अत्यन्त करुणामय परमदयालु अल्लाहको नामबाट सुरु
हिज्री संवत्को पात्रो लेखन पद्धति
लेखक
अलाउद्दीन अन्सारी फलाही
ताहिर नद्वी (प्रस्तोता)
नेपाली भाषामा कुरआनको अनुवादक
पृष्ठभूमि
हिज्री संवत्को सुरुवात विश्व
शान्ति दूत अन्ति सन्देष्टा मुहम्मद स. को दोस्रो उत्तराधिकारी (खलीफा) हजरत उमर रजि
ले टघड ई. मा गर्नु भयो। उहाँले यसको सुरुवात अन्तिम सन्देष्टा मुहम्मद स. को मक्का
शहर देखि मदीना शहरतर्फ को प्रस्थान (हिजरत) को सालबाट गर्नु भयो। अहिले ज्ञद्धघघ हि.चलि
रहेको छ भने मुहम्मद स. को मक्का शहर देखि मदीना शहरतर्फ को प्रस्थान (हिजरत) लाई ज्ञद्धघघ
वर्ष बिति सकेको बुझन्छ। जहाँसम्म महिनाका नामहरुको प्रश्न छ यो प्रापूर्वकाल देखि
नै थिए तर कुनै विशेष संवत् थिएन। कुनै प्रसिद्ध व्यक्तिको मृत्यु वा कुनै प्रसिद्ध
घटनाबाट वर्षको ग48ना हुने गर्थ्याै। जस्तै धेरै
दिनसम्म कअ्ब बिन लोए नामी व्यक्तिको मृत्युबाट वर्षको ग48ना भयो। त्यसपछि यमनको राजा अब्रहाले हात्तीमा चढेर ठूलो सैनिक द्वारा मक्कामाथि
गरेको आक्रमण जो आमुल फील (हात्तीको साल) बाट प्रसिद्ध थियो,
बाट वर्षको गणना भयो।
हिज्री संवत्को सुरुवात यसरी
भयो कि हजरत उमर रजि समक्ष एक दिन एउटा सरकारी कागज पेश गरियो जसमा शाबान महिनाको नाम
मात्र लेखिएको थियो। उहाँले प्रश्न उठाउनु भयो यसबाट यो कसरी थाहा हुन्छ कि यो गत वर्षको
शाबान हो कि यस वर्षको तत्कालै सल्लाहकारहरुलाई भेला गरेर यसबारे छलफल गर्नु भयो।
महान सहाबीहरु भेला भए। अधिकांशले ईरानको अनुसरण
गर्ने सल्लाह दिए। तर हजरत अली रजि. ले हिज्रतबाट सुरु गर्ने सल्लाह दिनु भयो र यसमा
सबै सहमत भए र यसरी हिज्री संवत् सुरु भयो।
(अल फारूक,
भाग २, पृष्ठ २८४)
त्यती खेर हिज्रतलाई १७ वर्ष
भइ सकेको थियो। यसरी हिज्री संवत्को पहिलो दिन इस्वी संवत् अनुसार 15/7/622 ई. बिहिवारको दिन पर्यो।
हिज्री संवत्लाई इस्लामी संवत् पनि भन्छि। संसारभरिका मुस्लिमहरु हिज्री
संवत्लाई अनुसरण गर्दै सबै चाड पर्व अर्थात ईदुलफित्र, ईदुल अज्हा, रमजान महिनाको ब्रत,
हज इत्यादि हिज्री संवत् अनुसार नै गर्छन। मुस्लिम राष्ट्रहरुमा
हिज्री संवत् नै सरकारी संवत् हो। नेपालमा पनि मुस्लिमहरु हिज्री संवत्लाई आधार बनाएर
ईदुलफित्र, ईदुल अज्हा,
रमजान महिनाको ब्रत, देखि लिएर मद्रसाहरुको योजनाहरु तथा समय तालिकाहरु र बिहेबारीको तारिखसमेत निर्धारण
गर्छन्।
हिलाल नयाँ वा खुर्पे चन्द्रमा [Crescent] को महत्वः
हिज्री संवत्को पात्रोअनुसार
प्रत्येक महिनाको सुरुवात हिलाल नयाँ वा खुर्पे चन्द्रमा [Crescent] बाट भएकोले हिलाल (खुर्पे चन्द्रमा) लाई मुस्लिमको चिन्हको रूपमा लिइन्छ। मस्जिदको
मिनारा, मद्रसाको गेट तथा मोनोग्राम,
अस्पताल तथा इमेर्जेन्सीको चिन्हको रूपमा हिलाललाई नै
राखिएको पाइन्छ। यति मात्र कहाँ छ र, तुर्की तथा पाकिस्तान लगायत कय्यौँ मुस्लिम राष्ट्रहरुको झ48डामा हिलाललाई चिन्ह स्वरूप राखिएको छ। अन्तिम ईश्ग्रन्थ कुरआन जो सम्पूर्ण मानवजातिको
लागि एकमात्र मार्गदर्शनको किताब हो मा पनि हिलालको वर्णन आएको छ। जस्तै कुरआनको सूरह
न. २, सूरह अल बकरह् आयत (श्लोक) न.१८९,
इस्लाममा हिलाल तथा चन्द्रमाको
यो महत्व हुँदा हुँदै पनि यो समेत एक अल्लाहबाहेक सबैको भक्ति वर्जित गरिएको छ।
हिलाल नयाँ वा खुर्पे चन्द्रमा [Crescent] को अवलोकनको अर्थ :
अन्तिम सन्देष्टा मुहम्मद स.
ले भन्नु भयो ........ .............
................. ........... (हदीसः तिर्मिजीः १४८/१) चन्द्रमा देखेर ब्रत सुरु
गर र चन्द्रमा देखेर ईद मनाऊ। चन्द्रमा देखेर ब्रत सुरु गर्नु र चन्द्रमा देखेर ईद मनाउनुको अर्थ हो पहिलो दिनको
नयाँ वा खुर्पे चन्द्रमा को अवलोकन, अनि २९ दिनको समाप्तिमा नयाँ वा खुर्पे चन्द्रमा देखा पर्याे भने त्यो महिना २९
दिनको मानिन्छ र अघिल्लो दिन नयाँ महिनाको पहिलो तरिख मानिन्छ र ईद इत्यादि मनाइन्छ,
नयाँ वा खुर्पे चन्द्रमा देखा परेन भने ३० दिन पूरा गरिन्छ
र त्यसपछिको दिनमा ईद इत्यादि मनाइन्छ।
हिज्री संवत्को पात्रो लेखनको पद्धतिः
हिज्री संवत्को पात्रो पूर्णरूपमा
चन्द्रमा मा आधारित [Lunar] हो, त्यसैले चन्द्रमालाई आधार बनाएरै हिज्री संवत्को पात्रो लेेखिन्छ। प्रत्येक नयाँ
वर्ष सुरु हुनु अघि नै खगोल विदहरु [Astronomists] आउने वर्षको पात्रो चन्द्रमाको हिसाबको आधारमा लेखि सकेका हुन्छन्। पात्रो लेखनको
आधार चन्द्रमाको हिसाब हो जो पूणरूपमा Scientific पनि हो र यो कुरआनबाट पनि सिद्ध
छ। कुरआनको सूरह न. १०,
सूरह यूनुस आयत
(श्लोक) न.५ मा यसरी भनिएको छ : “र हामीले चन्द्रमाको विभिन्न मनाजिल (स्थानहरु) निर्धरित गर्यौँ ताकि तिमीहरु वर्षको संख्याँ
तथा हिसाब जान्न सक।”
तसर्थ हामी देख्छौँ कि हरेक
दिन चन्द्रमाको रूप [The phase] तथा स्थान [The elongation] ले अलग अलग हुन्छ, जसलाई आधार बनाएर र त्यसको हिसाब
मिलाएर पात्रो लेखिन्छ। चन्द्रमाको स्थानहरु [The elongation] ले लाई कुरआनमा मनाजिल भनिएको छ।
चन्द्रमा पृथ्वीको सबै भन्दा
नजिकको ग्रह हो। गैलेलियो तथा न्यूटन जस्ता वैज्ञानिकहरुले चन्द्रमालाई हिसाबको आधार
बनाए।
चन्द्रमा प्रत्येक दिन सूर्यबाट
५० मिनट पछाडि हुँदै जान्छ। जसको अनुभूति चन्द्रमाको पन्द्रहौँ दिनबाट प्रस्टरूपमा
हुन्छ। यसै प्रकार प्रत्येक दिन चन्द्रमा सूर्यबाट १२ डिग्री नजिकिँदै जान्छ। उदाहरण
स्वरूप शनीवारको दिन सूर्याेदयको समयमा चन्द्रमा सूर्य देखि ७६ डिग्री टाढा थियो भने
आइतवार ६४ डिग्री टाढा रहन्छ,
सोमवार ५२ डिग्री टाढा रहन्छ, मंगलवार ४० डिग्री टाढा रहन्छ बुधवार २८ डिग्री टाढा रहन्छ,
बिहिवार १६ डिग्री टाढा रहन्छ र शुक्रवार ४ डिग्री टाढा
रहन्छ र त्यो दिन चन्द्रमाको अवलोकन हुँदैन
किन भने सूर्य तथा चन्द्रमा दुवै एउटै स्थान ृत्जभ भयिलनबतष्यले मा वा लाइनमा रहन्छन्।
हदीसमा चन्द्रमा देखेर ब्रत
सुरु गर्ने र चन्द्रमा देखेर ईद मनाउने कुरा भनिएकोले, ईद इत्यादि मनाउनकोलागि चन्द्रमाको अवलोकनलाई नै आधार मानिन्छ तसर्थ पात्रो हुँदा
हुँदै पनि ब्रत सुरु गर्न र ईद मनाउन इत्यादिकोलागि २९ दिनको समाप्तिमा जब सम्म हिलाल
नयाँ वा खुर्पे चन्द्रमा ृऋचभकअभलते देख्दैन वा देखिेने समाचार प्राप्त हुँदैन तबसम्म
आउने दिनमा ईद इत्यादि मनाइदैन, ३० दिन पूरा गरेर मात्रै अघिल्लो दिनमा ईद इत्यादि मनाइन्छ।
हिज्री संवत्को पात्रो लेखन
कार्यको साथ साथ प्रत्येक महिना को अन्तमा र नयाँ महिनाको सुरुमा चन्द्रमा अवलोकन गरिन्छ,
जसकोलागि संसारको सबै देशमा सरकारी स्तरमा चन्द्रमा अवलोकन
समिति (रुयते हिलाल कमिटि) गठन भएको छ। कय्यौँ देशहरुमा यस समितिले प्रत्येक महिना
को अन्तमा र नयाँ महिनाको सुरुमा चन्द्रमा अवलोकन गरेर त्यसको आधारमा नयाँ महिना सुरु
हुने घोषणा गर्छ भने अन्य कय्यौँ देशहरुमा यस समितिले रमदान,
ईदुल फित्र, तथा ईदुल अदहाको महिना को सुरुमा चन्द्रमा अवलोकन गरेर त्यसको आधारमा रमदान,
ईृदुल फित्र, तथा ईदुल अदहाको घाोषणा गर्छ।
हाम्रो देश नेपालमा पनि चन्द्रमा
अवलोकन समिति (रुयते हिलाल कमिटि) गठन गरिएको छ। जसले ईदुल फित्र,
तथा ईदुल अदहाको महिना को सुरुमा चन्द्रमा अवलोकन गरेर
र देशको विभिन्न भागबाट चन्द्रमा अवलोकनको समाचार संकलन गरेर साथै त्यस खबरमाथि छलफल
गरेर त्यसमा यकिन भएपछि त्यसको सूचना सरकारलाई दिन्छ अनि त्यसकै आधारमा सरकारले ईद
बक्रइदको अवसरमा सारवजनिक विदाको घोषणा गर्छ।
कालगणनाको आधारः
हिज्री संवत्को पात्रो पूर्णरूपमा
चन्द्रमामा आधारित [Lunar] भएकोले यसको काल गणनाको आधार पनि चन्द्रमा नै हो। चन्द्रमाको सुरुवातदेखि लिएर अन्तसम्मको दिन कि
त २९ दिन हुन्छ कि त ३० दिन। त्यसैले हिज्री संवत्को महिना पनि कि त २९ दिनको हुन्छ
कि त ३० दिनको २८ वा ३१ दिनको हुँदैन। नयाँ
चन्द्रमा उदाएको साँझ १ तारिख सुरु हुन्छ भने चन्द्रमा उदाएको दोस्रो साँझ २ तारिख
सुरु हुन्छ, चन्द्रमा उदाएको तेस्रो साँझ
३ तारिख यसरी चन्द्रमा उदाएको चौधौ साँझ चन्द्रमा पूर्ण भइहाल्छ र त्यो १४ तारिख हुन्छ।
यस रातको चन्द्रमा बद्र (पूणिमा, Full moon) कहलाउँछ। त्यसपछि चन्द्रमाको आकार घट्दै जान्छ र तारिख अगाडि बढ्दै जान्छ। यदि
२९ दिनमै चन्द्रमा समाप्त भयो भने त्यो महिना २९ दिन कै मानिन्छ र यदि ३० दिनमा समाप्त
भयो भने त्यो महिना ३० दिनको मानिन्छ।
यस प्रकार महिना कुन दिनदेखि
सुरु भयो र कुन दिन समाप्त भयो यस महिनामा कति दिन भयो यसको आधार एक त चन्द्रमाको उदाउने समय भयो, दोस्रो आधार चन्द्रमाको रूप (Phase) भयो जो उनन्तीसै वा तीसै दिन
पृथक हुन्छ। तेस्रो आधार चन्द्रमा उदाउने स्थान [The elongation] भयो जो पनि उनन्तीसै वा तीसै दिन पृथक हुन्छ।
वर्षभरिमा जम्मा बारह महिना
हुन्छन। मुहर्रम, सफर,
रबीउल अव्वल, रबीउस्सानी, जमादिल अव्वल,
जमादिस्सानी, रजब, शाबान,
रमजान, शव्वाल, जीकादह्,
जिलहिज्जा। यी महिनाहरु परापूर्वकालदेखि नै चल्दै आएको
छ। हिज्री संवत् अनुसार सालमा जम्मा ३५४ वा ३५५ दिन हुन्छन। हिज्री संवत्को पात्रो
अनुसार प्रत्येक नयाँ दिन र प्रत्येक नयाँ महिना सुरु हुने समय सूर्यास्त हो
संसारभरिको लागि एउटै पात्रोबनाउने प्रयासहरु
हिज्री संवत्को पात्रोअनुसार
प्रत्येक महिनाको सुरुवात हिलाल नयाँ वा खुर्पे चन्द्रमा [Crescent] बाट हुन्छ। तर संसारको हरेक स्थानमा एकै दिन नयाँ वा खुर्पे चन्द्रमा वा हिलाल
को अवलोकन गाह्रो भएकोले ईदुलफित्र, ईदुल अज्हा, रमजान महिनाको ब्रतको सुरुवातमा
मतभेद हुन पुग्छ। विशेषरूपमा सऊदी अरबदृेखि पूर्वमा पर्ने देशहरुमा एक दिन ढिलो ईदुलफित्र
तथा ईदुल अज्हा मनाइन्छ र रमजान महिनाको ब्रत पनि एक दिन ढिले सुरु हुन्छ। जब कि यी
सबै कार्य संसारभरिमै एकै दिन सम्पन्न हुनु राम्रो, सहज तथा एकरूपता को प्रतीक हुने थियो । ईदुलफित्र, ईदुल अज्हा, रमजान महिनाको ब्रतको सुरुवातको
साथ साथै
शबे कदर,
रमदानको बिजोड राति, यौमे अरफा जस्ता महत्वपूर्ण दिनहस् एकै दिन पर्नु बेस हुने थियो।
म्क्का हिज्री पात्रो
उक्त कुरालाई मध्येनजर राखेर
मक्का हिज्री पात्रो तैयार पारिएको छ। मक्का शहर मुस्लिम आस्थाको केन्द्र तथा भौगोलिक
दृष्टिकोणले पनि पृथ्वी कै केन्द्रमा अवस्थित भएकोले मक्कामा हिलाल नयाँ वा खुर्पे
चन्द्रमाको अवलोकन तथा नासा द्वारा तयार पारिएको चन्द्रको हिसाबलाई आधार बनाएर यो पात्रो
तयार पारिएको छ।
एउटै हिज्री संवत्को बारेमा सम्पन्न सभाहरु
हिज्री संवत्को बारेमा सन्सारको
विभिन्न भागमा सभाहरु सम्पन्न हुँदै आएको छ। यसबारेमा सब भन्दा महत्वपूर्ण सभा मोरक्कोको रबातमा
नोभेम्बर २००६ ई. मा सम्पन्न भयो। जसमा संसारभरि कै लागि एउटा पात्रो बनाउने प्रयास
गरियो।
मक्का पात्रो तथा यस किसिमको
प्रयासको उद्देश्य यो छ कि संसार भरिका मुस्लिमहरु एकै दिन ईद इत्यादि मनाऊन्। तर यस
कुरालाई नकार्नेहरुको तर्क के छ भने सम्पूर्ण संसारमा एकै दिन खुर्पे चन्द्रमा ृऋचभकअभलते
को अवलोकन खगोल बिद्याको अनुसार पनि सम्भव छैन। तसर्थ यो कुरा ठूलो बहसको विषय बनेको
छ।
सहज तथा सकारात्मक पक्षहरुः
१, हिज्री संवत्को पात्रो पूर्णरूपमा
चन्द्रमामा आधारित [Horizon] भएकोले पूर्णरूपमा प्राकृतिक
संवत् हो।
२, हिज्री संवत्को पात्रो पूर्णरूपमा चन्द्रमामा आधारित [Crescent] भएकोले चन्द्रमालाई देखेर सर्वसाधारण पनि तारिख पत्ता लगाउन सक्छन।
३, प्रत्येक वर्ष एउटा महिना एउटै याममा पर्दैन। जस्तै रमजानको महिना यस वर्ष गर्मी
याममा पर्यो भने १० वर्ष पछि यो जाडो याममा पर्छ। जसले
गर्दा अल्लाहले एकजना मानवसित लिन खोजेको परिक्षा सहजपूर्वक पूरा हुन्छ।
४, इस्लाम एकमात्र प्राकृतिक धर्म भएकोले हिज्री संवत्को पात्रो पूर्णरूपमा प्राकृतिक
संवत् हो। यसमा कुनै किसिमको फेर बदल तथा हस्तक्षेप गरिएको छैन। मलमास,
महिनाको दिनमा घटबढ तथा अन्य कुनै प्रकारको हेरफेर गरिएको
छैन। जब कि हिन्दू धर्मावलम्बीहरु र अन्तिम
सन्देष्टा मुहम्मद स. को समयमा अरबका बहुदेववादीहरु न्ासी (मलमास) गर्ने गर्थे। कुरआनले
यसो नगर्ने आदेश दियो :
“नसी (महिनाहरुलाई अघि पछि सार्ने कार्य ) केवल अवज्ञामा बृद्धि गर्नु हो। यस द्वारा
अवज्ञाकारीहरुलाई पथभ्रष्ट गरिन्छ।”
(कुरआन,
सूरह न. (,सूरह अत्तौबा, आयत न. ३७)
असहजपक्षः
एउटा निश्चित दूरीमा लालिमा
ृज्यचष्शयले फरक भएकोले संसारको सबै स्थानमा विशेषरूपमा पूर्वका देशहरुमा पहिलो दिनको
हिलाल नयाँ वा खुर्पे चन्द्रमा ृऋचभकअभलते अवलोकन नभएको कारणले पूर्वका देशहरु त्ाथा
पश्चिमका देशहरुबिच एक दिनको फरक भइ हाल्छ। विशेषरूपमा ईदुल फित्र,
बकरईद तथा रमजानको सुरुवात संसारभरिकै मुस्लिमहरु एकै दिन गर्न पाउँदैनन। नेपाल,
भारत, पाकिस्तान तथा बंगलादेश जस्ता देशमा यस विषयमा कहिले काहिँ मतभेद उत्पन्न हुन्छ
र एउटै देशमा एक दिनको फरकमा ईदुल फित्र, बकरईद मनाइन्छ र रमजानको सुरुवात गरिन्छ।
------ ------
------
श्रोत सामग्रीहरु
१, पवित्र कुरआन
२, अल फारूक, भाग २, अल्लामा शिब्ली नोमानी
३, रमजान के शरई अह्काम मौलाना मुफ्ती
मुहम्मद मुस्तफा अब्दुल्कुद्दूस नदवी
४, समीरी क्यालेन्डर मौलाना
समीरुद्दीन कासमी
निम्न वेबसाइटहरु
No comments:
Post a Comment