किराँत येले संवत-घोषणापत्र
- २००९
नवसमन्मय प्रकाशन प्रा.लि. तथा
मुन्धुम पब्लिकेसन प्रा.लि.को संयुक्त
पहलमा सन् २००९, अगष्ट १० तारिखमा आयोजित अन्तरकृया मार्फत येले संवतका बारेमा
भएको छलफल र सोको उपयोगिता बारेका कुराहरुलाई मनन् गर्दै,
सन् २००९, सेप्टेम्बर ६ तारिखका
दिन किरात समुदाय अन्तर्गतका चार जातीय संस्थाहरूको साझा संगठन ‘किरात समन्वय
समिति’ले ‘किरात येले संवत’लाई अब उप्रान्त प्रचलनमा ल्याउँने निर्णय गरेको
उदघोषलाई स्मरण गर्दै,
‘किरात समन्वय समिति’ र ‘किरात
येले संवत अध्ययन समन्वय समिति’ले आयोजना गरेको “किरात येले संवत
अन्तर्राष्ट्र्यि विशेष विचार गोष्ठी २००९, नोभेम्बर १४-१५”काठमाण्डौमा व्यक्त विज्ञहरूका विचारलाई मनन् गर्दै,
‘किरात समन्वय समिति’ र ‘किरात
येले संवत अध्ययन समन्वय समिति’द्वारा ‘किरात येले सम्बत २००९ घोषणापत्र जारी गर्दछौँ:
१। नेपालको ईतिहासमा गोपाल तथा महिसपाल वंशीहरूपछि प्रथम किरात राजा यलम्बर
(एलम्) को पालादेखि मात्र नेपाल एक राष्ट्रका रुपमा विकशित भएको हुनाले राजा
यलम्बरको स्मारक संवतका रुपमा किरात येले संवत प्रचलनमा रहेको छ ।
२। ऐतिहासिक रुपमा प्रमाणित किरात राजा यलम्बरको स्मारक संवतको रुपमा किरात येले
संवतलाई नेपालका किरात जातीय सँस्थाहरु आफ्नो संवतका रुपमा प्रचलनमा ल्याउँने
घोषणा गर्दछौँ ।
३। किरात मुदायमाझ हाल प्रचलनमा रहिको आएको र किरात समाजको साँस्कृतिक
ढुकढुकीका रुपमा रहेको किरात येले संवतलाई मान्यता प्रदान गर्नु राज्यको दायित्व
हो । यसर्थ, करीव १५ लाख संक्यामा रहेका किरातहरुको जीवनपद्दती र मुल्य मान्यतासँग
जोडिएको यस संवतलाई नेपाल सरकारले अविलम्ब मान्यता प्रदान गर्दै साथै प्रथम किरात
राजा यलम्बर हाङलाई राष्ट्रिय विभूती घोषणा गरी सम्पूर्ण किरात समुदायलाई ‘नेपाल
हाम्रो पनि राज्य हो’ भनि गौरवान्मित हुने वातावरण तैयार गरोस् भनि हामी माग
गर्दछौँ ।
४। तात्कालिन इना (हाल सिनास)मा स्व. ईमानसिं
चेमजोङलाई किरात ईतिहास तथा सँस्कृतीविदको रुपमा नियुक्त गरिएको पद उहाँपछि रिक्र
रहेकाले त्यसको पुन:बहालि गरी किरात ईतिहास तथा सँस्कृतीको खोज अनुसन्धान गर्ने
कार्यको निरन्तरताको व्यवस्था राज्यले अविलम्ब गर्नु पर्दछ ।
५। साथै, संसार
भरिका किरातहरुलाई ‘किरात येले संवत’लाई व्यबहारिक जीवनमा कार्यान्वयन गर्न, यसै
घोषणा मार्फत, हामी हार्दिक आह्वान गर्दछौँ ‘ भनि १) किरात याक्खा छुम्मा, २)
किरात सुनुवार सेवा समाज, ३) किरात याकथुङ चुम्लुङ , ४) किरात राई यायोक्खा, तथा ५) किरात येले सम्बत अध्ययन समन्वय
समितीले गरेको संयुक्त घोषणालाई आधार मान्दै,
नेपाल सरकारले अनुमोदन गरी कार्यान्वयन छृणमा रहेको आइएलओ
१६९ तथा यूएनड्रिपले प्रत्याभूत गरेका आदीवासी जनजाति सम्बन्धि अधिकारहरुलाई समेत ध्यानमा
राखेर,
हाल, नेपालका सबै नागिकहरूको अधिकारलाई सँस्थागत गर्ने नयाँ
संविधान लेखिन लागेको सन्दर्भमा, हामी किरात चार जातिय सँस्था तथा समविधान सभाका सभासदहरु
हाम्रो आफ्नो साँस्कृतिक अधिकार संविधानमा किटानकासाथ उल्लेख हुनपर्ने भनि जोडदार
माग गर्दछौँ:
१. देशको नामः नेपाल ।
२. सङ्घीय संरचना: किरात तथा लिम्बुवान प्रदेश ।
३. सामाजिक संरचना: किरात याक्खा, सुनुवार,
लिम्बू, राई, सुरेल, जिरेल, हायू, धिमाल लगायत किरात तथा लिम्बूवान प्रदेशका
सम्पूर्ण आदिवासी जनजाति ।
४. सांस्कृतिक विवरण: १) किरात सिरिजङ्गा लिपि, किरात (याक्खा, सुनुवार, लिम्बू तथा राई) भाषाहरू, किरात धर्म, संस्कृती र किरात
येले संवत् ।
संविधानसभाका
सभासदहरु हस्ताक्षर
१। ……………………………
(जाति) ……………………………
२। …………………………… (जाति) ……………………………
३। …………………………… (जाति) ……………………………
४। …………………………… ( ) ……………………………
५। …………………………… ( ) ……………………………
६। …………………………… ( ) ……………………………
किरात
जातीय सँस्थाहरू:
७) किरात
याक्खा छुम्मा (अध्यक्ष्य) ……………………………
८) किरात
सुनुवार सेवा समाज (अध्यक्ष्य)……………………………
९) किरात
याकथुङ चुम्लुङ (अध्यक्ष्य) ……………………………
१०) किरात राई
यायोक्खा (अध्यक्ष्य) ……………………………
किरात
येले सम्बत अध्ययन समन्वय समिती
११) ……………………………(संयोजक)……………………………
मिती: यले
सम्बत ……………………………
सन् ……………………………