नेपालमा हिज्री सवंत् र
यसको महत्व
अब्दुल सलाम खान (पी.एच.डी.इस्टुडेन्ट)
(नेपाली मुस्लिमका बारेमा अध्यनरत्)
भूमिका :
नेपाल बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक (धारा ३, नेपालको अन्तरिम संविधान, २०६३, छैठौं संशोधन) मुलुक हो
तर करिब २३८ वर्षसम्म नेपाल राष्ट्रको यसप्रकारको पहिचानलाई दमित गरी राखियो। २०४६
सालको जनआन्दोलनको क्रममा प्रस्फुटित जनभावनालाई एकातिर संविधानले सम्बोधन गर्न सकेन
भने अर्कोतिर तत्कालीन संसदीय राजनैतिक व्यवस्थामा देखिएको विकृति र चरम अस्तव्यस्तता
अनि जनवितृष्णाकाबीच वि.सं. २०५२ सालमा तत्कालीन नेकपा माओवादीले जनयुद्धको आरम्भ गर्यो
जसको परिणामस्वरूप राज्य र बिद्रोहीबाट १३ हजारभन्दा बढी नेपाली छोराछोरीले आफ्नो प्राणको
आहुति दिनुपर्यो। तर १० वर्षे जनयुद्ध र २०६२/२०६३ को १९ दिने ऐतिहासिक जनआन्दोलनको
सफलतापछि नेपाल सरकार र तत्कालीन नेकपा माओवादीबीच २०६३ माङ्सिर ५ गते वृहत् शान्ति
सम्झौता सम्पन्न भयो जुन आज ६ वर्षमा प्रवेश गरिसकेको छ। त्यसपछि जारी नेपालको अन्तरिम
संबिधान, २०६३ ले नेपालको सार्वभौमसत्ता
र राजकीयसत्ता नेपाली जनतामा निहित रहने (धारा २), ग्यारेन्टी गर्दै बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक (धारा ३)
नेपाल राष्ट्रको वास्तविक विशेषतालाई स्वीकार गर्दै नेपालमा बोलिने सबै मातृभाषाहरू
राष्ट्रभाषा हुन् (धारा ५) भनी उल्लेख गरी नेपाल राज्य समावेशी दिशामा अगाडि बढेपछि
मुलुकले युगीन फड्को मार्यो।
नेपालमा सबै जातजाति, भाषाभाषी, सांस्कृतिक तथा धार्मिक
समुदायका मानिसहरुको आ(आफ्नै विशेषताहरु छन्, आ(आफ्नै परिवेश र ऐतिहासिक पहिचानहरु छन्। यी विभिन्न वर्गहरुमध्ये
नेपाली मुस्लिम पनि एक पृथक जातीय, साँस्कृतिक तथा धार्मिक पहिचान बोकेको समुदाय हो। सरकारी तथ्याङ्क
अनुसार पाँच प्रतिशतको हाराहारीमा रहेको नेपाली मुस्लिमको इतिहास धेरै पुरानो छ। मध्ययुगगीन
तथा आधुनिक नेपालको इतिहासमा देश निर्माणमा मुस्लिमहरुको ठूलो योगदान रहेको नेपाली
इतिहासमा उल्लेखित छ। हातहतियार, खरखजाना, युद्धकला, ललितकला र कानून बनाउने
कार्यदेखि बनपाखा र खांेचले भरिपूर्ण नेपालमा भूतपिचास धपाउने कार्यमा मुस्लिमहरु प्रयोगमा
आउने गरेको इतिहासबाट थाहा हुन्छ। मल्ल कालमा तत्कालीन राजारजौटाहरुले मुस्लिमहरुलाई
आफ्नो धर्मकर्म गर्न मस्जिदको लागि जग्गा दिएको एतिहासमा उल्लेख छ। दरबार मार्गमा जामे
मस्जिद र पञ्च तकिया कश्मिरी जामे मस्जिद तत्कालीन मल्ल राजाका निशानीहरु हुन्। तत्समयदेखि
नेपालका मुस्लिमहरु यहाँको समाजमा घुलमिल भएर बसेका छन्। यी दुई मस्जिदसमेत नेपालमा
रहेका हजारौं मस्जिद, हजारौं मन्दिर, गुम्बा,चर्च, गुरुद्वाराहरु, नेपाली धार्मिक सहिष्णुताका
ठूला प्रमाणहरु हुन्।
नेपालमा मुस्लिम समुदाय
नेपालको पूर्वदेखि पश्चिमसम्म छरिएर बसेका छन् जसमा सबभन्दा बढी तराई क्षेत्रमा यो
समुदायको बसोबास रहेको छ। नेपालमा जनसंख्याको आधारमा मुस्लिम थारू समुदायपछि दोस्रो
अल्पसंख्यक समुदाय हो र धार्मिक आधारमा हिन्दू र बौद्धपछिको तेस्रो अल्पसंख्यक समुदाय
हो। राष्ट्रिय जनणना २०५८ अनुसार मुस्लिमहरुको जनसंख्या ९ लाख ७१ हजार ५६ अर्थात् ४.२७220 रहेको मुस्लिमहरुको दाबी
रहेको छ।
नेपाली मुस्लिमहरुको शैक्षिक, आर्थिक, सामाजिक अवस्था उक्सिन
सकिरहेको छनै। नेपालको इतिहास निमार्णमा मुस्लिमहरुको महत्वपूर्ण हात रहेको छ। राष्ट्रयको
एकिकरणमा होस् वा प्रजातन्त्रको पुर्नस्थपनामा वा जनआन्दोलन–२ मा वा चहे मधेश आन्लोलनमा
किना ना होस् मुस्लिमहरुले अविस्मरणीय योगदान दिएका छन्।
तर संविधान प्रद्धत्त हक
एवं अधिकारहरु पनि मुस्लिमहरुले निर्वाध उपभोग गर्न सकिरहेका छैनन्। मुलुकलाई धर्मनिरपेक्ष
राज्य घोषणा गरिए पनि सो अनुभूति हुन सकिरहेको देखिदैन। यिनीहरुको आफ्नै मौलिक धर्म, संस्कृति र परम्परा रहेको
छ। मुस्लिमहरुको धर्म,संस्कृति, परम्परा संरक्षण गर्नु
राज्यको कर्तव्य हो। यसतर्फ राज्यले कुनै कुनै गतिलो कदम चालेको देखिदैन।
मुस्लिम समुदायको छुट्टै
पहिचान र सामाजिक तथा धार्मिक परम्पराहरु छन्। ँगलमब्कभलतब िच्ष्नजतकर ज्ग्कबल च्ष्नजतक
मध्ये ऋगतिगचब िच्ष्नजतक या ऋय्क्कगलष्तथ महत्वपूर्ण हुन्छ। त्यसैले कुनै पनि समुदायलाई
जीवित राख्न उसको साँस्कृतिको संरक्षण तथा सम्वर्द्धन गर्नु जरुरी हुन्छ। धेरै कुराहरुमा
धर्म र सांस्कृति एकअर्कामा गाभिको हुन्छ र कुनै पनि वर्गको सांस्कृतिमा त्यसको धर्मको
धेरै असरहरु देखिएको पाइन्छ। ग्ल् को ऋजबचतभच अनुसार धार्मिक स्वतन्त्रतालाई सुनिश्चित
गर्न अनिवार्य देखिन्छ। तसर्थः आ(आफ्नो साँस्कृति अनुसार जीवनयापन गर्ने अधिकार आजको
नयाँ नेपालमा सबैका लागि समान हुनुपर्छ भन्ने जरुरी देखिन्छ। यसका लागि राज्यको महत्वपूर्ण
भूमिका रहन्छ।
मुस्लिम समुदायको सामाजिक, परिवारिक तथा धार्मिक कार्यहरु,चाडपर्वहरु (ईद,बकराई) छन् साथै हजारौ
मस्जिद तथा मर्दशाहरु छन्।मुस्लिम समुदायको धर्म इस्लाम धर्मको दुई वटा श्रोतहरु छन्
१. धार्मिक ग्रन्थ कुरआन
२. हदिश
मुस्लिमहरु आफ्ना सामाजिक, आर्थिक, धार्मिक सबै कार्य कुरआन
तथा हदीशका निर्देशन अनुसार सम्पन्न गर्छन्। कुरआन तथा हदीशले दिएको निर्देशन अनुसार
अनुपालन गर्दै मुस्लिमहरु आफ्ना कार्यहरु,मस्जिद,मद्रशा, बिवाह,अकिका अन्य सबै कार्यहरु
हिजरी सम्वत अनुसार गर्दछन्।
अहिले सम्मा बनेका कले48डरहरु १. Lunar Calendar चाँद अधारमा निमार्ण गरिन्छा
२. Solar Calendar सूर्यके अधारमा निमार्ण गरिन्छ। ३. Sidereal Calendar –सिडिरीयल कलेण्डर यो ताराहरुको अधारमा
केहि यूरोपीयन देशहरुले निमार्ण गरेका छन्
हिज्री संम्बतलाई नेपाली
मुस्लिम मात्रै होईना कि संसारभरिका मुस्लिमहरले आफ्ना सामाजिक, आर्थिक, धार्मिक सम्पूर्ण कार्य
यहि हिज्री संम्बतलाई नै पालना गर्ने गर्दछन्। यसको सुरुआत दोस्रो खालीफा (शासक) हजरत उमर फारुक रजिअल्लातलाअनहोले
६२२ ई. मा गर्नु भएको थियो।
“हिज्री” शब्द अरबी शब्द हो हिजरत
शब्दबाट बनेको हो। हिज्रत भनेको आफ्नो धर्मको प्रचार गर्नका लागि आफ्नो घरवार तथा मतृभूमिलाई
त्यागेर अन्यत्र बसाई गर्नु हो। कुरआन तथा हदिश अनुसार अन्तिमसदेष्टा,विश्व शान्तिका दूत हजरत
मुहम्मद सल्लल्लाहेवलैहेवसल्लमले इस्लाम धर्म जोगाउनको लागि मक्का शहरलाई त्यागेर मदिना
शहरमा बसोबास गर्नु भयो। यसै एतिहासिक घटनातर्फ इंकित गरेर हजरत हजरत उमर फारुक रजिअल्लातलाअनहाले
हिज्री संवत् शुरु गर्नु भएको थियो। अहिले १४३२ हिज्री सकिना लागेको छ र १४३३ हिज्री
शुरु हुने वाला छ।
हिज्री संवत्का महिनाहरु
निम्नअनुसार छन्।
१. मोहररम्म; २.सफर; ३.रबिउल अव्वल; ४.रबिउस्सानी; ५.जमादिल अव्वल; ६. जमादिस्सानि; ७. रजब; ८. शाबान; ९. रमजान; १०.शव्वाल; ११. जीकादा; १२.जिल्हिज्जा
हिज्री संवत् चन्द्रमा
आधारित छ यसैले यसलाई Lunar Calendar भनिन्छ। यसका महिना
२९ या ३० दिनका हुन्छ। अल्लाहले कुरआनमा स्पष्टरुपले भनेका छन् कि “तिनीहरु नयाँ चाँदको (चन्द्रमाको)बारेमा सोध्दै छन् भनिदेउ
यो मानिसलाई समय बताउनाका लागि हो।
हिज्री संवत् अनुसार सूर्यअस्त
हुँदा नयाँ दिनको शुरुवात हुन्छ। वर्षभरिमा कुनै सालमा ३५० वा ३५१ दिन हुन्छन्” (कुरआनः२) हिज्री संवत् अनुसार एक वर्षमा १२ महिना हुन्छ। अल्लाहले कुरआनमा भनेका
छन्।
“अल्लाहले जब देखि धर्ती तथा अकाश बनाएका छन् त्यति वेला
देखि नै महिनाको संख्या १२ नै छ।(कुरआनकोः सूरह तौबाकोः ३७) इस्लामिक इतिहास अनुसार
महिना तथा तिथीको पात्रौ सर्वप्रथम नवाँै वा लशौँ शताब्दिमा बुग्दाद (इराक) मा तयार
पारिएको थियो। त्यस पछि सिरीया, मिस्र इत्याद देशहरुमा तयार गरियो। हाल आए संसार भरिका मुस्लिमहरु हिज्री संवत्को
प्रयोग गर्दछन्। सउदी अरब,
पकिस्तान,लगायतका मुस्लिम देशहरुले
हिज्री संवत् अनुसार पात्रो तयार गर्दछन् र साथै चन्द्रमाको अवलोकन गर्ने तथा मौसमको
विवरण तयार पार्ने छुट्टै शाखाहरु छन्। सरकारी काम काज विदा,शिक्षा, तालिम प्रयःसाबै काम यसै
संवत् अनुसार सम्पन्न गरिन्छ।
नेपालमा हिज्री संवत्को
महत्व
नेपालमा बसोबास गरिरहेका
मुस्लिमहरु पनि हिज्री सम्वतलाई सबै भन्दा बढि महत्व दिन्छन्। किना कि मुस्लिमहरुले
मद्रशाहरुमा तालिम तथा शिक्षा दिक्षाको पात्रो हिज्री संवत् अनुसार नै तयार गरिनछ।
वर्षभरिमा कहिले पढाई हुनेछ र कहिले विदा तथा परिक्षा रहने छ भन्ने कुरा हिज्री पात्रो
अनुसार नै निर्धारित गरिन्छ। नेपालका सबै मद्रशाहरुमा शुक्रवारको दिन विदा हुन्छ। मुहर्रमको
दासौँ तारिख, रबिउल अव्वलको १२ तारिख, शौव्वालको १ तारिख, जिल्हिज्जाको १०–१५ तारिख अनिवार्य रुपमा
हिज्री संवत् अनुसार बिदाको दिन हुन्छ।
हिज्री संवत् अनुसार देश
भरिका मुस्लिमहरु रमजानको महिनाको ब्रत यानि रोजा बस्छन्। सेह्री इफ्तारी,नमाज,तरावीह सबै यसै पात्रौ
अनुसार गर्दछन्। नेपाली मुस्लिमहरु सालमा दुई वटा ईद वा खुशीका दिन हुन्छन् जसलाई सबै
भन्दा हर्षाउल्लासका साथ देश भरिका मुस्लिमहरु मनाउने गर्दछन्। यी दुईटै ईद तथा बकराईद
हिज्री संवत् अनुसार १० मुहर्रमको दिन मुस्लिम जगतमा ठूल्ठूला घटनाहर घटेका थिए। जस्तै
यसै तारिकमा पैगम्बर यानि सन्देष्टा हजरते मूसा अल्हिस्सलाम फिरऔन जस्तो वाट मौक्ष
पाएर नदी पार गर्न सफल हुनु भएको थियो जसले गर्दा ९अथवा १० वा १० अथवा ११ मुहर्रमको
ब्रत राखिन्छ। यसको आधार पनि हिज्री संवत् नै हो।
१० मुहर्रमकै दिन हजरत
मुहम्मद सल्लल्लाहेवलैहेवसल्लमको नाति हजरते हुसैन रजिअल्लातलाअनहोको श्हादत भएको थियो। यसको सोकमा हिज्री संवत् कै आधारमा नेपाली
मुस्लिमहरुले मनाउँनेगर्दछन्।
ह्ज इस्लामका पाँच वटा
स्तम्महरुमध्ये पाँचौँ स्तम्ब हो। अरबी पात्रो अनुसार जिल्हिज्जाको ८–१३ तारिखमा सउदी अरबको
मक्का गएर हज गरिन्छ। नेपालवाट लगभग हरेक वर्ष ९०० को हाराहारीमा मुस्लिमहरु हजल गर्न
जान्छन्।
---------------------
सन्दर्भस्रोत
१। अर्रहीकुल मख्तूम
२। इस्लाम धर्मको धामिक ग्रन्थ
कुरआन।
३। नेपालको अन्तरिम संविधान, २०६३, छैटौ संशोधन
४। हदीश, बुखारी मुस्लिम
No comments:
Post a Comment