Tuesday, May 10, 2016

किरात जातिको नालीबेली र संस्कृति - २ (कृष्णप्रकाश श्रेष्ठ)

किरात जातिको उत्पत्ति

नेपाली विद्वान् जनकलाल शर्माले किरात जातिलाई मंगोल बान्कीको मान्दै दुइ वर्गमा विभाजित गरेका छन् : १) आयातमुण्ड अथवा पुराकिरात र २) वर्तुलमुण्ड अथवा नवकिरात । उनको धारणाअनुसार खम्बु (राई) र लिम्बु जनजाति पहिलो वर्गमा पर्दछन् भने लेप्चा चाहिं दोस्रो वर्गमा । परम्पराअनुसार खम्बु र लिम्बु पनि निम्न दुइ उपवर्गमा विभाजित छन् । ती हुन् : १) काशीगोत्र र २) ल्हासागोत्र । यदि पहिलो उपवर्ग आयातमुण्डअन्तर्गत पर्दछ भने दोस्रो उपवर्ग चाहिं वर्तुलमुण्डअन्तर्गत पर्दछ । दोस्रो उपवर्गको नाउँबाट नै त्यसको निकटता ल्हासा (तिव्बत) संग रहेको बोध हुन्छ, यद्यपि पहिलो उपवर्गको नाउँ काशी अथवा वाराणसी (भारत) संग सम्बन्धित छैन, बरु काशगार अथवा काश्मिरसित बढी सम्बन्धित रहेको प्रतीत हुन्छ (२७, पृ. ८६-८७) । कुन तथ्य पनि कम रोचक छैन भने लिम्बुहरुमा यी दुइ उपवर्गहरुको अतिरिक्त तेस्रो उपवर्ग पनि रहेको पाइन्छ । त्यो हो ताइश्यानगोत्र अर्थात् ताइश्यान (चीन) सित सम्बन्धित । ,,यी उपवर्गहरुको गोत्र नाउँको आधारमा उनीहरुको मूल थलो नेपालबाट बाहिर रहेको बोध हुन्छ,, (१५, पृ. २१)

जे जसो भए तापनि काशीगोत्रअन्तर्गतका किरातहरुमा हिन्दू धर्मको निश्चित प्रभाव ठम्याउन सकिन्छ । यस उपवर्गमा पर्ने किरात जातिका प्रतिनिधिहरु ल्हासागोत्रका प्रतिनिधिहरुभन्दा आफूलाई उच्च स्थानमा राख्दछन् र गोमांस पनि वर्जित गर्दछन् । अनि ल्हासा उपवर्गका प्रतिनिधिहरुमा वर्तुलमुण्ड वर्गका किरातहरुमा जस्तै लामापन्थी बौर्द्धधर्मको निश्चित प्रभाव रहेको पाइन्छ । परन्तु किरात जातिले अद्यापि आफ्नै परम्परागत धर्म पनि सुरक्षित राख्न सकेको छ र त्यसमा उत्तर (तिव्बत) तथा दक्षिण (भारत) का प्रमुख धर्महरुको  प्रभाव नगण्य रुपमा मात्र परेको पाइन्छ (२७, पृ. ८७)

वर्तमान नेपालको भूभागमा हिमाली (तिव्बत-बर्मेली) भाषाभाषी मानिसहरुको बसाइँ सराइ सम्भवतः विभिन्न चरणमा सम्पन्न भएको थियो । किरात जातिका मानिसहरुको लागि पनि यही कुरा लागू हुन्छ । ,,सम्भवतः सबभन्दा पहिलो बसाइँ सराइ ईसापूर्व दुइ हजार वर्षअगाडि भयो । अनि पछिल्लो उत्तरी हिन्दचीनबाट जुन बसाइँ सराइ भएको थियो त्यो चाहिं प्राचीन तिव्बत-बर्मेली जनजातिका मानिसहरुको महान स्थानान्तरण अभियानको एक हिस्सा मात्र थियो । नेपालको भूभागमा पर्ने  हिमालय पर्वतको दक्षिणी काखमा तिव्बत-बर्मेली भाषाभाषी मानिसहरुको बसाइँ सराइ दक्षिण-पूर्वबाट उत्तर-पश्चिमतिर हुँदै गएको थियो,, (४०, पृ. १३)

किरातहरुको स्थानान्तरणबारे किम्बदन्तीहरु

किरात जातिको उत्पत्तिको सन्दर्भमा कुनै ऐतिहासिक दसीप्रमाण उपलव्ध नहुँदा किरात जातिको प्रारम्भिक स्थानान्तरणबारे किम्बदन्ती अनुश्रुतिहरुको विश्लेषणको आधारमा केही निष्कर्ष निकाल्नुपर्ने हुन्छ किरातहरुको धार्मिक अनुष्ठानहरुको समयमा किरात पुरोहितहरुले यस्ता किम्बदन्तीहरु सुनाउँछन् मार्क गाबोरिओको विश्लेषणअनुसार यस्ता किम्बदन्तीहरुलाई ,,दुइ भागमा विभाजित गर्न सकिन्छ,, पहिलो भागमा यस्ता किम्बदन्तीहरु पर्दछन् जसमा विश्वसृष्टिबारे विभिन्न किरात जातिहरुमा प्रचलित अनुश्रुतिहरु समावेश छन् तिनमा सवै किरातहरुको समान उत्पत्तिको चर्चा गरिनुका साथै उनीहरुका साझा पूर्खाहरुको स्थानान्तरणसम्बन्धी पुराकथाहरुको वर्णन पाइन्छ... अनि दोस्रो भागमा यस्ता किम्बदन्तीहरु पर्दछन् जो  बढी यथार्थवादी धरातलमा आधारित छन् एउटा किम्बदन्तीअनुसार किरातहरुका पूर्वपुरुष दाजुभाइहरुबीच जग्गाजमीनको बाँडफाँड भयो यसरी तीन भाइ छुटिृएर बस्न थाले तिनैका वंशज सुनुवार, रा लिम्बु तीन जातिको रुपमा देखा परे (३६, पृ. ४५)

किरात वंशावलीअनुसार मुक्तिक्षेत्रका राजा सूर्यमण्डपका छोरीपटिृका नाति सुन्दरसिंहका छोराहरु क्रमशः लालसिंहबाट हायु, सुरसिंहबाट सुरेल तथा जिरेल, रामसिंहबाट सुनुवार, मानसिंहबाट रा तथा धनसिंहबाट लिम्बु जातिको उत्पत्ति भयो जिरेल जातिकै विद्वान् सुमनकृष्ण जिरेलको अंग्रेजीमा प्रकाशित कृति नेपालका जिरेलहरु (.सं. १९९२) मा किरात वंशावलीको हवाला दिंदै के प्रस्ट पारिएको भने जिरेलहरु एउटा किम्बदन्तीमा उल्लेख गरिएझै सुनवार सेर्पाको वर्णसंकर नभई किरात जातिकै आदिपुर्खा सुन्दरवीरका भाइ छोराहरुमध्ये माहिला सुरसिंहका सन्तति हुन् (जिरेल, १९९२, पृ. १४-१६) सम्भवतः किरात जातिकै एक शाखा (वंशावलीअनुसार चाहिं सुरसिंहका सन्तान) मध्ये सुरी क्षेत्रमा बसोवास गर्नेहरु सुरेल भनिएझैं जिरी उपत्यकामा बसोवास गर्नेहरु जिरेल भनी प्रसिद्ध भए जे होस्, जिरेलहरुमा १२ मुख्य थर ११ उपथरहरु रहनुका साथै एउटै थरका नरनारीबीच वैवाहिक सम्बन्ध कायम हुन नसक्ने चलन हुनु आफ्ना कुलपूजामा अद्यापि फोंबोलाई नै पुरोहितको रुपमा ग्रहण गरिनुबाट पनि यो जाति किरात जातिकै एक शाखा हो भन्ने स्पष्ट हुन्छ सुनुवार जातिको एक किम्बदन्तीअनुसार किरात जातिका पाँच भाइमध्ये क्रमशः जेठोबाट सुरेल, माहिलोबाट सुनुवार, साहिंलोबाट खम्बु (रा), काहिंलोबाट लिम्बु कान्छोबाट हायु जातिको वंशक्रम चलेको मानिन्छ (मेचीदेखि महाकाली, भाग , पृ. ६७८) सुनुवारहरु विहाबारीमा दशथर बाह्रथर बार्दछन् बाह्रथर सुनुवार सवर्ण हिन्दूहरुको सोझै सम्पर्कमा आएको हुँदा अधिकांश सामाजिक धार्मिक कृत्य पनि ब्राहृमणद्वारा गराउँछन्

किरातहरु तिव्बतबाट बसाइँ सरेर आएका हुन् भन्ने पुष्टि गर्ने खालका पनि कैयौं किम्बदन्तीहरु प्रचलित छन् त्यसैमध्येको एउटा किम्बदन्तीमा  भनिएअनुसार कुनै समयमा तिव्बतको ताश्म्राव्का भन्ने ठाउँमा बस्ने किरात जातिको एक गोठालो आफ्नो हराएको चमरीगाईको खोज गर्दै बालेन्चुग भञ्ज्यांगसम्म पुग्यो हिमालयको दक्षिणी पाखोमा हराभरा चरन रहेको भन्ने कुरा उसबाट थाहा पाएर पशुपालक किरातहरु त्यस हराभरा ठाउँमा बसाइँ सरे

अधिकांश विद्वानहरुको धारणाअनुसार परापूर्व कालदेखि नै किरातहरु नेपालमा बसोवास गर्दथे () रसियाली नेपालविद् इल्या  रेद्को अलेक्सान्द्र लेद्कोभको  मतानुसार ,,प्राचीन भारतीय स्रोतहरुमा किरात नागहरुसित सम्बन्धित प्रथम तिव्बत-बर्मेली आप्रवासीहरुका सन्ततिहरुको रुपमा वर्तमान राई, लिम्बु, सुनुवार, अधिकांश नेवार, मगर गुरुंगको केही हिस्सालाई मान्न सकिन्छ,, (४०, पृ. १३ )

किरात जातिको उत्पत्तिसम्बन्धी सबै किम्बदन्तीहरुको विवेचना गर्ने कार्य भविष्यको लागि थाँती राख्नु अहिलेको लागि उपयुक्त हुनेछ यहाँनेर यत्ति मात्र भन्नु युक्तिसंगत हुनेछ कि प्राचीन वेद पुराणहरुका साथै महाभारत रामायण जस्ता काव्यकृतिहरुमा मात्र नभई मनुस्मृति कौटिल्यलिखित अर्थशास्त्र जस्ता प्राचीन प्रामाणिक ग्रन्थहरुमा समेत किरात जातिको उल्लेख पाइन्छ यसबाट किरात जाति एक प्राचीन जाति हो भन्ने पुष्टि हुन्छ

आफ्नो वंशबारे किरात पुराकथाहरु

वर्तमान समयका किरातहरु आफूलाई स्वयं शिवका सन्तति मान्दछन् यस सर्न्दर्भमा किम्बदन्तीहरु पनि सुनाउँछन् एउटा किम्बदन्तीअनुसार दूरवर्ती कुशद्वीप (हिन्दुकुश) बाट आएकी कंकती नाउँकी सुन्दरीले मानौं महादेवबाट गर्भधारण गरेर किरातहरुका आदिपुरुषलाई जन्म दिएकी थिई यसप्रकार किरातहरु शिवलाई आफ्नो आराध्यदेव मान्दछन् प्रत्येक  किरातको घरअगाडि सिउँडीको बोट उमारिएको हुन्छ हरेक दिन बिहान बेलुका त्यहाँ शिवको पूजा गरिन्छ शिवद्वारा श्लेषमान्तक वनमा किरातको रुप धारण गरी शिकार गरिएको किम्बदन्ती पनि कम रोचक छैन (४२, पृ. ४०-४२) पशुपतिनाथको मन्दिरनजिकै किरातेश्वर भनी प्रसिद्ध एउटा शिवलिंग पनि रहेको कुनै समयमा किरात रुपधारी शिवले महाभारत ग्रन्थका प्रमुख पात्रहरु पञ्चपाण्डवमध्येका एक अर्जुनको वीरतापूर्ण दर्शनबाट सन्तुष्ट भई अचूक पाशुपतास्त्र समेत हस्तान्तरण गरेको वर्णन अर्को एउटा  किम्बदन्तीमा पाइन्छ (२०, पृ. २८)

एउटा अवधारणाअनुसार किरातहरुको उद्गमस्थल थेबे मानिन्छ भने अर्को धारणाअनुसार उनीहरु काशीगोत्रका ठानिन्छन् कुन कुरा पनि उल्लेखनीय भने धिमालहरु पनि आफूलाई काशीगोत्रकै मान्दछन् (८, पृ. ) किरात संस्कृतिका अन्वेषक इमानसिं चेमजोंगको मतानुसार थेबे भनेको थेव्स हो जुन कुनै समयमा कुशद्वीपको एक  हिस्सा थियो हाल मिश्र भनिन्छ यसै गरी काशीगोत्रको पनि वर्तमान काशी (भारतको बनारस) सित कुनै सम्बन्ध छैन, बरु काशी शव्दले  किरातहरुको पुर्खेउली  देश कुशद्वीपसंग सम्बन्ध राख्तछ लेप्चाहरु चाहिं शुरा (वर्तमान सिरिया) लाई आफ्नो पुर्खेउली देश मान्दछन् (११, पृ. यस तथ्यको पुष्टिका लागि मिश्रवासीहरु किरातहरुको परम्परामा समानतालाई लिन सकिन्छ किरातहरु पनि प्राचीन कालमा मिश्रवासीहरुले बिरालो, गिद्ध, सर् बाँदरको ममी बनाएर पूजा गरेझैं यी जीवजन्तुहरुको पूजा गर्दछन्  (११, पृ. )

इमानसिं चेमजोंगले किरात किम्बदन्ती बाबिलोनियाका किम्बदन्तीबीच सादृश्यताको पनि चर्चा गरेका छन् उदाहरणका लागि भन्ने हो भने विश्वप्रलय या धरहरानिर्माणसम्बन्धी किम्बदन्तीलाई लिन सकिन्छ पहिलो किम्बदन्तीमा  भनिएअनुसार महाप्रलयको समयमा लेप्मुहांग नामको किरात जिंगिड (सम्भवतः नोय) झैं जीवित रहेको थियो, किनकि डुंगा (किराती भाषामा  खोड्बे) चढेर तैरन सफल भयो भने दोस्रो किम्बदन्तीअनुसार बाबिलोनिया (लेप्चाहरुको किम्बदन्तीअनुसार आरामपादाम) मा धरहरा निर्माण गर्नेहरुले एक दोस्रालाई बुझ्न छाडे धरहरा ध्वस्त भयो केही निर्माणकर्ताहरु मात्र ज्यान बचाएर भाग्न सफल भएका थिए यसरी बाँच्नेहरुमध्ये एक शाखा हिमालयपर्वतको घाँचसम्म पुग्यो जो किरात कहलायो उनैका वंशजहरु आफूलाई असुरवंशका मान्दछन् इमानसिं चेमजोंगका अनुसार सर्वप्रथम भारत पुग्ने आर्य जातिका मानिसहरुले सिन्धुनदीको किनारमा शासन गर्ने  शम्बासुर नामक किरातासुर राजासंग लड्न विवश भएका थिए (४८, पृ. )

नेपालवासी राई लिम्बु तथा मुख्यतः सिक्किमनिवासी लेप्चा जातिमा किञ्चित् मात्र अन्तर भएका एकै किसिमका किम्बदन्तीहरु प्रचलित छन् उदाहरणस्वरुप, आकाश छुने धरहरा (लेप्चाहरुको कथामा चाहिं सिंढी) निर्माणबारे किम्बदन्तीलाई नै लिन सकिन्छ नेपाली विद्वानले किरातहरुको भाषाको विविधतामा विशेष जोड दिएको पाइन्छ (१०, पृ. ४१-४२भने सिक्किमेली विद्वान् निमा ताकनिलामु लेप्चाले चाहिं स्वर्गसम्म पुग्ने किरातहरुको चाहनामा जोड दिएका छन्  (१३, पृ. ३८ ४१) कुन कुरा पनि कम रोचक छैन भने धिमाल जातिको पनि यस्तै किम्बदन्ती छ, तर त्यसमा धरहरा वा सिंढीको निर्माण गरिएको छैन, बरु बाँसहरु जोडेर चन्द्रमासम्म पुग्ने लिंगो ठड्याइएको वर्णन छ (, पृ. ३३) यसै परिप्रेक्ष्यमा किरात जातिमा प्रचलित जाँडको उत्पत्तिबारे किम्बदन्तीलाई पनि लिन सकिन्छ लेप्चा जातिको एउटा किम्बदन्तीमा सृष्टिदेवी इत्बुमुका पुत्र तार्बोन्बुको वीरताबारे एउटा किम्बदन्ती प्रचलित तार्बोन्बुले साङलोको रुप लिएर पाताल लोकमा पुगी जादूगर्नी बूढी मात्लीमुन्युले आफ्नो कपालको जुरोभित्र लुकाएर राखेको मर्चाको जरा चोरेर ल्याएको थियो जाँड बनाउन त्यही मर्चाको आवश्यकता पर्दछ अनि लिम्बु जातिको किम्बदन्तीमा यस्तै वीरता मानाहांगका मन्त्री साँगली (यस वीरको नामले समेत साङलाको सम्झना गराउँछ) ले प्रदर्शन गरेको पाताललोककी मालिक्नी युमानारान्बुढीले त्यसै गरी आफ्नो कपालभित्र लुकाइराखेको  आनन्दको बुटी अर्थात् मर्चा चोरेर ल्याउन सफल हुन्छ यी दुवै किम्बदन्तीहरुमा केही मौलिकता हुँदाहुँदै पनि प्रमुख नायकले समान तरीका अपनाएर जाँड बनाउने मर्चा पाताललोकबाट पृथ्वीमा ल्याउँछ

किरात जनजातिहरुका किम्बदन्तीहरुमा समानताको मात्र कुरा होइन, परम्परा र रीतिथितिबाट पनि उनीहरुको जातीय निकटताको पुष्टि हुन्छ । 



किरात जातिका थरहरु

किरातहरुको पवित्र ग्रन्थ मुन्धुम मा संकलित किम्बदन्तीहरुको आधारमा लिम्बु जातिको स्थानान्तरणको मोटामोटी इतिहास ठम्याउन सकिन्छ शुरुमा नै लिम्बु जातिका दशजना पूर्वपुरुषहरुले दशवटा वंश अर्थात् थरको स्थापना गरी आपसमा जग्गाजमीनको अंशबण्डा गरेको वर्णन ,,धार्मिक अनुश्रुतिमा जनाइएअनुसार हरेक वंशको आ-आफ्नै काल्पनिक किल्ला हुन्छ   पूर्खालाई चढाइएको बलि बिजुवाले चमत्कारपूरण उडानको समयमा त्यहाँ पुर्र्याउँछ लिम्बु जातिको साझा संस्कृतिअन्तर्गत हरेक थरद्वारा आ-आफ्नै किम्बदन्तीहरु रीतिथितिहरुको सृजना गरिएको पाइन्,, (३६, पृ. ५४)

समय बित्दै गएअनुसार लिम्बुहरुको वंशवृद्धि हुँदै गयो उनीहरुको पैत्रिक भूभागको पुनः अंशबण्डा भयो लिम्बुहरुमा एउटै थरभित्र  ,,सम्भवतः सगोत्री विवाह वर्जित , जब कि अन्य किरात जातिका थरहरुमा आफ्नै कुलभित्र मात्र सगोत्री विवाह वर्जित मानिन्छ,, (३६, पृ. ५४) नेपाली नृवंशवेत्ता डोरबहादुर बिष्टले रा जातिअन्तर्गत १८ थर (वंश) को उल्लेख गरेका छन् लिम्बुहरुमा चाहिं थरको संख्या निकै बढी परम्पराअनुसार लिम्बुहरु ८० थर (वंश) मा विभाजित छन् हरेक थर चाहिं विभिन्न कुलमा विभाजित , यद्यपि केही थरहरु कुलमा विभाजित हुँदैनन्,, (४७, पृ. ३५४) केही लिम्बु थरहरु ,,अशुद्ध,, मानिन्छन् उदाहरणार्थ, चोंगबुंगको एउटा शाखासन्तान लेप्चाको बीचमा भएको विवाहबाट उत्पन्न भएको मानिने कम्बो थरका लिम्बुहरु  ,,आफ्नो सामाजिक स्तरमा,, चोंगबुंगभन्दा तल्लो श्रेणीका ठानिन्छन् (३९, पृ. २३५) राईहरुको प्रत्येक थरमा ,,भौगोलिक कारणले गर्दा विभिन्न थरहरुका बीच सम्पर्कको अभावले गर्दा सगोत्री विवाह वर्जित नभए तापनि,, राईहरुमा पनि थरहरुको संख्या बढ्दै गएको पाइन्छ ,,एउटै थरका मानिसहरुबीच नजिकको साइनो लाग्ने  सात पुस्तासम्मका नातेदारहरुसंग विवाहमा बन्देज लगाइएको परन्तु आठौं पुस्तापछि विशेष अनुष्ठान सम्पन्न गरेर बिहेबारी चल्दछ यसलाई हाडफोडा भन्दछन् यस प्रकार एउटै थर विभाजित भई नयाँ थरहरु अस्तित्वमा आउँछन्,, (४४, पृ. ३५-३६)

धिमालहरु पनि विभिन्न थरहरुमा विभाजित छन् यी थरहरुको उत्पत्तिबारे पनि किम्बदन्तीहरु प्रचलित छन् उदाहरणार्थ, राथुम भनिने थरको नामकरण एक किसिमको बाजाको आधारमा भएको हो यस थरका मानिसको मुत्यु भएमा मलामी जाँदा त्यो बाजा बजाउनु अनिवार्य हुन्छ अनि दोंगे भन्ने थर चाहिं सम्भवतः मृतकलाई सिमलको काठबाट बनाइएको डुंगा आकारको शवपात्रमा राखेर गाड्ने चलनमा आधारित भन्ने अनुमान गर्न सकिन्छ कोही मरेपछि सम्पन्न गरिने अन्तेष्टिक्रियाको समयमा काँसे (तातारी) भनिने रुखको पात अथवा बोक्रा चाहिने हुनाले काँसे अथवा कास्यार भन्ने थर अस्तित्वमा आएको बुझिन्छ यसै गरी शवपात्रलाई  बेसार (हलेदोको पहेंलो धूलो) ले पोत्नु पर्ने हुनाले योंग्यांग अथवा हर्दिया भन्ने थर देखापरेझैं नूनले पोत्नु पर्ने हुनाले नुनिया भन्ने थरनाम राखिएको होला माखिम अथवा लातेर थरको उत्पत्ति माहुरीको मैनसित सम्बन्धित मानिन्छ भने बंगालाएती चाहिं जूनकिरीसंग सम्बन्धित , किनभने यस्तो थरका धिमालहरु कुनै पनि हालतमा जूनकिरीलाई दुःख दिंदैनन् (१६, पृ. ३१-४१)

सुनुवारहरु बारथरमा विभाजित छन् भने आफूलाई सम्भवतः आफ्ना आदिपुरुष मुक्तिक्षेत्रका राजा सूर्यमण्डपको नामबाट सूर्यवंशी मान्ने जिरेलहरु चाहिं बाह्र मुख्य थर ११ उपथरमा तर वर्तमान समयमा यो संख्या वास्तविकताको द्योतक छैन थरहरुको संख्या निकै बढी उनीहरु संयुक्त रुपमा आफ्ना कुलदेवताहरुको पूजा गर्दछन् यस्तो पूजा अक्सर वैशाख पूर्णिमा अथवा मार्ग पूर्णिमाका दिन सम्पन्न गरिन्छ


No comments:

Post a Comment