नेपाल
सम्वत
डा.
चुन्दा वज्राचार्य
नेपाल
भाषा केन्द्रीय विभाग त्रिविवि
१.
परिचय :
नेपाल सम्वत
राष्ट्रको नामबाट चलेको मौलिक सम्वत हो। यो सम्वत कुनै शासकले राजाले शासन चलाउनको
लागि प्रयोगमा ल्याइएको सम्वत नभएर सर्वसाधारण एक व्यक्तिले समाजमा ऋण भएका सर्व
व्यक्तिहरुलाई ऋण मुक्त गराएर शाषकको स्वीकृति लिएर चलाइएको सम्वत हो। यो सम्वत
शुरु भए देखिन नेापलको इतिहासमा मध्यकालको प्रारम्भ भएकेा थियो। यो सम्वत ठकुरी
वंश, मल्ल वंश,
शाह वंश, शषाकालदेखि हालसम्म व्यवहारिक रुपमा
चलनचल्तीमा ल्याइएकोम नेपालमा सबभन्दा बढी प्रचलनमा आएकेा सम्वत हो। मध्यकालमा
धेरै राम्रा राम्रा कला कौशल, सभ्यताको विकास भएको थियो ती मध्यय नेपपाल
सम्वत पनि एक हुन। नेपाल सम्वत चन्द्रमास पद्धतिअनुसार गणना हुने सम्वत हो।
नेपालको इतिहासम जंगबहादुर राणाले राणाकालको प्रारम्भ गरेको थियो भने समाजमा
सुधारकको रुपमा चन्द्र शम्शेरले नेपाल सम्वत सरकारी काम काजमा प्रचलनमा ल्यइराखेको
ठाउँमा नेपाल सम्वतमा ३/३ वर्षपछि एक महिना मनमास आउने भएकेाले जागिरदारहरुलाई
मनमास भएको बेलामा वर्षमा १३ महिनाको तलब ख्वाउनु पर्ने भएकोले नेपाल सम्वतको
ठाउँमा भारतमा प्रारम्भ भएको विक्रमादित्यले चलाइएको विक्रम सम्वतलाई सरकारी
कारोबारमा प्रयोग गरेपछि नेपाल सम्वतको तिथि मिति वर्ष भरी मनाउने चाँडपर्व, जात्रा
संस्कार जस्ता सांस्कृतिक क्षेत्र र धार्मिक क्षेत्रमा मात्रै सीमित गरेर राखेको
थियो।
नेपालको नामबाट
नामाकरण भएको नेपाल सम्वतलाई राष्ट्रिय मान्यता दिलाउनको लागि नेवार समुदाय सक्रिय
रुपमा निरन्तर लागिरहेदै आएको छ।
नेपाल भाषा मंका
खलःले प्रत्येक वर्षको कार्तिक शुक्ल प्रतिपदाको दिनमा वर्ष आरम्भको रुपमा न्हुदँ
(नयाँ वर्ष)को भिन्तुना (शुभकामना) मनाउँदै आएकोमा नेस ११११ मा नेपाली कांग्रेसका
संस्थापका सदस्य एवम् नेता कृष्णप्रसाद भट्टराई श्री ५ को सरकारको प्रधानमन्त्री
हुँदा 'न्हुदँया भिन्तुन' कार्यक्रममा
प्रमुख अथित्यको रुपमा उपस्थिति भएर नेपाल सम्वतको नयाँ वर्ष मनाउनेमा सरकारको
उपस्थित आधिकारीक रुपमा भएकेा थियो त्यसबेलादेखि नेपालको जुनसुकै प्रधानमन्त्री
पनि नयाँ वर्षमा उपस्थिति हुनेमा यस वर्ष अर्थात् नेस ११३२ को नयाँ वर्ष भिन्तुना
कार्यक्रममा प्रधानमन्त्री डा. बाबुराम भट्टराई उपस्थिति भएर नेपाल भाषाबाट नै
सम्बोधन गर्नु भएको थियो। नेस ११२० मा नेपाल सम्वत प्रर्वतक शंखधर साख्वालाई
कृष्णप्रसाद भट्टराई प्रधानमन्त्री भएकै बेला राष्ट्रिय विभुति घोषणा गरेको थियो
भनेृ एनेमकपामा ओवादीका अध्यक्ष प्रच48ड प्रधानमन्त्री भएको बेला नेपाल सम्वतलाई
शत्रीय मान्यता दिने घोषणा गरेको थियो भने नेस ११३२ डा. बाबुराम भट्टराई
प्रधानमन्त्री भएको बेला नेपाल सरकारले नेपाल सम्वत व्यवहारमा ल्याउन पद्मरत्न
तुलाधरको संयोजकत्वमा ३ सदस्य भएको कार्यदल गठन गरेको थियो भने नेपाल सम्वत प्रवतक
शंखधर साख्वा प्रतिष्ठान स्थापना गर्ने घोषणा पनि गरेको थियो। कार्यपत्र आयोजकको
पत्रको बुँदाहरुमा सीमित भएर लेखेको छु।
२.
नेपाल सम्वतको प्रारम्भ :
नेपाल सम्वतको
प्रारम्भ शक सम्वत ८०२ विक्रम सम्वत ९३६ कार्ितक शुक्ल प्रतिपदाको दिनमा भएको
थियो। ईस्वी सम्वत ८९७ अक्टोवर २० तारिखका दिनमा नेपाल सम्वतको प्रारम्भ भएको
थियो।
शक सम्वत ८०२
भनेको पूर्व लिच्छविकालीन सम्वत ४९८ र उत्तर लिच्छवीकालीन सम्वत जसलाई मानदेव
सम्वत पनि भन्दछ यस सम्वत ३०४ अर्थात ४९८ ं ३०४ . ८०२ पछि नेपाल सम्वतको प्रारम्भ
भएको थियो। पूर्वलिच्छविकालिन सम्वतको वर्षको प्रारम्भ कार्तिक शुक्ल प्रतिपदामा
भएको थियो। भने त्यपछि प्रचलनमा ल्याइएको मानदेव सम्वत जुन ३०४ वर्षसम्म प्रयोग
भयो उक्त सम्वतको वर्ष प्रारम्भ कार्तिक शुक्ल प्रतिपदाको दिनमानै भएको थियो। ३०४
वर्षसम्म प्रयोगमा आएको मानदेव सम्वतपछि नेपाल सम्वतको प्रारम्भ भयो भो पनि
कार्तिक शुक्ल प्रतिपदाकोदिनमानै वर्षासत्मक हुने गर्दछ। नेपाल सम्वत प्रारम्भ
हुँदा राधवदेवको शासनकाल भएको हुनाले नेपाल सम्वत राधव देवको पालामा शुरु भएको
भन्ने गर्दछ। नेपाल सम्वतको प्रारम्भ जयदेव तृतीयाको पालामा प्रारम्भ भएको पनि
भन्ने गरिन्छ।
विक्रम सम्वतको
सन्दर्भम विक्रम सम्वत थालनी भएको ६३३ वर्षमा मानदेव सम्वतको थालनी भयो र यो ३०४
वर्षसम्म चलेकोले विस ६३३ र मानदेव सम्वत ३०४ हुँदा ६३३ ं ३०४. ९३७ हुँदा नेपाल
सम्वतको प्रारम्भ भएको हो विक्रम सम्वत सूयृमासको पद्धतिद्धारा गणना हुने र वैशाख
१ गते वर्षप्रारम्भ हुन्छ।
३.
नेपाल सम्वतको प्रर्वतक शंखधर सांख्वा
भ्ााषा वंशावली, भोगमाला
वंशावली, केशर पुस्तकालयस्थित गोपालराज वंशावली गोर्खा
वंशावली आदि वंशावलीहरुम नेपाल सम्वतको प्रारम्भ सम्बन्धी लेखेका छन्। जसअनुसार
भक्तपुरका राजा आनन्द देवको पालामा सिद्धन्त भन्ने ज्योत्षिले स्वर्ण पुस्तिका
भन्ने पुस्तकमा लेखेकोअनुसार एउटा शुभ मुहुत निकलोका छन जुन मुहुतमा
कान्तिपुरस्थित भन्द्रमती र विष्णुमतीको दोभान लखुतिर्थमा बगेर आउने वालुवा चारदिन
राखेपछि सुन हुन्छ भन्ने पत्ता लगाए छ। राजाको आज्ञाबाट चारजना भरियाहरुलाई
भक्तपुरबाट कान्तिपुरको लखुतिर्थमा वालुवा लिन पठाएको थियो। भरियाहरुले पनि
ज्योतिषलेदिएको मुहुतमानै वालुवा लिएर भक्तपुर फर्किन आएकाहरुले एउटा पाटीमा भारी
विसाएर आराम लिइरहेको बेला शंखधर साख्वा भन्ने व्यापारीले देखेछ। भक्तपुरदेखि जावो
वालुवा किनलिन आयो होला केही न केही रहस्यत होला भनेर भरिायाहरुलाई ललाई फुलाई
भारी सहित आफ्नो घरमा लगेर वालुवा आफ्नो घरमा खन्याउन लगाएर भरियाहरुलाई ससमानले
खाजा ख्वाएर पुन लखुतिर्थमा वालुवा लिन पठाए भरियाहरुलेपनि पछि लिएको वालुवा लिएर
भक्तपुर पुगे। चारदिनपछि भक्तपुरमा वालुवा हेर्दा वालुवाको वालुवानै भयो। यसरी
वालुवा भएकोले आनन्दाले रिसाएर ज्योतिषलाई गाली गरेकोले ज्योतिष विद्या ध्वाका
खायो भनेर उक्त पुस्तक बालेर खरानी बनायो। यता कान्तिपुरमा शंखघर साख्वाःको घरमा
राखेको वालुवा सबै सुन भइरहयो। वालुवा सुन भएकोले पाटन र भक्तपुरको राजाहरुलाई
चिठी पठाएर आ–आफ्नो राज्यमा ऋण तिर्न नसकेका मानिसहरु के कति
छ तिनीहरुको ऋण तिरेर ऋण मुक्त गराउने र आफ्नो शालिक एउटा पशुपतिमा राख्ने र आफ्नो
घर नजिक एउटा चैत्य बनाउन अनुरोध गरेको थियो। यसरी सबैको ऋण मुक्त गरेर एउटा नेपाल
सम्वत चलाउन अनुरोध गरेको थियो। यसअनुसार राजाहरुले स्वीकृति दिएपछि नेपाल सम्वतको
प्रारम्भ भएको थियो।
नेपाल सम्वतको
प्रारम्भ पनि कार्तिक शुक्ल प्रतिपदामानै गरियो र पशुपति मन्दिरको पूर्व दक्षिणतिर
शंख समातेर बसेको मूर्ति उक्त नेपाल सम्वत प्रवर्तक शंखधर साख्वाको हो। नेपाल भाषा
मंक खलःद्धारा नेपाल सम्वतको नयाँ वर्ष मनाउँदा उक्त मूर्तिको फोटो मोटरमा राखेर
जुलुससँगै परिक्रमा गरिदै आएको छ। विस २०५६/८/२ मा बसेका मन्त्री परिषदको वैठकले
शंखधरलाई राष्ट्रिय विभूति घोषणा गरेपछि त्यही शालिकलाई शंखधरको फोटोको रुपमा
स्थापित गरे।
भद्रमती र
विष्णुमतीको दोभानलाई लखुतिर्थ भनेको सुन आउने तिर्थ भएकोले 'लँखुतिर्थ'पछि
लखुतिर्थ भए। लखुतिर्थबाट वालुवा लिएर आएर वालुवाको भारी विसायको पारीलाई 'लुँकु
पल्चा' भनेर काठमाडौं विश्व सम्पदाभित्र पर्ने
हनुमानध्वकाको क्षेत्रभित्र लुकुफल्चा पर्दछ। यो पाटी लुँ ं कु ं फल्चा अर्थात्
सुन ं भारी ं पाटी अर्थात सुनको भारी विसाएको पाटी भएको नार्उ लुँकु फल्चा हुन
गएका हुन। यो पाटी काठम48डपबाट भीमसेनस्थान जानेबाटोको दाँया र हासपाक्व
गल्लीको मुहानैमा अवस्थित छ।
४. शंखधर : वैशावलीअनुसार शंखधर साख्वा एक 'फवजाँ' अर्थात्
कम मूल्यमा किनेर अलिकति नाफा खाएर किनेको वस्तु बेच्ने मान्छे हुन। काठमाडौंको
पुरानो व्यापारिक स्थान मध्यम एक मरु पनि हुन। शंखधर मरु निवासी हुन र पशुपतिमा
शालिक भए जस्तै काठमाडौंको कंकेश्वरीस्थित चियाः ख्यःमा एउटा पुरानौ चैत्य लखुतिर्थको
अगाडी नें विष्णुमती नदीको वारीपारी अवस्थित छन्।
'धर्म सिन्धु' ज्योतिष ग्रन्थमा नयाँ सम्वत चलाउनु
देशवासीहरु सबै ऋण मुक्त गराउनु पर्दछ भनेर लेखेका छन जसअनुसार शंखधर साख्वालेपनि
सबै जनतालाई ऋण मुक्त गराएर नेपाल सम्वत चलाइएका हुन। यसरी ऋण मुक्त गर्नको लागि
सबैको तमसुक टौलेर ढुंगा राखेको ठाउलाई आजकाल सिना मुंग अर्थात शिलानुगल भएका
छन्।
ब्ौद्ध
नेवारहरुले सन्यक पञ्चदान गर्दा इन्द्रजात्रामा दागिं निकाल्नु पर्ने धार्िक
परम्परा छन। वंशावली अनुसार शंखधरले चैत्य निर्माण गर्नै कुरा उल्लेख भएकेाले उ
बौद्धधर्म मानने व्यक्ति भनेर स्पष्ट छ। लुँकुफल्चा सँगैबाट प्रत्येक वर्ष
इन्द्रजात्रामा दागिंनिकाल्न परम्परा कायम छ। शंखधर सबैको ऋणमुक्त गेर धर्म
गरेवपात दागि निकालेको हुनु पर्दछ र जुन घरबाट दागिं निकाल्ने गरेको छ। त्यही नै
शंखधर साख्वाःको घर हुनु पर्दछ। उक्त घर अहिलेसम्म दागिंगको घर भनेर भन्ने
गर्दछन्। स्थानीय बासिन्दाअनुसार उक्त घरमा व्यापार गर्ने कोठा 'सा
कोठा' भन्ने छ।
५.
नेपाल सम्वतको विभिन्न नाम :
नेपाल सम्वत
राष्ट्रको नामबाट नामाकरण भएकेा मात्रै होइन देशको सम्वत, शंखधरले
बनाइएको सम्वत ऊँ सम्वत श्री सम्वत आदि नामले लेखेको पाइन्छ।
क. राष्ट्रिय अभिलेखालयस्थित लङकावतार पुस्तकमा
यस सम्वतलाई सम्वत २८ कार्तिक कृष्णदिवा ८८ म्याप भनेर लेखेका छन्।
ख. नेस १४८ मा 'नेपालवत्सर' यसरी
प्रयोगमा ल्याइएको थलकताका एस के सरस्वतीसँग भएको अरसाहसि्रक प्रज्ञापारमिता
ग्रन्थमा 'राज वषुमन प्रतिति श्रीभन्मेपाल वत्सेर प्रगले
माघ शुक्ल दशश्य सजइ रुद्रदेवस्य' भनेर लेखेका छन्।
ग. नेपाल सम्वतलाई ऊँ सम्वत भनेर पनि लेखेका
छन् रुद्रदेवको एउटा अभिलेखमा 'ऊँ सम्वत २९१' भनेर लेखेका छन्। वज्राचार्य २०६४.
५५)
घ. जयस्थिति मल्ल र उनी पछिका शासकहरुले
अभिलेखमा 'श्रीभत नेपाल सम्वत : श्रीभन्त नेपाल सम्वत भनेर नेपाल सम्वतको अगाडि
'श्रीमत' शब्द
लेख्ने पनि देखिन्छ।
नेस ३०४ क्रियाकाल गुणोतर यन्थको पुस्तिकामा 'नेपाल
देशीय सम्वत' ३०४ भनेर लेखेका छन् भने शिवधर्म नाउको
ग्रन्थमा 'नेपाल सम्वत्सरे' भनेर लेखेका छन्।
ङ. कुचि विहारका राजा प्राण नारायणले आफ्नो
स्वर्ण मुद्रामा शाके ७५३ भनेर लेखेका छन् जुन शाके नेपाल सम्वतलाई भनेका हुन – त्मोर
११२९, १३)
च.नेपालको पञ्चांगमा विस १९५१ द्येखि शंखधरकृत
नेपालीय
सम्वत नोयनाथको पञ्चाङ्गमा नेपाल देशीय सम्वत
विश्वरामको पत्रिका श्री शंखधरकृत नेपालीय सम्वत भनेर उल्लेख गरेका छन्।
इसबाट प्रस्ट हुन्छ कि नेपाल सम्वतको प्रवर्तक
शंखधर साख्वाः हुन्।
६.
नेपाल सम्वतको ऐतिहासिकता
नेपाल सम्वतको
प्रचलनमा ल्याइएकेा बेला भुवनलाल प्रधानको अनुसार भक्तपुरमा आनन्देवको राज्यकाल
थियोपाटनमा जयदेव तृतीय थियो। आनन्ददेवको राज्यकालमा पाटनमा जयदेवपछि बालार्जुन
देव त्यसपछि मानदेव चोठो र त्यसपछि राधवदेव राजा भएको थियो।
नेपाल सम्वतको
थालनी हुँदा पाटनमा राधवदेव र भक्तपुरमा आनन्ददेव थियो। यसलाई यसरी प्रस्तुत गर्नु
भएकेा छ।
जयदेव (पाटन
ं पूर्णवली) आनन्ददेव –भक्तपुर)
बालार्जुनदेव
(पाटनं पूर्णवली)
मानदेव चौठा
(पाटनं पूर्णवली)
राधवदेव –पाटन
नरेन्द्र देव
गुणकाम देव
(पूर्णवती)
(पूर्ण)
केशर
पुस्तकालयस्थित वंशावलीको पृष्ठमा राजा श्री राधवदेव देव वर्ष ६३ मास ६।। श्री
पशुपति भट्टारके संवत्सस्फूर्ति कृता भनेर लेखेका छन्। –वज्राचार्य
मल्ल १९८० २१५) यसअनुसार राधवदेवको पालामा भनेर स्पष्ट भएको छ। पशुपतिमा सम्वत
बनाउनेको कृति राखिएको भनेको हो किन भने शंखधर साख्वाको सालिक पशुपतिमा राखेको
हुनाले त्यसरी भनेको हुनपर्दछ।
७.
नेपाल सम्वत प्रचलनमा ल्याएकेा क्षेत्र
नेपालमा
सबैभन्दा बढी चलन चल्तिमा आएको सम्वत नेपाल सम्वत हुन। प्रचलनमा ल्याएदेखि यो
सम्वत अटुट रुपमा आजसम्म चलनमा आएको छ। शासककाललाई दृष्टिगत गयरयो भने ठकुरी वंश, मल्लकाल, शाहवाल, राणाकालबाट
आएर आजसम्म पनि सरकारीरुपमा व्यवहारमा नभएपनि सरकारबाट मनाउने धार्मिक र
सांस्कृतिक पर्वमा यो सम्वतको तिथि मिति अनुसार चाडपर्व मनाउने, जात्रा
गर्नै धार्मिक क्रियाकलाप गर्ने गर्दछ भने समाजमा तिथिमितिअनुसार नै चाडपर्व, धर्मकर्म
संस्कार, निर्माण,
व्यवसायको थालनी यही सम्वतको तिथिमिति
अनुसार गर्ने गर्दछ। भक्तपुरमा मनाउने विख्यात जात्रा चैत्र मसान्तमा लिंगो
ठड्याउँद छ भने वैशाख १ गते लिंगो ढालेर जात्रा मनाउँदछ भने अर्को माघे संक्रान्ती
एउटा सूर्यमासको गणनाअनुसार गर्ने गर्दछ भने अरु सबै यही नेपाल सम्वतअनुसार गर्ने
गर्दछ। विस २०४७ सालको संविधान आउनु अगाडि सरकारले जति पनि चाडपर्वको बिदा दिन्छ
सबै नेपाल सम्वतको तिथि मितिअनुसार नै ल्याइएको थियो। पृथ्वीनाराण शाहले काठमाडौं
राज्य लिन्दा जनतासँग नेवारहरुको संस्कृति सबै मनाउँछु भनेर मात्रै कुमारीले टिका
लगाएर राजा मानेको थियो।
८.
ऐतिहासिक सामग्रीमा नेपाल सम्वतको प्रयोग
ऐतिहासिक
घटनावली व्यासक, धार्मिक ग्रन्थ टिपोट लेखेको धरायौ, अभिलेख
पुस्तकहरु सबैमा नेपाल सम्वत नै प्रयोग गरेका छन्। प्रज्ञापारमितादेखि गोपालराज
वंशावली, मानव न्यायशास्त्र, टरमखेला, नाटक, कविता, टिपोट
आदि सबैमा नेपाल सम्वतको प्रयोग गरेका छन्।
९.
भौगोलिक क्षेत्रमा नेपाल सम्वतः
क्ाठमाडौं, भक्तपुर
र ललितपुरमा मात्रै होइन दोल्खा, टिस्टुङ,
दामन, बनेपा, धुलिखेल, बन्दीपुर, उदयपुर
आदि नेपाल सम्बवतको प्रयोगमा ल्याइएको पाइन्छ।
१. गुण्डिगुल्म
नेस ११९ २. जिल्गोदगाम नेस १२४
३. उदयपुर नेस
१८६, २०० ४.
लम्जुङ नेसं १८९
५. मंग्वर नेस
२२१ ६. धवलस्रोतपुर नेस २२०, ३०४
७. पञ्चवतदेश
नेस ३२१ ८. वानेपाल नेस ३५७
९. पन्नग नेस
२७० १०. फनपिङ नेस ३८१
११ खलपि
माथिको तथ्यांक
नेस ११११ को नयाँ वर्षको उपल73यमा नेपाल भाषा मंकाः खलको लागि हःपाः थुथिले
प्रकाशित गरेका नेपाल सम्वतको केही तथ्यमा लेखमा छन्।
इसबा नेवारहरुले
राज्य गरेको ठाउँमा मात्रै होइन नेपालको अन्य राज्यमा पनि नेपाल सम्वतको प्रयोग
गरेको तथ्य हो।
१०. अर्न्तराष्ट्रिय
प्रयोग मध्यकालमा नेपालको सम्बन्ध चीनसँग राम्रो छ। चीनको मिङवंशी राजा तायि मिंड
महात्तीनान्दको नामले नेस ५३५ आषाढ शुक्ल दशमीमा बनेपाको शासक शक्तिसिंह रामलाई
संस्कृत भाषामा रंजना लिपिले पारवाना (राजाज्ञा) लेखेर पठाइएको थियो।
कान्तिपुरका
राजा प्रताप मल्लको सुरो दाजु कोच विहारका राजा प्राणनारायणले आफ्नो स्वर्ण
मुद्रामा नेपाल सम्वत प्रयोग गरेका छन्।
नेस ८९५ मा श्री
५ प्रतापसिंह शाहले तिब्बतका ग्यढाल्छा परिं कोछेलामा बिच भएको सन्धी पत्रमा नेपाल
सम्वत नै प्रयोग गरेका छन्।
११.
निस्कर्ष :
यसरी नेपाल सम्वतको प्रयोग उपत्यकामा मात्रै सीमित नभई नेपालको विभिन्न
भागमा प्रयोग हुनुको साथै अर्न्तराष्ट्रिय क्षेत्रमा समेत प्रयोग भएको तिथि मिति
लेख्नु पर्ने जुनसुकै कागज धातुलगायत मुद्रामा समेत नेपाल सम्वतको प्रयोग भएका
छन्। धेरै वर्षसम्म प्रयोग हुँदै आइरहेकाले यो सम्वत व्यवहारिक छन भन्ने स्पष्ट
बुझन्त। वैज्ञानिक पनि छन् महिनाको शुरु प्रतिपदाबाट भएर औसीमा समाप्त हुने
हो।
--------- --------
सन्दर्भ ग्रन्थ
:
'अप्सरा'
वाःयौ नेस ११२२ न्हुदँ शंखधर साख्वा
ल्याः
जोशी, सत्यमोहन, नेपाल
संवतको राष्ट्रिय अवधारणा र न्हुदँया भिन्तुना'
समाचारपत्र
दैनिक विस २०५३, कार्तिक २३,
जोशी हरिाम, 'नेपाल
सम्वत, वसन्तुपुर,
नेपाल भाषा लयपौ दँव ल्याः २ नेस ११२२
पृ. १ टमोट कशिनाथ, 'नेपाल सम्वतको सामान्य परिचय,' समाचारपत्र
दैनिक विस २०५३ कार्तिक २३
तमोट काशिनाथ, शंखधरकृत
नेपाल सम्वत' यल, नेपाल म48डल अनुसन्धान गुथि, नेस
११२९
नेपाल सम्वत छुं
तथ्य ख, नेपाल सम्वत राष्ट्रिय संवतखः नेस १११ न्हू
दँया भिन्तुना, नेपाल भाषा मंका खला या निर्मि हःपा, गुथि
प्रधान, भूवनलाल, 'नेपाल
सम्वतया इतिहास' स्वःनिगः न्हू र्द तँसापौ नेस ११२०/९/११ मल्ल, कमल
प्रकाश 'नेपाल सम्वतको प्रसंग', समाचारपत्र
दैनिक विस २०५३ कार्तिक २३
लमसाल
देवीप्रसाद, 'भाषा वंशावली भाग ३', काठमाडौं
सन १९६६
वज्राचार्य
चुन्दा, नेपाल सम्वतया महिना –ला), समाचारपत्र
दैनिक विस २०५३
वज्राचार्य
चुन्दा, नेपाल सम्वतयात सरकारी मान्यता जक मखु व्यवहारय
छ्यलाः वुलाया आवश्यक,” झीगु स्वनिग! ने.सं.११३२ कछला थ्व पारु पृ ५–६
वज्राचार्य छनु वल “गोपालराजवंशावली ऐतिहासिक विवेचना”
कीर्तिपुर, नेपाल
र एशियाली अनुसन्धान केन्द्र त्रि.वि.वि वि.सं.२०६४ श्रेष्ड, मणिकलाल,“नेपाल
सम्वत् व्यवहारिक पक्ष,” सन्ध्याटाइम्स दँ १ ल्याः ३४६ ज्ञवाली सुर्य
विक्रम, नेपाल सम्वत्को इतिहास समाचारपत्र दैनिक वि.सं.
२०५३ कार्तिक २३
Bajracharya & Mall, Dhanavajra
& Kamal.P. "The Gopalaraja Vamsavali" Nepal Research Center 1985.
No comments:
Post a Comment