन्छ। “हिन्दू धर्म अन्धविश्वासमा आधारित छ .... शोषणको
माध्यम भयो भनेर भौतिकवादी दृष्टिले हिन्दू धर्म नमान्नु एउटा कुरा हो।
व्यापकरुपले खोजी निति गर्दै जाँदा.... हिन्दूले मानेको देवी देवता सबै
किरातीहरुकै देवी देवता हुन्। किरातीहरुले मानी आएको देवी देवतालाई नै अर्कै नाम
रुप दिई उनीहरुले मानेका छन्, यसले किरातहरु हिन्दू नभएर हिन्दूहरु (चाहिं)
किरात धर्मावलम्बी हुन् .... भन्ने प्रष्ट पार्दछ।” [11]
किरातको कुल देवदेवी, तुतु तुम्याहाङ, येहाङ
अर्थात नेपाली शब्दमा भन्नुपर्दा शिव पार्वती सबैभन्दा बूढो देव, बुढी
देवी हुन्। मुन्धुम भाषामा भन्नु पर्दा हाङसाम युमा, थेवा, पारुहाङ्ग, सुम्निमा
भनिन्छ। धर्मलाई मुन्धुम भाषामा संवोधन गर्नुपर्दा “हाङ साम साम्म्यो” भन्छन्। हाङ देव,
शिव, पिता। साम शक्ति, माता।
हाङसाम शिव शक्ति। साम्म्यो धर्म। अर्धनारेश्वरले “हाङसाम” को अवधारणालाई प्रतिनिधित्व गर्छ।
मंजुल याक्थुङवाजी आफ्नो एक पुस्तकमा लेख्नु हुन्छ।“ २७
सौं किराती राजाशंखुहाङले तिखेदेवल, ललितपुरमा हाङसाम युमा थेवाको मूर्ति मन्दिर
स्थापना गरेका हुन्। हाल तिनै मन्दिरलाई गैर किरातीहरुले उमा महेश्वरको मन्दिर
भन्ने गर्दछन्।”[12] किरातको
धर्म नमासिने किरातेश्वर (शिवशक्ति ) हो। किरातको इतिहास चक्रवर्ती सभ्यता हो।
त्यो चक्रबर्ती सभ्यता मासिएर टुटफुट हुँदै ओह्रालो झरेपछि पहिचानविहीन, सिमान्तकृत, मूलधारबाट बहिष्कृत आपुंगी अवस्था नै आजको वर्तमान हो।
४.
स्मारक संवत्का सम्भाव्य कालखण्ड
राजेश
रार्ईद्वारा संग्रहित किरात लोककथामा[13] नयाँ बर्ष
सम्वन्धी मिथक भाषिक हिसावले हेर्दा पल्लो किरात क्षेत्रबाट संकलन गरेको देखिन्छ।
माझ(वल्लो) किरात क्षेत्रबाट प्रवीण पुमाले संकलन गर्नुभएको मिथकका कथामा होङछाले
भने “मैले तपाईंहरुको रक्षा गर्न नसक्ने भएँ।
तपार्इंहरुले एक न एक दिन मर्नु नै पर्ने भयो। आज चाँप फुलेको दिन हो। त्यही
दिनलाई तपार्इंहरुले आफ्नो उमेरको हिसाव गरेर किराती नङवा दोङ (नव बर्ष) को रुपमा
मान्नु है” त्यसपछि होङ्छाको आज्ञा अनुसार त्यहाँको मानव
सृष्टिले त्यस दिनलाई नयाँ बर्षको रुपमा मान्न थाले। त्यो नयाँ बर्ष माघे
संक्रान्तिको दिन थियो। त्यही कारण किरातीहरुले माघे संक्रान्तिलाई किराती
नङवादोङको रुपमा मान्छन्।”[14] भन्ने
विवरण छ। नयाँ बर्षको यो मिथक वल्लो पल्लो दुबै किरात क्षेत्रमा पाइनु र मिथकको
सारभाव पनि मिल्न आएको र प्राचीन सभ्यताकै प्रथम चरणतिर नयाँ बर्ष मान्ने थालनी भै
सकेको भन्ने सो मिथकको सारभावले अर्थ दिन खोजेको पनि देखिन्छ। यस हिसाबले येहाङ
महापुरुष कै नाममा येहाङ सम्वत् भनेर मानव जातिको आदि सभ्यताकै गणना बर्षलाई सजिलै
सम्बोधन गर्न सकिने देखिन्छ।
त्यसपछि हालसम्म
विश्व जगतकै जानकारीबाट ओझेल रहेको चक्रवर्ती सभ्यताको चक्रबर्ती ध्वजा उच्च
राख्ने ती दश महापुरुषहरु(ताम्रपत्रमा उल्लेख भएको) को को थिए? तिनको
नाम र इतिहासबारे प्रष्ट ज्ञान भएको दिन चक्रवर्ती सभ्यताको प्रारम्भ गणना बर्षको
नाममा पनि स्मारक संवत घोषणा गर्न अवश्य सकिन्छ।
चक्रवर्तीपछि
सायद आचरण अनुशासनमा खस्केका भैरवहरुको काल खण्ड आउँदो हो यस्तै सम्भावना देखिन्छ।
भैरवहरुमा जेठो पाको टेकु काठमाण्डौँको पचली भैरबलाई मानिन्छ।[15] यिनलाई
आफ्नो कुलवंश बाहिरका स्त्रीसँग सम्बन्ध राखेको बात लागेको देखिन्छ।[16] यी भैरवहरु घ्याम्पाको घ्याम्पा जाँड रक्सी
उडाउने, कान्छी श्रीमतीहरु बटुल्ने आचरणका तान्त्रिक
टुनामुना जान्ने बडो डरलाग्दा रुपरंग जीउडालका थिए भन्ने भैरब सम्बन्धी उपलब्ध
मिथकहरु, पूजा परम्पराहरु, भैरवको नाममा बनाइने चित्र मूर्तिको
परम्पराहरुको अध्ययनले बताउँछ। यी भैरबले पनि एउटा चरित्र विशेष बोकेको काल खण्डलाई
प्रतिनिधित्व गर्ने हुँदा यिनीहरुको नाममा पनि स्मारक संवत नबन्ने होइन।
मानव
उत्पत्तिकालदेखि नै उकाली ओह्राली, ओहोर दोहोर आदि पत्रै पत्र, खापैखापको
कालखण्ड बोकेर हालसम्म निरन्तर उपस्थिति जनाइरहेका जाति सभ्यतासंग यति थुप्रै
सम्भावना देखिनु स्वभाविक मान्नु पर्छ। तर यी गर्भभित्र दबिएर रहेका प्राग
ऐतिहासिक, पौराणिक ऐतिहासिक सभ्यता कालखण्डहरुको चित्रण, प्रस्तुती
प्रष्टरुपमा बाहिर नआइसकेको अवस्थामा सबभन्दा नजिकको कालखण्डलाई ल73य गरी उपलब्ध आधारहरुलाई टेकेर पहिलो
माइल खुट्ट्री खडा गर्नमा तत्परता देखाई हाल्न आवश्यक देखिन्छ।
५.
किराती सभ्यताको उकाली ओराली
यो तत्परताको
सवालमा तथ्य, प्रमाण र आधारहरुको उपलब्धताभन्दा पनि त्यस्ता
आधारहरुलाई लिने र बुन्ने
तरिकामा आदिबासी धर्तीपुत्रको आफ्नै तालमेल कता कसरी नमिली रहेको र यस्तै संकोच र
मनोगत धारणाले वस्तुगत अध्ययनको बाटोमा आफै काँडा उमार्ने काम पो हुन्छ की भनी
आशंका उठ्ने ठाउँहरु देखियो। तर पहिचानको आधारभूत सत्यता र इतिहासको उकाली ओराली
दुबै पाटाको यात्रा यथार्थलाई स्वीकार गर्दै आफ्नो हेराई र बुझाईलाई सो अनुसार
लचिलो, तटस्थ, तर्कसम्मत र मनोगत आग्रह मुक्त राख्ने हो भने
यस्ता कम्जोरीहरुमाथि सजिलै विजय प्राप्त गर्न सकिन्छ। पूर्व युगमा किरात सभ्यताले
चक्रवर्तीको उचाई टेकेको थियो। यो गफ होइन,
यथार्थ भएकाले पृथ्वीनारायणले ताँवा
समातेर अघि दश पुस्ता चक्रवर्ती सम्राट हौ भनी कसम कवोलेका हुन्। प्रा. शिव गोपाल
रिसाल आफ्नो एक लेख (गौरी मासिक २०६२ ) मा लेख्छन् “इतिहासको आरम्भदेखि यहाँ शैव परम्परा भएकोले यो
किरातेश्वरको, पशुपतिनाथको, गौरी शंकरको, पिण्डेश्वरको, कैलाशको, हिमालयको
देश हो। त्यसैले यो शिव साम्राज्य भूमि हो। शिव नै यहाँका सम्राट हुन्।“[17] योगी नरहरिनाथ लेख्छन्। (गौरी मासिक
फागुन २०६२) ..... गौरीले भगवान शङ्करको किरात रुपको दर्शन पाएर आफू पनि
किराँतिनीको रुप लिएर भगवान शिवको सेवा गर्न लागे। यसरी किरात जातिको उदय हुन
पुग्यो। शिवको सन्तानको रुपमा किरात जाति र किरात सभ्यताको विकास भएर जताततै
फैलिएर गयो। महाभारत कालभन्दा अगाडि थुप्रै किराती राज्य र प्रतापी किरात राजाहरु
भएका थिए।”[18] चक्रवर्ती
सभ्यता भनेको शैव धर्मको सभ्यता हो। शैव सभ्यता नै किरात सभ्यता हो। धार्मिक
सभ्यतामा ध्यान, ज्ञान, जपतप, तपस्या,
योग, समाधि, सात्विक आहार, विहार, सात्विक
विचार, आचरण, अनुशासन,
नियम पालन, पूजा, पाठ, यज्ञ, होम, साधना, भक्ति, तन्त्र
मंत्र, गुरु चेला,
शब्दी, दिक्षा, गुरु भक्ति, ईश्वर
भक्ति, विश्व कल्याण–विश्व शान्ति, सर्व
कल्याण–सर्व शान्ति आदि विषयहरु नै पर्छन्। वर्तमान
कालका आपुंगी किरात समाज यस्ता आध्यात्मिक विषयहरुको अभ्यासमा छैनन् यो यथार्थ
सबैले देखेकै, बुझेकै छन्। तर हिंजोका किरात पुर्खाहरु
निश्चित रुपमा धर्मको कठोर अभ्यासमा अवश्य थिए यसको साक्षी प्रमाणमा वेदशास्त्र, पुराणहरु, किरातको
आफ्नो मुन्धुम, मिथक, साँस्कृतिक,
चलन परम्पराहरु जुरुक्कै खडा छन्। यता
आपुंगी कालमा धर्म गुरु, धर्मको नीति मान्नु नपरेपछि आफू खुशी गर्न
पाइने फुक्का स्वच्छन्द भएपछि प्रतिगमनकै दिशातर्फ भए पनि सामाजिक परिपाटी चलायमान
गतिमान हुने नै भो। अनि यसले पनि चक्रवर्ती सभ्यताको कतिपय मूल्य परिपाटीलाई
मिल्ने र सक्ने जतिलाई जस्ताको तस्तै र नमिल्ने जतिलाई आफ्नो आपुंगी काँटछाट
थपघटबाट अनुकूल बनाई अघि बढ्दा यसका पनि आफ्नै सामाजिक एवं साँस्कृतिक मूल्य, परम्परा, परिपाटी
देखा पर्ने नै भए।
यस हिसाबले आजको
किरात समाज एवं किरात बुद्धिजीवीहरु चक्रवर्र्ती सभ्यताका ऐतिहासिक धरोहर, मान्यताहरुलाई
लिएर गर्व गर्ने हुन् कि आपुंगी कालखण्डका धरोहर मान्यताहरुमा गर्व गर्ने हुन् पुरै
स्वतन्त्र छन्। चक्रवर्ती सभ्यताले कामधेनु गाईको रौंबाट किरातहरु उत्पत्ति भएका
हुन् भनेर गाईलाई माता समान पुज्ने, बँदेललाई पिता पारुहाङको अवतार मानी मान्ने, पुज्ने
(माझ किरातभित्र बराह क्षेत्र छँदैछ ), स्वयं शिवले साउन महिनाको शुक्ल चतुर्दशीको दिन
जनै लगाउने (पशुपतिको पवित्रारोहण पर्व), ज्ञानको खोजीमा सात्विक आहार सेवन गरी ध्यान
गुफा, समाधी बस्ने जस्ता, परम्परालाई
मान्दै ल्याएको देखिन्छ। यता आपुंगीकाल खण्डमा भने गाई गोरु खाएको, पितृ
पूजा गर्दा बँदेल (सुँगुर) लाई “लौ है तपार्इं त हाम्रो पितृ, आज
तिरले हान्दैछौं, तपाईको जन्मै यस्तो भएछ। दुःख नमान्नु” भन्दै
मारेर खाने चलन देखिन्छ। अर्थात आजभोलिका हिन्दूले गाईलाई माता मान्दै होटेलमा
गाईको मासु उडाए जस्तै किरातहरुले आफूले पितृमाङ मानेको बँदेललाई उहिलेदेखि
सिध्याएर हिन्दूलाई पनि उछिनेका रहेछन्। गाईमातालाई सिध्याउनमा चाँहि किरातहरु
हिन्दूभन्दा पछि परेको देखिन्छ। “जनै पनि लाउने? जाँड पनि खाने?” यस्तो
नीति कुन धर्मशास्त्रमा छ? आउ शास्त्रार्थ गरौं भनी परशुरामले चुनौती
दिंदा सो बेलाका किरातहरुले जनै फाल्न मंजुर भए र जाँड मासु नै रोजेछन्। यही घटनालाई पुराण शास्त्रमा परशुरामले
पृथ्वीमा २१ चोटि फनका लाएर भएभरका क्षत्री सबैलाई सखाप पारे भनी कथा हालिन्छ।
ज्ञानको खोजीमा गुरु मान्ने, मंत्र दीक्षा लिने, भक्ति
गर्ने त्यस्तो अभ्यास, परम्परा आपुंगी कालखण्डमा शून्यशान्य देखिन्छ बरु यही आपुंगी
कालखण्डमा
आजभन्दा पन्ध्र, सोह्र सय बर्षअघि राजा मानदेवले वि. सं. ५२० मा
चाँगुनारायणमा ढुङ्गाको स्तम्भ खडा गराएका
छन्। त्यसमा राजा मानदेवले पूर्वका शठ, सामन्त (किरात) हरुलाई तह लगाए भन्ने प्रशस्ती
लेखिएको छ।[19] शठ भन्नाले स्वाँठ, ज्ञान, चेतनाशून्य
अवस्थालाई भन्नुपर्ने हुन्छ।
मूर्ति, फोटो, लीपिको
विकास नभइसकेको आदिम अवस्थामा महापुरुषहरुको आगमन जीवनीलाई इतिहासमा जिवन्त राख्न
महापुरुषहरुले नै भौतिक देह त्याग्नु अघि कुनै पशुपंक्षीलाई आफ्नो प्रतिकसरह
साक्षात्कार गराई राख्ने चलन भएको अनुमान हुन्छ। आजभोलि पनि आदिवासीका नक्सो, जानपाहरुले
विरामी मान्छेको प्रतिकरुपमा सँुगुरकुखुरालाई उठाएर रोग बोक्न लगाउने विधि
अनुस्ठान गर्ने चलन छँदैछ।
चक्रवर्ती
सभ्यता र आपुंगी कालखण्डको
यो आ–आफ्नो चरित्र र विशेषतालाई निष्पक्षतापूर्वक
पहिचान गरिएन भने उत्खनन्मा भेटिएका सामग्रीहरुलाई विश्लेषण गरेर प्रस्तुत गर्ने
बेला अलमल र विवाद अवश्य देखा पर्दछ। किरात सभ्यताले तय गरेको यी दुबै उकाली ओराली
कालखण्डको यात्राको यथार्थबारे अझ प्रष्टता आओस् भन्ने हेतुले केही विवरण थप्नु
परेको बाध्यतालाई बुझ दिनु हुनेछ। यो बुझ्ने वित्तिकै शिव, बराह को हुन्? सत्यहाङमा
कहिलेका हुन्? हिंसा, अहिंसा के हो? ओम,
ओत्, जनै के हुन्? जस्ता
गनथनको जवाफ सजिलै पाउन सकिन्छ।
किरातहरुले
आफूलाई आदिवासी, धर्तीपुत्र भनी दावी गर्छन् भने किरातको
सभ्यताको समयकाल सृष्टिउत्पत्ति मै जोडिन पुग्छ। आजको आधुनिक ज्ञानविज्ञान
ज्योतिषीय गणितले सृष्टि उत्पत्तिको समय काल जे जति तोक्छन्। त्यही समयकाल नै
धर्तीपुत्रको समयकाल हो। पुराना मूर्ति, मन्दिर,
देवस्थल, संस्कार, संस्कृति, पुरातत्व, नृतत्व, शिला, माटो, मणि, शि
माला, जि माला,
पुवाँलो, पुरानो हाडखोड, खण्डहर, गुफा, ओढार, अवशेष, ढुङ्गे
हतियार, सामाग्री,
पुरानो, बुढो देवी देवता जे भेटिन्छ ति सबैमा
धर्तिपुत्रले आँखा चिम्लेर दावी गर्दा हुन्छ। गर्नुपर्ने त्यही हो आदिवासी हौं
भन्नेले, सोझो हिसाव नै यही हो यसमा हिच्किचाहट किन? तर
यहाँ त धर्तीपुत्रहरु फेद समाउनुको सट्टा टुप्पा र पात, पुच्छर
समातेर अलमलिएको देखियो। यहाँ त कुरै उल्टो गतिमा बढी रहेछ, अनि
कुरा र प्रमाणले कसरी भेट खान्छ? फेदका मान्छेहरु टुप्पा, पात
र पुच्छर समातेर उफ्रिरहेछन्। ज्ञानमणि नेपाल भन्दै हुन्ुहुन्छ “ वि.सं.
१९३७ भन्दा अगाडि यी बंशावली बाहेक हामीसंग इतिहासको नामोनिसान केही थिएन। ”[20]
“वैज्ञानिक इतिहास” कै
यो हालत भएपछि तिथि मिति भएको विज्ञान सम्मत,
सहि सलामत इतिहास कहाँ पाउनु? पाए
त अति राम्रो काम हुन्छ। आदिवासी आफैले हराएको विलाएको अवस्थामा सहि सलामत इतिहास
राख्ने कुरै भएन। जसको आफ्नै पहिचानको रुपरेखा छैन उसले खाट्टी, “तिथि
मिति भएको इतिहास”[21] मात्र
खोज्ने जमर्को नगरौं। तिथिमिति मात्रै
होइन, पुरातत्व,
नृतत्व, वेदशास्त्र, पुराण, मिथकहरु
पनि प्रामाणिक इतिहास नै हुन्। ग्रन्थ, धर्मशास्त्र, वेद, इतिहास, पुराण, वंशावली, जसको होस् वा जहाँ होस् त्यसमा
ऐतिहासिक सत्य तथ्यलाई पुष्टि समर्थन गर्ने प्रमाण प्रसंग भेटिन्छ भने त्यसलाई
धन्यवादसहित सहर्ष स्वीकार गर्नुपर्छ। “नेपालका इतिहासकारहरुले किरात राजवंशकाललाई किन
पौराणिक/अनुश्रुति कालको कित्तामा राखे?”[22]
( दुर्गाहाङ याख्खा रार्ई : पृष्ठ ४४ ऐ)
राख्नेहरुले जानून्। तर आदिवासी किरात समुदाय आफ्नै धर्म संस्कार, संस्कृति, भूमि, भाषा
लिपि, लालमोहोर ताम्रपत्र रुक्का सनद सवाल तथा मौलिक
पहिचान सहित आदि अनादिकालदेखि वर्तमान कालसम्म “नमासिने”, “अवध्य” माङ आशिष सहित जीवन्त छन्। स–शरीर
उपस्थित छन्। यो प्रमाणले किरात सभ्यतालाई “ऐतिहासिक विज्ञान सम्मत”[23] चौघेराभित्र
मात्र परिभाषित गर्नुपर्ने कुनै बाध्यता आवश्यकता छैन। यसलाई वर्तमानदेखि जहाँसम्म
ऐतिहासिक, पौराणिक,
प्राग ऐतिहासिक, द्धापर, त्रेता, सत्य
युग सृष्टि, उत्पत्ति सम्मै उपलब्ध प्रमाणले दिएसम्म तन्काए
पनि हुन्छ, जोडे पनि हुन्छ।
फेदको कुरा सत्य, त्रेता, द्धापर
युग कै कुरालाई वर्णन गर्ने लिखित साहित्य भनेको तिनै संस्कृत, पाली
भाषामा लेखिएका धार्मिक ग्रन्थ, पुराण इतिहास वेद नै हुन् । त्यसपछि किरात समाज
भित्र बचेर रहेका तिनै मिथक, लोक कथा,
गाथा, मुन्धुमी मौखिक परम्पराहरु नै हुन्।
यथार्थमा रामायण, महाभारत,
पुराण सबै स्थानीय आदिवासीहरुकै इतिहास, मिथक, लोक
कथा, गाथा, दन्त्यकथाको आधारमा तयार पारिएका हुन्।[24] जी.पी.सिहं आफ्नो पुस्तक “प्राचीन
भारतमा किरातहरु” मा त्यसै भन्नु हुन्छ (पृष्ठ २४७)। सत्यमोहन
जोशी सल्लाह दिनु हुन्छ , “मौखिक परम्परालाई तिथि मिति नभए पनि ऐतिहासिक
मान्यता दिनुपर्छ। रामायण, महाभारत पुराण सबै मौखिक परम्परा त हुन्। किरात
सभ्यता र संस्कृतिको प्रसंगमा किराती फोकलोर (मिथक) लाई सकार्नु पर्छ।”[25]
६.
देवराजा यलम्बरको ऐतिहासिक स्थान र स्थिति
प्राचीन किरात
सभ्यता र संस्कृतिको इतिहासले तय गरेको
उकाली र ओह्राली दुई काल खण्ड र सो मध्ये चक्रवर्ती सभ्यताले बोकेको
धार्मिक एवं आध्यात्मिक मूल्य, मान्यता र परम्परा सम्वन्धित चरित्रहरु र
आपुङ्गी कालखण्डले धार्मिक तथा आध्यात्मिक संस्कार अभ्यास र व्यवहारबाट टाढिंदै
आफूखुशी आपुँगी थपघट गर्दै विकसित गरेको धार्मिक ज्ञानविहिन संस्कृति, अन्धचलन
परम्परा सम्वन्धित चरित्रहरुलाई छुट्टयाएर अध्ययन गर्न सक्दा मात्र इतिहासको
वस्तुगत यथार्थ बु137न सकिन्छ। वास्तवमा इतिहासको यही दुई कालखण्डको
दोसाँधमा सा73य रुप उभिएर किरात देवराजा (माङहाङ) यलम्बरले
आफूमाथि जबर्जस्ती अन्यायपूर्वक षडयन्त्रपूर्वक थोपरिएको अकल्पनीय लान्छना कलंकलाई
आउने कुन समय र कुन पुस्ताले धोइ पखाली शिर उठाइ दिने हुन् भनी वाग्मती घाटमा
माटोमुनि आधा गाडिएर बाटो कुरी रहनु भएको प्रतीत हुन्छ।
वंशावलीको
प्रमाणले आज सम्मका इतिहासकारहरुले यलम्बरलाई प्रथम किरात राजाकोरुपमा उल्लेख
गर्ने गरेतापनि पृथ्वीनारायण शाहले प्रदान गरेको वि. सं. १८१४ को ताम्रपत्रको
प्रमाणले देवराजा यलम्बरलाई यो देवभूमि, तपोभूमि चक्रवर्ती शैव सभ्यताको प्रथम होइन
अन्तिम अवतारी देवांशी राजा मान्नुपर्ने देखिन्छ। यो तथ्यलाई समर्थन गर्ने अन्य
आधारहरु पनि प्रसस्तै उपलब्ध छन्। गहन अध्ययन र अनुसन्धानको खाँचो छ। कैलाश हिमालय
क्षेत्रमा उत्पत्ति भएको प्रथम मानव सभ्यता एक समय विश्वव्यापक बन्न पुगेको फेरी
कालक्रमको गतिमा संकुचन हुँदै जादा सो सभ्यताको अन्तिम सम्वाहक प्रतिनिधि पात्रको
रुपमा देवराजा यलम्बर उभिन पुगेको देखिन्छ। यस अर्थमा देवराजा यलम्बरले
प्रतिनिधित्व गर्ने सो समयको काल परिवेसलाई आजभोलिको समय सन्दर्भमा बुझने एक
क्षेत्र, एक समुदाय विशेषको सिमा भित्र मात्र बुझ दिँदा
उहाँप्रति अवश्य न्याय हुन सक्दैन। किनकि वहाँ त एक क्षेत्रविशेष, एक
समुदाय विशेष भन्दा पनि एक सभ्यता विशेष र एक युग विशेषको प्रतिनिधि पात्रको रुपमा
उभिनु भएको देखिन्छ। यो यथार्थलाई शतप्रतिसत समर्थन गर्ने पुरातात्विक
प्रमाणहरुबारे डा. स्वामि प्रपन्नाचार्याले प्राचिन किरात इतिहासमा यथेष्ट उल्लेख
गर्नु भएको छ। पशुपति क्षेत्रमा देखिएको त्रिनेत्रधारी विरुपाक्षको जस्तो मुर्ति
उत्तर भारत त्रिपुरा उनकोटिमा तीन, आसाम भूवन पहाडमा एक, हिमान्चल
प्रदेश मण्डीमा
दुई मुर्तिहरु उपलब्ध छन्।[26] त्यस्तै
किरातेश्वर लिङ्ग वनारस, मिर्जापुर,
कुमाउ पिथरागढ, मध्यप्रदेश
भूमरा, अल्मोडामा भएको उल्लेख गर्नु भएको छ।[27] भारतको
उत्तरी हिमालय खण्डभरी वेषभूषा, पहिरन, बसाइ आदिको हिसाबले कुनै किरात राजा महाराजा
जस्तो, निधारमा कुनै तिलक लगाए जस्तो(त्रिनेत्र?) मूर्तिहरु
लोकले सूर्य मूर्ति, शिव मूर्तिको रुपमा मान्दै पुज्दै ल्याएको
यत्रतत्र, अलपत्र अवस्थामा आफूले ठाउँ–ठाउँमा
भेटेको देखेको भनी वयान गर्नुभएको छ।[28]
देवराजा यलम्बर
वंशावलीमा मात्रै होइन काठमाण्डौँ उपत्यकाको धार्मिक एवं सांस्कृतिक परम्परामा, मूर्तिमा, मिथक
लोक गाथामा, पुराणमा जीवन्त हुनुहुन्छ। “इन्द्रचोक
काठमाण्डौँको आकाश भैरबलाई प्रसिद्ध किरातराजा यलम्बरको भैरबरुप मानी पूजाआजा
गर्ने चलन छ।[29]
पुस्तकमा लेखकले यलम्बर भैरवबारे प्रचलित एउटा लोककथा पनि उल्लेख गर्नुभएको छ। सो
अनुसार राजा यलम्बर भैरब महाभारतको युद्ध हेर्न कुरु क्षेत्र जान्छन् र अझसम्म
युद्ध किन नभएको भनी कृष्णलाई सोध्छन्। यिनले युद्ध हुने कुरा कसरी थाहा पाए भनी
कृष्णले राजा यलम्बरलाई सोध्छन् “युद्धमा तपाईं कसका पक्षबाट लड्नु हुन्छ?”[30] जवाफमा
भैरवले जो हार्छ उसैको पक्षमा लड्छु भने। युद्धमा भैरवलाई कसैले जित्न नसक्ने
हुँदा भैरवलाई पन्छाउन कृष्णले छल गरी उनको शिर मागे। काटिएको भैरवको शिरले
आकाशबाटै महाभारतको युद्ध हेर्न थाले। उनले देखे महाभारत युद्ध त सम्पूर्ण एक्लो
कृष्णको जालझेल पो रहेछ, के हेरी रहनु भनी उनी आकाश मार्गबाटै आफ्नो देश
फर्के। फर्कंदा हालको मन्दिर भएको स्थानमा आइपुग्दा भाले बासेकोले त्यही नै शिला
भई लोप भए। अर्को लोककथा अनुसार त्यसरी आइ पुगेका यलम्बरलाई टेकु दोभान (हालको
इन्द्रचोक) छेउमा काम गरिरहेको एकजना ज्यापुले देखेछ र सो ज्यापुलाई सपनामा यलम्बर
भगवानले मलाई यहीं नै एउटा छाप्रो बनाई राख र हेरविचार गर भनेकोलेे तिनले छाप्रो
बनाइ सो यलम्बर भैरबलाई पूजाआजा गर्न थाले भनिन्छ। हालसम्म पनि इन्द्रजात्राको दिन
मन्दिरको आँगन चोकमा छाप्रो बनाई आकाश भैरबलाई विराजमान गराउने चलन चलेकै छ र तिनै
ज्यापूका सन्तानहरुले नै आजसम्म पनि गुठी चलाई आकाश भैरवको नित्य पूजा, पर्व, पालो, पहरा, जात्रा
सबै संचालन गर्दै आइरहेका छन्।[31]
देवराजा
यलम्बरबारे स्वयं किरात समाजभित्रका लेखक बमबहादुर राई आफ्नो पुस्तक पौराणिक किरात
इतिहासमा यस्तो संस्मरण प्रस्तुत गर्छन् ―
“भूपू मन्त्री बल बहादुर राईको कथन
अनुसार आकाश भैरब भन्ने किराती राजा थिए। उनको शासन कडा थियो। उनको कडा शासन सहन
नसकेर जनता विद्रोहमा उत्रे र राजालाई कुटेर मारे। उनी जागित्रा भएर सबैलाई दुःख
दिन थाले। पछि धामी झाँक्रीमा उत्रिएर मेरो थान बनाएर मलाई पुज्यौ भने म
तिमीहरुलाई केही गर्दिन भनेर बकेपछि सबै जनता मिलेर इन्द्रचोकमा आकाश भैरवको थान
बनाएर पुज्न थाले।”[32] अर्जुनबाबु
मावुहाङको पुस्तक लिम्बुवानमा “धरणीधर दाहालले लेप्चाहरुको ग्रन्थ
तासानामथरलाई उद्धृत गर्दै विरुपाक्षको मूर्ति यलुं (देव राजा यलम्बर) को हो भन्नु
भएको छ,”[33] उल्लेख
छ।
योगी नरहरिनाथ
धर्मशास्त्र, वेद, पुराणका प्रकाण्ड विद्धान, अध्ययेता, नेपालका
पुराना कागजपत्र, ग्रन्थ,
शिलालेख, मूर्ति, पुरातत्व, प्रकाशित, अप्रकाशित
पुराना पाण्डुलिपि, भोजपत्र, सबै
खर्लप्पै हेरेका बुझेका इतिहासविज्ञ, अन्वेषक,
अनुसन्धानकर्ता हुनुहुन्थ्यो, सार्वजनिक
प्रवचनमै वहाँले बारम्बार भन्नुहुन्थ्यो। वागमती किनारको विरुपाक्षको मूर्ति
किरातराजा यलम्बरको मूर्ति हो। नेपालको सवैभन्दा प्राचीन मूर्ति, उसको
दर्शन नगरी पशुपतिको दर्शन पुरा हुँदैन। यो उपत्यकाको पोखरीलाई निकास दिएर वस्ती
बसाउने पनि उनै किराँतराजा यलम्बर हुन् पनि उनी भन्ने गर्थे।
यिनै विरुपाक्ष
उर्फ देवराजा यलम्बरकोबारे हिमवत्ख48डमा अत्यन्तै डरलाग्दो आक्षेप कलंक लगाइएको
प्रसंगलाई विषय बनाएर सो पाप मोचनका लागि “ने” मुनि ऋषिले काठमाण्डौँ वरिपरिका जम्मा १०
जिल्लामा रहेका ६४ शिवलिङ्गको दर्शन पूजा गराउँदै तत् तत् शिवलिङ्गको महिमा
विरुपाक्षलाई सुनाएको वर्णन छ। भगवान स्कन्धजीले ऋषि अगस्त्यलाई विरुपाक्षको पाप
अपराधलाई यसरी वर्णन गर्छन् “....ती आफ्ना पहिले जन्मका कर्मले पाप गर्ने, मातृ
गमन गर्ने, सदा मदिरा पान गर्ने भए।।१२।। मासु खाने, आचार
भ्रष्ट, वेश्या गमनमा तत्पर, जातिदेखि
पतित् भएका आफ्ना वंशले छोडिएका, वेद शास्त्रले हीन भएका।। १३।। ती केही कालपछि
आफ्ना पत्नी, आफ्ना कुललाई छाडेर, लज्जाले
दुःखी भएको हुँदा आफ्नो देशबाट निकालिए।।।१४।।[34]
ओह्रालो लागेको
मृगलाई वाछाले पनि लखेट्छ भने झैं हिन्दुशास्त्र मात्र होइन वौद्धशास्त्रहरु पनि
विरुपाक्षलाई बद्नाम गर्न पछि परेनन् भन्ने कुरा वासु पासा (कान्तिपुर, पृष्ठ
–४१)
को टिपोटले संकेत गर्छ। मातृ सम्पर्कको कलंक लागेपछि विरुपाक्षले पशुपतिलाई
प्रार्थना गरे। तामाको ठूला ठूला १२ वटा डल्ला तताएर पिएमा तिम्रो पाप नाश हुन्छ
भनी पशुपतिनाथबाट आज्ञा भयो। पगालेको तामा कसरी पिउने? यो
त भएन भनी विरुपाक्ष वुद्धको शरणमा परे। वुद्धले स्फटिकको एउटा माला दिएर यो
खिइएसम्म जप्नु तिम्रो पाप नाश हुन्छ भने। जप्दै जाँदा साँच्चै माला खिइएर गयो।
विरुपाक्ष खुशी भए तर पशुपतिले गलत सल्लाह दिएको हुँदा रिसाएर पशुपतिलाई झम्टन
जाँदा पशुपतिले पंच वुद्ध मुकुट लगाएको देखेर यो पशुपति पनि वुद्ध नै रहेछ भनी
उल्टै प्रार्थना गरेर फर्के भन्ने कथा भेटिन्छ।[35]
अहिले पनि
वागमती किनारमा रहेको विरुपाक्षलाई लोकले मातृ सम्पर्कको आक्षेप लगाएर नराम्रो, वदनामीको
अर्थमा “कलि ” भनी सम्बोधन गर्ने गरेको छ। यस्तो घोर पापाचारीलाई माथि उठ्न दिनु हुँदैन बरु
दबाउनुपर्छ, यो उठ्यो भने त प्रलय हुन्छ भन्ने कुतर्क र पाख48डी
अफवाह फैलाउँदै लोकलाई नै वागमतीको जल ल्याएर कलीको मूर्तिलाई छ्याप्ने र थिच्ने
(माथि ननिस्कोस्, नउठोस् भनेर) आज पर्यन्त अभ्यास गर्न
लगाइएको छ। देवराजा यलम्बरको सिंगो मूर्तिलाई मसान घाटमा आधासम्म माटोमा गाडेर
राखिएको छ। यसरी देवराजाको मूर्तिलाई, वास्तविक पशुपतिलाई गाडेर राख्नु कुनै पनि
अर्थमा सम्मान होइन।
विरुपाक्षबारे
एकथरीले यस्तो मुखमै ल्याउन नहुने महा अपराधको दोष लगाउने गरेका छन् भने
विरुपाक्षको सही, सत्य परिचयलाई प्रतिनिधित्व गर्ने मिथक
प्रमाणहरु पनि छन्। डा. स्वामी प्रपन्नाचार्यले नै विरुपाक्षलाई हिम्वत् खण्डकै
दुई श्लोक अध्याय १५७/८ र अध्याय १६२/२७ को उद्धरण पेश गरेर देवराजा यलम्बर होइन, आपुंगी
किरात राजा शंकु हुन् भनी[36] तर्कको लागि
तर्क भने जस्तो विवाद झक्नु भएको छ। निधारको त्रिनेत्रलाई पनि टीका लगाएको होला
भनी अनुमानको झटारो हान्नुभएको छ। तर यी दुई श्लोक मध्ये अध्याय १५७ को “शंकु
म्लेच्छ” ने मुनिले ६४ शिवलिङ्ग मध्ये रुद्रगारेश्वर
शिवलिङ्गको महिमा विरुपाक्षलाई सुनाउने क्रममा आएको कथा प्रसंगका पात्रको नाम भएको
देखिन्छ। अर्को अध्याय १६२ का राजा शंकु भिन्नै कथा पृष्ठभूमिका हुन्। यी दुई
श्लोकले विरुपाक्ष किरातराजा शंकु हुन् भनेर कतै पुष्टि गरेको देखिंदैन। यस्तो
फाल्तु विवाद गर्दागदै पनि विरुपाक्षबारे लोकमा चलेको मौखिक परम्परालाई प्राचीन
किरात इतिहासमा डा. स्वामी प्रपन्नाचार्यले टिपी दिनु भएर सत्यताको प्रमाण
सुरक्षित राखी दिनु भएको छ। “प्रसंगमा पशुपति आर्यघाटस्थित कलिको मूर्ति
विरुपाक्षको मूर्ति र पुरानो पशुपतिको मूर्ति आदि भन्ने चलन आज पनि सुनिन्छ।
...परन्तु उहिले यिनै विरुपाक्षलाई नै पशुपति मानेर पूजा गर्थे, मल्ल
राजाका पालादेखि पशुपतिका रुपमा पूजा गर्न छाडेका हुन्। असली पशुपतिनाथ यिनै
विरुपाक्ष हुन् भन्ने बूढा बूढीहरु पनि पाइन्छन्। यस किंवदन्तीमा पनि असत्यता छैन
जस्तो लाग्दछ।”[37]
पशुपतिको
सांस्कृतिक अध्ययन – डा. गोविन्द टण्डनको पनि विरुपाक्षबारे विचार, टिप्पणी
सुनौं। “यस मूर्तिमा पुरुष चिन्ह उर्ध्व अवस्थामा
देखाइएको छ। मूर्तिको मुखाकृति नेपालमा प्राप्त अरु कुनै पनि मूर्तिसँग सामञ्जस्य
राख्दैन। बाटुलो अनुहार, केही नेप्टिएको नाक, बाक्लो
ओठ, बदामे आँखा,
पुष्ट गालाहरुको संयोगले गर्दा ...
किरात मुहारलाई झलक्क सम्झाउँछ। शिरको दायाँतर्फ अर्ध चन्द्राकार आकृति कपालमा
देखिन्छ। निधारमा लाम्चो आकारको चिन्ह देखिन्छ। त्रिनेत्रको रुपमा यसलाई लिन
सकिन्छ। कसैले शिवको मूर्ति मानेका छन्। भगवान् शिवको १०८ नामहरु मध्येमा
विरुपाक्ष पनि एउटा हो। एघार रुद्रमध्ये एक विरुपाक्ष पनि हुन्। वि.सं. २०२२ तिर
एकजना वृद्ध किराँतले खनेर यो मूर्तिलाई जमिनमाथि निकालेका थिए। त्यसबेला सो
मूर्तिको एक हातमा शिवलिङ्ग र अर्को हातमा अक्ष माला (रुद्राक्षको माला) थियो भनी
देख्नेहरु बताउँछन्। हरिराम जोशीले विरुपाक्षले हातमा लिएको आयुधबारे त्यही कुरा
उल्लेख गर्नु भएको छ।”[38]
डा. टण्डनले विरुपाक्षबारे चलेको अर्कोथरि
मौखिक परम्पराबारे पनि उल्लेख गर्नु भएको छ “विरुपाक्षको सो मूर्ति दिनानुदिन जमिनमाथि आउँछ
र जवमाथि आइपुगी बुढी औंलाको टुप्पाले जमिनमा टेक्छ तब महाप्रलय भई कलियुगको
समाप्ति हुन्छ भन्ने जनविश्वास अनुसार त्यस्तो महाप्रलय चाँडै नहोस् भन्ने कामनाले
आर्यघाटमा आउने व्यक्तिहरु जसलाई यसबारेमा केही थाहा छ उनीहरु पानी लिई चढाउँदछन्।
परम्परागत रुपमा विरुपाक्ष सम्बन्धी कथा जनजीवनमा व्याप्त भएकोले पछि हिम्वत् खण्डमा
लिपिवद्ध भएको अनुमान छ।”[39] यो
लोकोक्तिलाई फेरि दोहोर्याएर पढौं.....“सो मूर्ति दिनानुदिन जमिन माथि(आउँदै) जब बूढी
औंलाले जमिन टेक्छ, तब महाप्रलय भई कलियुगको समाप्ति
हुन्छ.........त्यस्तो महाप्रलय चाडै नहोस भन्ने कामनाले......उनीहरु पानी लिई
चढाउँद छन्।” विरुपाक्ष सत्य हुन् कि कलि हुन्? हामी
कस्ता–कस्ता प्रार्थना गर्दा रहेछौं? यो
लोकोक्तिले आफै साविति वयान बकिरहेकै छ। सत्य युग होइन कलियुग नै हाम्रो “प्रार्थना” भएपछि
आफ्नो देश र विश्वको यो दूर्दशा त हुने नै भो।
विरुपाक्ष
(देवराजा यलम्बर) बारेका यी विविध प्रमाणहरुले हामीहरु सहज ढंगले सही र सत्य
निष्कर्षमा पुग्न सक्दछौं कि उनी सामान्य, भारेभूरे,
टाकुरे, आपुङ्गी राजा होइनन् र मान्छेराजा पनि
होइनन्। उनी त साक्षात् शिव अवतार किरातेश्वर पशुपति हुन् भन्ने सत्य, तथ्य, लोक
गाथा, संस्कृति,
परम्परा, धर्मशास्त्र साथै त्यही विरुपाक्षको मूर्तिले
छर्लङ्गै बताइरहेको छ। उर्ध्व पुरुष चिन्ह,
शिरमा चन्द्रमा, निधारमा
त्रिनेत्र, हातमा शिवलिङ्ग र रुदा्रक्षको माला यी सबै
प्रमाणले वहाँ साक्षत् शिवस्वरुप किरातेश्वर भन्ने सिद्ध गर्छ। लोकले विरुपाक्षलाई
नै असली पशुपति मानेको अर्थ यही हो।
चक्रवर्ती सभ्यताका
किराती देवराजाहरु माङ्ग (ईश्वर) द्वारा चुनिएका, खटिएका हुन्थे। राजाको छोरा राजा हुने
चलन थिएन। प्राचीनकालदेखि नै देवराज, देव
अवतार, देवांशी,
अवतारी परम्परा मान्ने किरातीहरु नै
हुन्। आचरण, अनुशासनमा जति कमि कम्जोरी देखा पर्यो त्यति
नै यो दैवीशक्ति परम्परा क्षीण हुँदै नाक्सो,
फेेदाङवा, विजुवामा
सीमित हुन पुगेको छ। तिब्बत, हिमाली क्षेत्रमा यस्तो देवांशी अवतारी परम्परा
आज पनि छँदैछ। यसको प्रमाण आजभोलिको आपुङ्गी समाजमा पनि यथावत् छँदैछ। हिंजोसम्म
आपुङ्गी किरात समाजलाई उनीहरुकै भूर्इंफुट्टा देवांशी नाक्सो, माङपा, विजुवाहरुले
धार्मिक, सांस्कृतिक,
सामाजिकआदि विभिन्न क्षेत्रमा नेतृत्व, अगुवाई
प्रदान गर्दै आएको हो। नाक्सोको छोरा नाक्सो हुँदैन, माङले चुन्नु पर्छ।
यो किरातेश्वर
(शिव शक्ति) परम्परा सत्य युगदेखि दश पुस्ता चक्रवर्ती महापुरुषहरुले स्थापित
गरिदिए र त्रेता, द्वापरसम्म धर्मको पाउ घट्दै जेनतेन कायम रह्यो
र किरातेश्वर परम्पराका अन्तिम देवराजा यीनै यलम्बर भएको अनुमान हुन्छ। इमानसिंह
चेमजोङले किरात इतिहासमा उल्लेख गरेका छन् “सिमाङगढबाट छुट्टिएर ...यलम्बरले नेपाल
खाल्डाका ...यक्ष गुप्ता उपर चढाई गरी सो राज्यमा आफ्नो अधिकार जमाए। यिनै यलम्बर
राजाले आफूलाई 'किरातेश्वर महादेव' भनी
पदवी लिए। ... यलम्बरका सात पुस्तापछि हुमति किरात राजाका पालामा पाँच पाण्डवहरु वनवास गर्न हिंडेका थिए।”[40] यीनको
शेषपछि माङले चुनेर देवराजा हुने किरातेश्वर अवतारी परम्परा मासियो। यही तथ्यलाई
प्रामाणिक रुपमा पुष्टि गर्ने मिथक माझ किरातमा पाइन्छ। नेपालमा किरात राज्य मासिए
पछि किराती माङ पनि लुङ (ढुङ्गा/शिला ) भए। त्यो लुङलाई अझै शक्ति पतन गराउन गैर
किरातीहरुले बाख्राको खून चढाएर राखेका छन्।[41] सो पछि राजाको छोरा नै राजा हुने आपुंगी चलन
शुरुवात् भएको अनुमान हुन्छ। सत्ययुग पछि त्रेता, द्वापरतिर नै चक्रवर्ती साम्राज्यमा त
वि–खण्डन
आइसकेको थियो भन्न सकिन्छ। किनकि तप्त कुण्ड (काश्मिर) देखि श्रीराम कुण्ड (अरुणाञ्चल) सम्म फैलिएको किरात
महादेश साम्राज्यभित्र नै पर्ने नेपाल पूर्वका आसाम, मणिपूर, त्रिपूरा, अरुणाञ्चल, अनुपद्विप, नेपाल
पश्चिमका गढवाल, हिमांचल,
कुमाउ आदिमा स्वतन्त्र राज्य खडा भै
उनीहरु महाभारतको युद्धमा भाग लिएको देखिन्छ।
स्वयं शिवशक्ति
नै मान्छेको देह धारण गरेर राजकाज चलाउने
किरात कालीन धार्मिक परम्परा भएकै कारणले नेपालको राजालाई विष्णु अवतार
मानेको र सो राजगद्धीलाई विष्णु आसन, शिव आसन मानिएको हो। शिव नै विष्णु हुन् भन्ने
सत्य बुढानिलकण्ठको
नाम र मूर्तिले लोकलाई पढाईरहेकै छ। पछि बनेका वेद शास्त्रहरुले त्यही अनुसार
व्याख्या वर्णन गरेका हुन्। राज परम्परा, राज गद्धी खडा गर्ने नै स्वयं शिव हुन्। शिव
आफैं किरात भएपछि राज परम्पराका पहिलो भुक्त भोगी किरातहरु नै हुने भए। यस बारेमा
शास्त्रले प्रष्टै बोलेको छ “देव र असुरहरुको आपसमा युद्ध भयो। तर देवताहरु
विना राजाका थिए। त्यसैले देवताहरु असुरहरुबाट हारे। हामी विना राजाका छौं, त्यसैले
युद्ध हारिरहेका छौं। हामीले पनि राजा बनाउनु पर्छ भनेर सरसल्लाह गरेको इतिहास
ऐतरेय र शतपथ ब्राम्हण आदिमा मनोहर रुपमा उभ्याइएको छ।[42] आपुंगी
समाजमा यो राजगद्धीको परम्परा अहिले पनि धनकुटाको अथप्रे किरातहरुले आफ्नो ५२
चुलाको सामुहिक घरमा कायम राखेकै छन्।
अब देवराजा
यलम्बरलाई लागेको महाअभियोग के कति सत्य हुन् त्यसको छलफल गरौं। उनी स्वयं शिवस्वरुप हुनुको अर्थ उनी महाज्ञानी
थिए। जो महाज्ञानी छ उसैले त्यस्तो महापाप कर्म गर्छ भनेर पत्याउनै सकिन्न। अनि
मदिरा पान गर्ने, मासु खाने,
परस्त्री सम्पर्कमा तत्पर भन्ने आरोप
सबै झूठा हुन्। शिवले विश्वभरि नै आफ्नो पूजा कुनै न कुनै रुपले गराई रहनु भएको छ।
आफ्नो कुनै न कुनै लीला, अंशअवतार मार्फत आफ्नो निती, नियम, अनुशासन, आचरण, खानपान, शुद्धीबारे
ज्ञानवाणीहरु दिई रहनु भएकै छ। नेपालमा मासु नखाने ब्राह्मण नपाइने हुनाले नै
पशुपतिनाथमा दक्षिण भारतको मासु नखाने नामुद्रीपाद ब्राह्मण भट्टलाई पुजारी राखेको
हो। किराँती आपुङ्गी समाजमा त
पुस्तौंपुस्तादेखि गाउ–गाउँ, घरैपिच्छे जस्तो युमामहारानी, बूढीबज्यू
जिउमा चढ्ने र वाणी बक्ने शिवशक्ति परम्परा छँदैछ। सो वाणीको ज्ञान सन्देश मुख्य
दुई विषयमा केन्द्रित हुन्छ।
(१)
अहिंसा (काटमार, भोगवली नगर्नु, सात्विक पूजा गर्नु ),
(२)
सात्विक आहार ( मासु मंश, जाँड, रक्सी नखानु )।
तर यहाँ त उल्टै
मदिरा पान गर्ने, मासु खाने यलम्बरलाई जाति वंशबाट निकाले भन्ने
पो आरोप छ।
यसको सोझो अर्थ
यही हो त्यसबेलाका किरात देवराज परिवार, किरात समाजका ठूला बडा भारदारहरु सबै धर्म छाडा, खानपान
भ्रष्ट, आचरण भ्रष्ट भै सकेका थिए। उनीहरु किरातेश्वर
यलम्बरको अर्ति उपदेश, ज्ञान, गुन सुन्ने,
गुन्ने पक्षमा पटक्कै भएनन्। बरु
यलम्बरलाई उल्टै लाञ्छना, आरोप लगाएर आफ्नै माङहाङ्ग (देवराजा
किरातेश्वर) लाई कुट्न, पिट्न, मार्न तयार भए भन्ने तथ्य सिद्ध हुन्छ।
किरातेश्वर परम्परा भनेको विश्वकै सुरक्षा,
शान्ति कल्याणको लागि बलेको सत्य
धर्मको अखण्ड दीप थियो। त्यही दीप निभाएपछि विश्वमै प्ा्रलयकाल, कलिकालको
घोर अन्धकार युग शुरु भयो।
वंशावलीमा
देवराजा यलम्बरलाई यलम्ब, यलुङ नामले पनि संवोधन गरेको छ। एकाक्षरी
चरित्र वोकेको किराती भाषा मूलका यी नामहरु हुन्। येहाङ, येत्हाङ, येत्लिङहाङ
किराती महापुरुषका नामहरु हुन्। 'ये' माथिबाट खटिएको भन्ने अर्थ लाग्छ भनी माथि भनि
सकिएको छ। लुङ भन्नाले लिङ्ग, ढुङ्गा वा शीला भन्ने बुझन्छ। 'लेङ' भन्यो
भने पल्टनु, प्रलय, दमन, दबाउनु,
बिटुलिनु भन्ने अर्थ लाग्छ। 'येलुङ' अर्थमा
लिने हो भने खटिएर आउने देवता अर्थात् माङ अवतार शीला, ढुङ्गा
भए भन्ने बुझन्छ। 'येलेङ' अर्थमा लिने हो भने खटिएर आउने माङ अवतारलाई
पल्टाइयो, दमन गरियो। गर्न नहुने महा अपराध भो प्रलय भयो
भन्ने अर्थमा लोकले भन्दै चर्चा गर्दै ल्याउँदा यस्तो गुढ अर्थ बोकेका शब्दहरु लोक
जनजिब्रोमा आजसम्म जिवीत रहेका हुन सक्दछन्। भाषिक प्रमाणले पनि देवराजा यलम्बरले
एउटा प्रलयकाल खण्डलाई प्रतिनिधीत्व गर्दछ भन्ने सत्यकै नजिक पुर्याउँछ।
त्यसपछि किरात
राष्ट्र, किरात सभ्यता, संस्कृतिको पनि दिन गन्ती शुरु भयो।
आफ्नै माङहाङ्ग आफैं लागेर मासेपछि दैव द48ड, सजाय त भोग्नै पर्छ । ४०/५० पुस्ता यसो आपुङ्गी
राज गर्दै ल्याए पनि माङ्गको आशीर्वाद नभएपछि लिच्छवीलाई राजगद्धी सुम्पेर लाखा―पाखा
लाग्नु पर्यो। आफ्नो पुरानो थाँत थलो (कोशी प्रदेश) मा आशा पिछा लागे। शिवकै सन्तान भएको नाताले र पहिले नै शिव
(हाङसाम थेवा ) बाट नमासिने, अवध्य भनी माङ आशिष वचन प्राप्त हुँदा र सत्य
युग देखि नै किरातहरु भनेका दूबो–ढुंगो हुन्,
मास्न नहुने, मासेमा
दैवी विपत्ति आईलाग्ने जस्ता धार्मिक विश्वास मान्यताहरुकै आधारमा विश्वका
राजामहाराजाहरुले “तिमी किरातेश्वर नमासिने” भनी
समर्थन लीपि दिने परम्परागत प्रचलन अनुसार यसो पूर्वमा ताम्रपत्र, लालमोहर
आदि दिएर दिलाएर नमुना अस्तित्व राखिदिएको भान हुन्छ। त्यो पनि राजा महेन्द्रले “धर्मको
वचन” नपत्याएर वि. सं. २०२१ मा लालमोहर सालमोहर
च्यातेर मिल्काइदिए। लालमोहर वालाहरुले खासै त्यस्तो ठूलो प्रतिरोधका कुरा उठाउन
पनि सकेनन्। तरपनि छोरा विरेन्द्रकै पालामा “वंश नास र राज्य भंग” को
आलो घटनाले ताम्रपत्रको सत्यधर्म वचन पूरा भएकै जस्तो देखियो।
किरातेश्वर
माङ्गहाङ्ग यलम्बरको शेषपछि आपुंगीकाल शुरु हुन्छ। यही आपुंगीकाल पनि थेग्रिंदै
निथि्रदै “किरात” शब्द पनि बिर्सेर लिम्बूवान र खम्बुवानका
भागचिरामा थुरिन आईपुगेको छ र अब हाल देशको हालत हेर्दा देशै रहन्छ रहँदैन भन्ने
आशंका अनि विश्वलाई हेर्दा विश्व नै रहन्छ,
रहँदैन भन्ने कहालीलाग्दो संघारमा समय
आइपुगेको भान हुन्छ।
७.
येले सम्वत्को प्रामाणिक आधार
विश्वमै देखा
परेको यो कलिकाल प्रलयकाललाई प्रारम्भ संकेत गर्ने गरी यलम्बरले समय कालको
प्रतिनिधि पात्र भएर उभिदिनु भएकोमा वहाँलाई यो ऐतिहासिक कालखण्डको स्मारक स्तम्भ
बनाउँदा विश्वकै लागि अत्यन्तै दूरदर्शितापूर्ण निर्र्णय हुनेछ। सबै तथ्य, प्रमाण, तर्कले
पनि उनी उपयुक्त पात्र ठहरिन्छन्। यसको लागि प्रमाण सामग्री छँदैछन्। गोपाल
वंशावली, भाषा वंशावली सबै उस्तै प्रमाण हुन्। यलम्बरको
समयलाई पहिचान गर्न गोपाल वंशावलीभन्दा भाषा वंशावलीले नै आँखाअगाडि औंला ठड्याएर
प्रमाण देखाईरहेको छ। “ पंतजीको कार्यपत्रमा ― द्वापर
युग छँदै पूर्व दिशाबाट यलम्ब भन्ने किराती राजा आई महिषपाललाई जीतेर नेपालका राजा
भए। यलम्ब―९० वर्ष, यीनका पुत्र पवि ― ७९/३ वर्ष,
यीनका पुत्र धस्कन्द ३७ वर्ष , यीनका
पुत्र चलंच―३१/६ वर्ष।
यीनका राज्याभिषेक भएको १९ वर्ष
पछि कलियुगको पाउले छोयो, ५ वर्ष लाग्यो भनी चारै दिशाका ज्योतिषीले
राजालाई विन्ति चढाए।[43]
५११२ + २२० = ५३३२ ( ९० + ७९ + ३७ + १९– ५ = २२० )
कलि संवत ५११२
(वि. सं. २०६८) मा राजा यलम्बर समेत ४ पुस्ता राजाको भोग वर्ष जोडेको।
सत्यलाई मासेपछि
नै कलियुग शुरु हुने हो। यसर्थ यलम्बरको समयलाई कलि संवत भन्दा तल पर्नेगरी राख्दा यलम्बरको पहिचान, परम्परा, इतिहास
र पृष्ठभूमि विपरित हुन जान्छ। त्यसैले प्रेम मावोहाङ्गले संक्षिप्त नेपाल
इतिहासमा कलिगत ४० वर्षमा यलम्बरहाङ्गले नेपालमा राज्यस्थापना गरेको भनी उल्लेख
गरेको भनाइलाई टेकेर जसहाङ्ग मादेनले प्रस्तुत गरेको येले संवत कालनिर्णयलाई मान्न
सकिएन। त्यस्तै ठेगान नभएको पुच्छर पुस्ताको पछि
लागेर कलि संवतभन्दा तल पर्ने अन्य कुनै पनि गणना, निर्णय
इतिहासप्रति घात गरेको मानिनेछ। (डा. रेग्मीजीको कार्यपत्र[44] अनुसार गोपाल राजवंशावलीमा उल्लेख भएको ३२
पुस्ता किरात राजाहरुको भोगवर्ष जम्मा १९०३ वर्ष ८ महिनालाई “इतिहासको
काल गणनामा जोड्ने” भन्दै बिस वर्षअघि पत्ता लागेको जय बर्माको
शालिकको संवत १०७ (ई. सन् १८५) सँग विना प्रमाण पुच्छर जोडेर (१९६४(१९६३ वर्ष ८
महिना)–१८५ =१७७९
वर्ष) नेपाली किरात राजवंशका पहिला राजा एलमका शासन शुरु ईस्वी पूर्व १७७९ मान्नु
पर्ने तर्क प्रस्तुत छ। यो तर्कलाई मान्दा जसहाङ्ग मादेन र पुष्प थाम्सुहाङ्गले
प्रस्तुत गरेको येले संवत ५०७२/५११२ वर्षमा १३४२ देखि १३८२ वर्षसम्म घटाउनु पर्ने
हुन्छ। “मुखको गाँस छोडी पुच्छरमा हात” भने
झैं यता पुच्छर जोड्दा उता टाउकोको थान, मान र काल नै भताभुङ्ग हुने देखिन्छ। जब कि
पतनोन्मुख किरात राजवंशको पुच्छर पुस्ताहरुको गणनामा एक मत छैन, पुच्छर
पुस्ता अझै कति अज्ञात छ। लिच्छवी पुस्ताको पनि टुंगो छैन र जय वर्मा नै प्रथम
लिच्छवी शासक हुन् भन्ने पनि कुनै अकाट्य प्रमाण नभएको अवस्था छ।[45] शास्त्रले
कलियुगले युधिष्ठिरका नाति परिक्षितको शासनकालमा पाउ टेकेको प्रमाण दिन्छ। तर
सत्यतथ्य इतिहासले चाहिं देवराजा यलम्बरमाथि भएको घोर अन्याय अपराधको घटना र आफू
साक्षात् पशुपति भएर पनि आजको समयतक “कली” को नामले लोक लान्छनालाई व्यहोर्दै आउनु परेको
मार्मिक यथार्थतालाई औंल्याएर कलिले पाउ टेकेकोतर्फ संकेत गर्न खोज्दैछ। कलि
संवतको गणना के कसरी निकाले भन्ने कुरा ज्योतिष विद्वानहरुकै जिम्मा हो। त्यसमा
अल्भि्कनेतर्फ लाग्नु वुद्विमानी हुँदैन। ज्योतिष भनेको विज्ञान हो। गणित, समय, युग
भन्नेकुरा विज्ञान हुन्। हिन्दू दर्शन र गैर हिन्दू दर्शनको गणित भन्ने हुदैन, मिल्दैन।
यलम्बरदेखि कलिले पाउ छोएको समयसम्मको पुस्ता र भोग वर्ष प्रष्ट छँदैछ। त्यो भन्दा
मुनिको टुङ्गो नलागेको पुच्छर पुस्ताको हिसाब गणनामा अल्भि्कएर कलि संवत् भन्दा
पनि तल झर्ने हो भने यलम्बरको जीवनसँग सम्बन्धित् पौराणिक, लौकिक, मिथकीय
महिमागरिमा सबै सन्दर्भहीन ठहरिन पुग्छ। पहिला टाउकोको चरित्र, विशेषता
सुहाउँदो समय स्थानमा उसलाई स्थापित गर्नु हाम्रो प्रमुख लक्ष्य हो। त्यो पुच्छर नजोड्दैमा बिग्रने
के छ? त्यस्ता पुस्ताको हिसाब नजोडिने खाली ठाउँ जय
वर्मा पश्चात् लिच्छवीकालमा पनि पाइन्छ। त्यति नै कारण देखाएर के लिच्छवी कालको
अस्तित्वमा अथवा जय वर्माकै अस्तित्वमा शंका उठाउन हुन्छ त?
८.
महाभारतकालसँग जोडिएका किरात
दिनेशराज पन्त
लेख्नु हुन्छ “हाम्रा वंशावलीकारहरुले किरात राजाहरुलाई
महाभारतकालसँग जोडेका छन्। महाभारतकाल अहिले भन्दा पाँच हजार वर्ष अघिको हो भनी
प्रामाणिक विद्वानहरुले मानेका छन्........अहिले सम्मका खोजिका आधारमा यलम्बर पाँच
हजार वर्षभन्दा पुराना हुन् भन्ने मान्नै पर्छ।”[46]
यलम्बरको सात
पुस्ता पछि हुमति किरात राजाको पालामा पाण्डवहरु वनवास हिडेका थिए भनी इमानसिं
चेम्जोङ्गले उल्लेख गर्नुभएको माथिनै चर्चा गरिएको छ।
यलम्बर त
महाभारत युद्धका द्र्र्रष्टा हुन्। आकाश भैरवको मिथकले[47] पनि उनलाई
महाभारत युद्धभन्दा अघि नै अस्तित्वमा थिए भन्नमा बल पुर्याउँछ। त्यस्तै इमानसिंह
चेम्जोङले पुराना पा48डुलिपिहरुको आधारमा आफ्नो किरात इतिहास (१९६२)
मा उल्लेख गर्नुभएको निम्न विवरण “... यिनै यलम्वर राजाले आफूलाई “किरातेश्वर
महादेव” भनी पद्वी लिए। ...यलम्बरका सात पुस्तापछि
हुमति किरात राजाका पालामा पाँच पाण्डवहरु वनवास गर्न हिंडेका थिए।” ले
त देवराजा यलम्बरलाई महाभारत युद्धभन्दा अगाडि नै पुर्याउँछ। देवराजा यलम्बर
महाभारत युद्धभन्दा अघि नै अस्तित्वमा थिए भन्नलाई महाभारतले अर्को थप तीन प्रमाण
दिन्छ। महाभारत युद्धलाई त्यसबेलाको विश्व युद्ध भन्दा हुन्छ। सो युद्धमा नेपाल
पूर्व, पश्चिम,
दक्षिण चारैतिरका किरातराजा, म्ाहाराजा, सम्राट, राजकुमारहरुले कोही पाण्डव, कोही कौरव पक्षमा लागि “स्वाहा
” भएको, उनीहरुको
युद्ध कौशलता, वीरता, पराक्रम,
उनीहरुले प्रयोग गर्ने हात्तीका जात, रंग
रुपको वर्णन, हात्ती हौदा समेत सुनले बनेका, बुट्टेदार
महंगा पत्थर र धातुले सिंगारिएको, हात्तीहरु उस्तै तालिम प्राप्त भएका, साथै
थल सेना, घोडचढी सेनाको युद्ध कौशलताबारे महाभारतमा भव्य
वर्णन पाइन्छ। प्राक. ज्योतिषपुरका किरात सम्राट भगदत्तले ८० वर्षको उमेरमा एक
करोडसेना सहित कौरव पक्षबाट युद्ध लडेर अर्जुनको हातबाट वीरगति प्राप्त गरे। कौरव
पक्षमा गढवालका किरातराजा सुवाहु, किरातराजा शाल्व, किरातराजा कुणिन्द लडे भने पाण्डव पक्षमा अनुपदिपका किराँतराजा निलाम्बुद,
राजा सुवाहुका भाई युयुत्सु, घटोत्कच
लडे। त्यस्तै राजा युधिष्ठिरको “राजसूय”
यज्ञमा अनेक प्रकारका हीरामोती, जवाहरत, सून, कस्तुरी
सुगन्धित जडिबुटी, धुप, चन्दन अगरबत्ती, बाघ, मृगका छालाहरु, राम्रा
राम्रा जीउँदा चराचुरुङ्गीहरु, भारीका भारी उपहार बोकेर किरातराजा, महाराजा, सम्राटहरु
निम्तो मान्न ताँत लागेर उपस्थित भएको महाभारतमा सुन्दर एवं भव्य वर्णन गरिएको छ।[48] यी विवरणात्मक प्रस्तुतिमा नेपालको फलाना
राजाले युद्धमा, राजसूय यज्ञमा यसो गरी, उसो
गरी भाग लिए भन्ने प्रशंसा युक्त वर्णन भेटिंदैन। ज्ञानमणि नेपालका अनुसार
महाभारतको युद्ध हुँदा यहाँ (नेपाल) बाट दुर्योधनको पक्षमा किरातराजा लड्न गए
भन्ने सम्म उल्लेख रहेछ।[49] यसले पनि देवराजा यलम्बरको अन्तपछि नेपालको
किरात शासनमा छाएको अन्धकारलाई नै संकेत गर्छ।
दोश्रो प्रमाण
चाहिँ “महाभारतमा नेपालको राजालाई कर्णले जिते। ( म.भ.
व.प. ५४ अ. ५१७) भन्ने उल्लेख छ। प्रसंग हेर्दा नेपालभित्र त्यतिखेर स ―साना
राजाहरु थिए भन्ने कुरा बुझन्छ।....किरात राजाहरु आपसमा भाँडिएर फुट परिसकेको
भान हुन्छ।”[50] यसले
पनि माथिकै अन्धकारलाई पुष्टि गर्छ। अर्को चाहिं महाभारत सभापर्वको २७ अ. १३
श्लोकमा कुन्तीपुत्र भीमले सातजना किरात राजाहरुलाई हराएको इतिहासलाई प्रमाणको
रुपमा उभ्याउन सकिन्छ।[51] यसमा सात किरातराजा हुन् या सात किरात राज्य हुन्? भन्ने
विषयमा डा. स्वामी अलि अलमल्लमा देखिनुहुन्छ भने जी. पी. सिंह (प्राचीन भारतमा
किरातहरु, पृष्ठ २७६) यी सात रजौटाहरुलाई पहिचान गर्ने
क्रममा धेरै नजिक पुग्नु भएको छ।[52] यी सात
किरातहरुबारे अरु इतिहासकारहरु पनि अल्मलिएका छन्। तर अब हामीसँग प्रष्ट प्रमाणहरु छन् यी सात राज्य होईनन्, तत्कालीन
सात किरात आपुङ्गी रजौटाहरु हुन्, जसको भूगोल क्षेत्रलाई राजा पृथ्वीनारायणले
आफ्नो ताम्रपत्रमा प्रष्टसँग सिमाङ्कन गरिदिएका छन् र पृथ्वीनारायणको पाला सम्म
यीनै ७ कुल रजौटाहरुलाई प्रतिनिधित्व गर्ने रजौटाहरु नै थिएछन् भन्ने अनुमान गर्न
सकिन्छ। पृथ्वी नारायणले जारी गरेको १८३१ वैशाख ३० को लालमोहोरमा[53] श्री जङ्ग
राय, श्री फुङ्ग राय, श्री जमुन राय गरी जम्मा तीन
रजौटाहरुलाई सम्बोधन गरिएको छ। अर्को १८३१ श्रावण २२ को लालमोहोरमा श्री फुङ्ग र
श्री जमुनलाई छोडेर श्री शुन राय, श्री कुम राय, श्री जङ्ग रायको नाम लिइएको छ।
यसबाट पल्लो
किरात क्षेत्रमा मात्रै श्री सुन, श्री कुम,
श्री जङ्ग, श्री
फुङ्ग र श्री जमुन पाँच जना रजौटाहरु देखिए। वल्लो किरात (पहिला वल्लो र पल्लो दुई
किरातक्षेत्र मात्र भन्ने चलन थियो) क्षेत्रबाट सो बेला शासन गर्ने वालिङ्ग हाङ्ग
र उलिङ्ग हाङ्ग[54]
दुई रजौटा समेत गरी ७ किरात रजौटाको हिसाब सजिलै आउँछ। यी सात रजौटाहरुले आ–आफ्नो
थुम–इलाका क्षेत्रबाट शीरतोक, ठेकी–बेठी
उपभोग गर्ने गर्थे भन्ने कुरा सेनकाल, शाहकालका कागजपत्रहरुले प्रशस्तै बोलेका छन्।
यिनै थुम–इलाकालाई सात किरात राज्य भनी भ्रमवस उल्लेख
गरेको हुन सक्छ।
अर्को प्रमाण
वि. सं. १६६८ मा वाजहाङ्गको छोरा पानो हाङ्ग खेवाङ्ग उर्फ हाङ्ग विद्याचन्द्र राय
आफू हाङ्ग भएपछि पूर्वपरम्परा अनुसार तिब्बत दलाइ लामाकोमा समर्थन लिपी लालमोहोर
लिन गए। सो लालमोहोरमा “ ...... अरु
तराईसम्म फैलिएका सात देशहरु अघि उनीहरुको पिता पूर्खाका पालादेखि खाईपाई चर्ची
ल्याएको हो ....” भन्ने वाक्यांश परेको देखिन्छ।[55] यसले पनि कोशी
प्रदेशलाई नै ७ किरात देश भन्ने चलन थियो भन्ने पुष्टि हुन्छ। देवराजा यलम्बरको
शेषपछि किरात साम्राज्यको संरचना अरु भत्कन शुरु भयो। यही क्रममा महाभारत कालमै
यस्ता भूईंफुट्टा हाङ्ग, रजौटाहरु देखा परिसकेका थिए भन्ने पुष्ट प्रमाण
कुन्तिपुत्र भीमले पूर्व कोशीप्रदेशमा भेटेका यी सात किराँत रजौटाहरुले प्रमाणित
गरिदिएका छन्। अहिले पल्लो किरात क्षेत्रमा “सातरेनुहाङ्ग तुम्बाहाम्फे वंशावली”[56]
अर्थात् सात राजाका वंशज तुम्बाहाम्फे
वंशावली भन्ने कथन बोकेका परम्परागत वंशावली अभिलेख सुरक्षित पाइन्छन्। सातराजा भन्ने चलन महाभारत कालिन भीमसेनका
पालामा थिए होलान। पछिपछि आफूलाई आठ राजाको सन्तान, छ राजाको सन्तान, पाँच
राजाको सन्तान भन्ने आपुंगि फेसन चलेको अनुमान गर्न सकिन्छ। किनकि आफूलाई
आथरे(आठराजा), छौरे(छराजा), पाँचरे = पान्थरे(पाँचराजा) भनी परिचय दिने लिम्बु
शब्दहरु क्षेत्र–क्षेत्रमा पाइन्छन्।[57] यसैले
देवराजा यलम्बरको समय काललाई उपलब्ध प्रमाणको विपरित महाभारत कालभन्दा पछि निर्णय
गर्न मिल्दैन।
९.
उपसंहार
देवराजा
यलम्बर सम्बन्धी यत्तिका प्रमाणहरु भएपछि “हामीसँग
अर्को ऐतिहासिक प्रमाण छैन”[58] (मन्जुल
याक्थुङ्बा) भनी हतोत्साह हुने, “एकैछिनमा निचोरिने”[59],
(वमकुमारी बुढामगर) “पुराण
मार्का”[60] (दूर्गाहाङ्ग
याख्खा राई) भन्दै प्रमाणको खुट्टामा बञ्चरोले हान्ने, अरुले
माने पनि आफूले नमान्ने, अरुले नमाने पनि आफूले चाहीं मानी रहने”[61]
जस्ता
सोचाईहरुमा परिवर्तन ल्याएर “आउने पुस्ताले सराप्ने”[62] ठाउँ
नराखिकन, पुर्खाहरुले “बनीसकेको इतिहास”[63] (मिनेन्द्र
रिजाल) लाई विरोध या समर्थनको सोचभन्दा पनि सत्यताको पहिचान गर्ने समुन्नत सोच
बनाएर “मानवीय,
सभ्यता, संस्कृति, इतिहास
र पहिचानको यस्तो संवेदनशील विषयलाई साँघुरो घेराभित्र, संकुचित
मानसिकता भित्र नराखी”[64] (अनन्त
वहादुर थेबे) एकजुट भएर अघि बढ्न सके साँचो अर्थमा विश्वकै आदिम सभ्यताको उत्खनन्
कार्य शुभारम्भ भएको मान्न सकिन्छ।
प्राचीन आदिवासी
जातिहरुले मानव सभ्यताको प्रारम्भिक कालदेखि नै समय गणनाको हिसाबलाई प्रयोगमा
ल्याएका हुन् भन्ने कुरा उपलब्ध मिथकको चाँप फूलेको समयलाई प्रारम्भ दिन, महिना
मान्नु भन्ने कथा सार भावले पुष्टि गर्दछ र त्यो दिन भनेको समय गणनाको प्रथम र
जेठो दिन भएकोले विगतको जेठो दिनलाई स्मरण गर्दै त्यस्तै मूल्य र सारभाव इतिहास
बोकेको माघी चाड जेठो संस्कृति मनाउने आम आदिवासी जातीहरुमा चलन परम्परा छँदैछ।
सृष्टिका मानव पुर्खाहरुले आगो चिनेका थिएनन्। त्यसैले उनीहरु कन्दमूल, फलफूल
खाएर निर्वाह गर्दथे। आगोको ज्ञान पाएपछि यिनीहरुले पोलेर खान सिके। त्यसपछि
उनीहरुले माटोको भाँडा आविष्कार गरे र उसिनेर,
पकाएर खान जाने। सृष्टिकै सभ्यताको
प्रारम्भिक ज्ञानका पाइलाहरुलाई सदासर्वदा संझनामा रहने गरी यो नयाँ वर्षका दिन
माघे संक्रान्ति चाड मनाउने गरिन्छ। सो दिन पहिला काँचो वनतरुलको टिका, त्यसपछि
पोलेको वनतरुलको कालो तिलक र प्रसादको रुपमा काँचो वनतरुल, पोलेको
वनतरुल अनि उसिनेको तरुल ग्रहण गरिन्छ। सो दिन प्रसादको रुपमा सिस्नो, फुरौला
पनि तयार गरिन्छ। सो दिनको प्रसादमा जेठो सब्जि (सिस्नो) जेठो अन्नहरु (कोदो, कागुनी)
परुन् र जसलाई माटोको हाँडीमै उसिन्नु पर्ने मान्यताहरु छन्। सो दिन विहान सखारै
पवित्र त्रिवेणीमा, जल कुण्डमा, नदीमा स्नान गर्ने र उनै र् बुढो', पारुहाङ्ग, हाङ्गसाम
थेवा, शिव भगवानको दर्शन पर्शन गर्ने चलन, परम्परा
हो। हाल धेरैले बिर्से, धेरैले छाड्दै लगेका छन्। यहि दिनदेखि सूर्य
फेरि अर्को वर्षको यात्रामा उत्तरायण
लाग्ने हुन्। यसलाई ज्योतिषीय गणितसँग मिलान गर्नका लागि “माघ शुक्ल प्रतिपदादेखि यसको तिथि उठान
गर्नुपर्छ।”[65] (डा.
जगमान गुरुङ) वा के कस्तो गृहकार्य गर्नुपर्छ ज्योतिष विद्वानहरुले गर्नुपर्छ। तर
सूर्यको यो प्राकृतिक चक्रको हिसाबभन्दा दायाँ बायाँ कतै भड्किनु उचित हुँदैन।
सृष्टिदेखि पुर्खाले डोर्याएको बाटो यही हो।
“प्राचीन सभ्यता र संस्कृति मध्ये कसैले कुन, कसैले
कुन जोगाएर राख्नु भएको छ।”[66] (डा
जगमान गुरुङ) थारुहरुले यसैलाई नयाँ वर्ष भनेर जोगाएकोमा सबैले गर्व गर्नु पर्दछ।
प्रकृति सम्मत चाडवाड, सभ्यता थारु मात्रै किन? सबैलाई, विश्वलाई
सर्वमान्य छ र हुनुपर्ने त्यही हो।
डा. जगमान
गुरुङजीले एउटा गम्भिर सत्यलाई उठान गर्नुभएको छ नेपालका चाड पर्व सबै समान छन्।[67] त्यस्तै
अर्को गम्भिर सत्य प्रा. माणिकलाल श्रेष्ठले उठान गर्नु भएको छ “हाम्रो देशको नाम करिब दुईहजार वर्षअघि
....किरात प्रदेश नै थियो।[68] अर्थात
मिनेन्द्र रिजालजीले अर्को सत्य थप्ने क्रममा हाम्रो सभ्यता, परम्परा
सँगसँगै इतिहास यसरी बनेको छ। इतिहासलाई बिर्सेर जान पाईदैन भन्ने हिसाबले राख्ने
हो कि?[69] भन्नुभए
झैं हाम्रो विगतको चक्रवर्ती सभ्यताले साक्षात् दिव्यदर्शी, आत्मज्ञानी
महापुरुषहरुको अगुवाइमा इतिहास बनाई सकेको ध्रुबसत्य घटना हो। त्यसबेला किरात
शब्द “जाति” को अर्थमा बुझंदैन थियो। ज्ञानमणि नेपालले
ठम्याउनु भए झैं किरात भन्नाले किरात राष्ट्रमा बसोबास गर्ने 'वर्ग
' भन्ने
बुझन्थ्यो, जातजाति होइन ।[70] हो त्यही
बेलाको संस्कार, संस्कृतिको रहल पहल अवशेषहरु नै आज हामी खण्डित, टुक्रा
भै सकेपछि आ–आफ्नो भाग र क्षेत्रमा आ–आफ्नै
रंगरुपमा सिंगारेर (विगारेर?) कृत्रिम विविधतातिर पो चाहिनेभन्दा वेसी नै
आकर्षित हुँदैछौं की? आज यही इतिहासलाई बिर्सन खोज्दा सृष्टिको
इतिहासले हिंडिसकेको बाटोलाई एउटा जातिविशेषको बाटो भनेर बुझदिने जस्ता संकोच र
संकीर्णताले “एक ठाउँमा... हामी कहाँ बाँधिने हो त्यो खोजी
गर्नुपर्ने”[71] (मिनेन्द्र
रिजाल) “एउटै फूलका माला नेपाली बन्ने अभियान चाहिँ
कहाँबाट शुरु हुने हो त?”[72] (मिनेन्द्र
रिजाल) भन्ने प्रश्नहरुको जवाफ भेट्न ढिलाई भै रहेको त होइन? बहसको
आवश्यकता देखिन्छ। उद्यौली, उभौली, भूमे यो हिम्ावत् खण्डको कुन देश प्रदेश कुन
जातिले पुज्दैन र? बालीनालीको सह, राम्रो मौसम, राम्रो
वर्षा कसलाई चाहिएको छैन र? जो माथि आस्था विश्वास राखेर पुकार प्रार्थना
गरियो। उनैको कृपा, आशिषले शुभलाभ, फलिफाप भयो भन्ने मान्छौं भने उनैप्रति
कृतज्ञता ज्ञापन गर्न को पछि हट्ला र? सूर्यको प्रकाश, ताप, चन्द्रमाको शीतलता, हावा, पानी, हिमाल, माटो
(धरती) हरियाली कसलाई चाहिंदैन र? यी विना सृष्टि, जीवनको कसले परिकल्पना गर्नसक्छ र? यिनीहरुको
महिमा बुझेरै उनीहरुप्रति श्रद्धा, सम्मान प्रकट गर्नु पर्छ भन्ने पूर्वज
महापुरुषहरुको ज्ञान, अर्ति, उपदेशलाई नै धर्म, संस्कार, संस्कृतिको
रुपमा अनुशरण गर्दै आएको हो। विवेक, विज्ञानसम्मत संस्कार, संस्कृति
एक जातिको मात्रै नभै राष्ट्रकै लागि सर्व स्वीकार्य, सर्व
मान्य हुन्छ।
यसर्थ सृष्टिको
इतिहासले टेकी सकेको प्राचीन सभ्यता जसले एकपटक विश्वलाई कुप्त्याउन सफल भएको
थियो। त्यो सभ्यतासँग भएको मूल्य, मान्यताले हामीलाई सहअस्तित्व, सहसम्मान
सहित एक ठाउँमा बाँध्न सक्षम हुन्छ भने आत्मज्ञानी महापुरुष पुर्खाहरुले विरासतमा
प्रदान गर्नु भएको त्यस्ता अमूल्य धरोहरलाई विना भेद, विना
संकोच सबैले नेपाली भएर स्वीकार गर्न सके हामीले चाहेको नेपाल अवश्य बन्छ।
३० पौष २०६८।
[1]
किरात येले संवत अभिलेख २०१०, पृष्ठ-१४७
[2]
क ये सं अ, किरात येले संवत अभिलेख २०१०,
पृष्ठ ४
[3]
किरात सेनेहाङ लिम्बू वंशावली इतिहास,
पृष्ठ-१४५
[4]
किरात येले संवत अभिलेख २०१०, पृष्ठ-६७
[5]
किरात सेनेहाङ लिम्बू वंशावली इतिहास – वि
सं १८३१ साउन २२ गते लालमोहरको सक्कल प्रतिलिपी, पृष्ठ-१४६
[6]
मन्दिरै मन्दिरको देश नेपाल – पुरुषोत्तम
ढकाल
[7]
प्राचीन भारतमा किरातहरू, जी पी सिंह,
पृष्ठ-३३५
[10]
हेन्खामा-निनाम्मा, प्रवीण पुमा, पृष्ठ-४४
[11]
प्राचीन किरातहरूले छाडेका सम्पदाहरू –
रामचन्द्र राई, पृष्ठ-१०७
[12]
किरात तिर्थस्थल सानो हात्तीवन – मञ्जुल
याकथुम्बा, पृष्ठ -३
[13]
किरात येले संवत अभिलेख, २०१०, पृष्ठ-१५६
[14]
हेन्खामा निनाम्मा – प्रविण पुमा,
पृष्ठ-४७
[15]
श्री आकाश भैरवनाथ – डा साफल्य आमात्य,
पृष्ठ-५
[16]
कान्तिपुर – वासु पासा, पृष्ठ-५२
[17]
गौरी मासिक – फाल्गुण २०६२, शिवलिङ्ग
रहस्य, पृष्ठ-४
[18]
गौरी मासिक – फाल्गुण २०६२, श्री
किरातेश्वर महादेवको महिमा, पृष्ठ-७
[19]
लिच्छवी कालका अभिलेख-धन बज्र बज्राचार्य,
पृष्ठ-९
[20]
किरात येले संवत अभिलेख २०१०, पृष्ठ-३६
[21]
किरात येले संवत अभिलेख २०१०, पृष्ठ-९०,
१२३
[22]
किरात येले संवत अभिलेख २०१०, पृष्ठ-४४
[23]
किरात येले संवत अभिलेख २०१०, पृष्ठ-९०
[24]
प्राचीन भारतका किरातहरू – जीपी सिंह,
पृष्ठ-२४७
[25]
किरात येले संवत अभिलेख २०१०, पृष्ठ-८५,
८८
[26]
प्राचीन किरात इतिहास-डा स्वामी
प्रपन्नाचार्य, पृष्ठ-२१२
[27]
“ “
“ “ “ पृष्ठ-२९६
[28]
“ “
“ “ “ पृष्ठ-३२३
[29]
श्री आकाश भैरवनाथ – डा साफल्य आमात्य,
पृष्ठ-५
[30]
श्री आकाश भैरवनाथ – डा साफल्य आमात्य,
पृष्ठ-६
[31]
श्री आकाश भैरवनाथ – डा साफल्य आमात्य,
पृष्ठ-३८
[32]
पौराणिक किरात इतिहास, वम बहादुर राई,
पृष्ठ-२२
[33]
लिम्बूवान-अर्जुनबाबु माबुहाङ, पृष्ठ-१२
[35]
कान्तिपुर-वासुपासा, पृष्ठ-५०
[36]
प्राचीन किरात इतिहास – डा स्वामी
प्रपन्नाचार्य, पृष्ठ-१०९
[37]
प्राचीन किरात इतिहास – डा स्वामी
प्रपन्नाचार्य, पृष्ठ-१०९
[38]
पशुपति क्षेत्रको सांस्कृतिक अध्ययन – डा गोविन्द
टण्डन, पृष्ठ-४९०
[39]
पशुपति क्षेत्रको सांस्कृतिक अध्ययन – डा गोविन्द
टण्डन, पृष्ठ-४९२
[40]
किरात इतिहास – ईमानसिंह चेम्जोङ, १९६२,
पृष्ठ-२२
[41]
हेन्खामा निनाम्मा – प्रवीण पुमा,
पृष्ठ-९१
[42]
प्राचीन किरात इतिहास-डा स्वामी
प्रपन्नाचार्य, पृष्ठ-१९०
[43]
किरात येले संवत अभिलेख २०१०, पृष्ठ-३०
[44]
किरात येले संवत अभिलेख २०१०, पृष्ठ-१०
[45]
प्रथम किरात राजा यलम्बरको समय – दिनेशराज
पंत, पृष्ट-५५
[46]
प्रथम किरात राजा यलम्बरको समय – दिनेशराज
पंत, पृष्ट-५५
[47]
श्री आकाश भैरवनाथ – डा साफल्य आमात्य,
पृष्ठ-५
[48]
प्राचीन किरात इतिहास- डा स्वामी प्रपन्नाचार्य, पृष्ठ-१७२
[49]
किरात येले संवत अभिलेख २०१०, पृष्ठ-३८
[50]
प्राचीन किरात इतिहास – डा स्वामी
प्रपन्नचार्य, पृष्ठ-१७२
[51]
प्राचीन किरात इतिहास – डा स्वामी प्रपन्नचार्य,
पृष्ठ-१४१
[52]
प्राचीन भारतका किरातहरू-जीपी सिंह,
पृष्ठ-२७६
[53]
लिम्बुवानको ऐतिहासिक अध्ययन – शिव कुमार
श्रेष्ठ परिशिष्ट २ (ख), पृष्ठ-१२२
[55]
किरातकालिन विजयपुरको संक्षिप्त इतिहास –
ईमानसिं चेम्जोङ, पृष्ठ-२८
[56]
सारतेनुहाङ तुम्बाहाङफे वंशावली र फेदाप
लिम्बुवा – संकलक – लीला बहादुर तुम्बाहाङफे, २०६३
[57]
लिम्बुवान – अर्जुनबाबु माबुहाङ, पृष्ठ-३
[58]
किरात येले संवत अभिलेख २०१०, पृष्ठ-९५
[59]
किरात येले संवत अभिलेख २०१०, पृष्ठ-६८
[60]
किरात येले संवत अभिलेख २०१०, पृष्ठ-८९,
१२३
[61]
किरात येले संवत अभिलेख २०१०, पृष्ठ-१०८,
१५७, १२२
[62]
किरात येले संवत अभिलेख २०१०, पृष्ठ-१४२
[63]
किरात येले संवत अभिलेख २०१०, पृष्ठ-७६
[64]
किरात येले संवत अभिलेख २०१०, पृष्ठ-११२
[65]
किरात येले संवत अभिलेख २०१०, पृष्ठ-६२
[66]
किरात येले संवत अभिलेख २०१०, पृष्ठ-२१
[67]
किरात येले संवत अभिलेख २०१०, पृष्ठ-६२
[68]
किरात येले संवत अभिलेख २०१०, पृष्ठ-१६४
[69]
किरात येले संवत अभिलेख २०१०, पृष्ठ-७६
[70]
किरात येले संवत अभिलेख २०१०, पृष्ठ-३८
[71]
किरात येले संवत अभिलेख २०१०, पृष्ठ-७६
[72]
किरात येले संवत अभिलेख २०१०, पृष्ठ-७७