Sunday, May 8, 2016

किरात सांस्कृतिमा उधौली र उभौली पर्व (ईश्वर किरण सुनुवार(अतीत मुखिया)


किरात सांस्कृतिमा उधौली र उभौली पर्व
ईश्वर किरण सुनुवार(अतीत मुखिया)

१.प्रारम्भिक कथन
विश्व मानचित्रमा स्यानो राष्ट्र भएरै पनि नेपाल बहुजातीय, बहुभाषिक, बहुधर्मिक तथा बहुसांस्कृतिक विशेषताले सम्पन्न राष्ट्र मानिन्छ। यही बहुलता भित्रको पनि अर्को बहुल बिशेषता हो किरात जातिका संस्कार र संस्कृति। एउटै किरात धर्म मान्ने भएरै पनि किरातमा बिविध भाषाभाषीका छन र केही फरक संस्कार भएरै पनि फेरी एउटै संस्कृति छ। यसैले नेपालका किरातहरुलाई बुझनु पर्दा बिविध समुदायमा बिभक्त एउटै सम्प्रदाय भनेर बुझनपर्ने हुन्छ। विद्वानहरुको मत अनुसार ५९ आदिवासी/जनजातिहरुमध्ये अधिकांस जातिहरु प्राचिन नेपालमा ३३ पुस्तासम्म शासन गर्ने किरात बंशका सन्तान हुन।ृज्ञे राज्यले एकल भाषा, धर्म, संस्कृति लाद्ने क्रममा कतिपय किरातहरुले आङ्खनो स्वपहिचान लुकाउन बाध्य हुन पुगेको पाइन्छ। तथापि, आदिवासी/जनजातिहरुको स्वपहिचान ९क्भाि(ष्मभलतथ० गर्ने आत्मनिर्णनयको आधारमा चार किरात कोइँच(सुनुवार), याक्खा, लिम्बु र राईहरुले मात्र आफुलाई किरात बंशको शाखा हौ भनि आङ्खनो परिचय दिदै आएकोमा, हाल आएर धिमाल, हायु, जिरेल, सुरेल तथा थामीहरुले पनि आफुलाई किरात बंश अन्तरगतका जातिका रुपमा परिचय दिनथालेको पाइन्छ र यी जातिहरु किरात बंश अन्तरगतका जातिहरु हुन पनि। यीनै अधिकांस किरातहरुले मानिआएको भूमि पुजा, चुलापुजा, इन्द्रेणीपुजा, ढोकापुजा, मूलथाम पुजा जस्ता सामाजिक संस्कारको सांस्कृतिक महत्वको रुपमा किरात चाड उधौली उभौलीमा यो कार्यपत्र केन्द्रित रहने छ।

२. किरात उभौली उधौली पर्वःबारे प्रचलित मिथक
किरात सभ्यताको सरूवात शिकारी पेसाबाट जीवन निर्वाह गर्ने अवस्थादेखिनै पूर्खा र पकृतिपूजाको परम्परा सुरु भएर  खेतीपती गर्न थालेपछि पनि प्राकृतिक तथा पूर्खापूजालाई किरातहरुले निरन्तरता दिदै आए। पञ्चमहाभूत शक्तिलाई आत्मसात गर्दै आगो पुज्नु, पानी पुज्नु, बायु पुज्नु, भूमि ढोग्नु, आकाश ढोग्नु, जस्ता बोन आचारसंहिता पालना गर्दै प्रकृतिको सम्मान गर्दै आए। अझ खेतीगर्न थाले पश्चात् किरातहरूले उध्ाौली र उभौली गरेर वर्षको २ पटक प्राकृति तथा पूर्खापुजा गर्ने एक सुनिश्चित परम्पराको थालनी गरे। सुरुमा अन्नबाली लगाउने याममा तथा आफूले लगाएको अन्नबाली पाकपेछि भित्राउँदा, नयाँ अन्न पितृहरूलाई अपर्णगररे मात्र खाने परम्परा विकास गर्दै गए। यसरी मनाइने चाड किरात समुदायहरुमा गुराँश वा आरु फुलेको याम, जुनबेला चराहरु तथा खोलाका माछाहरु उत्तरतिर लाग्छन् लाई बाली लगाउने याम मानेर अन्नबाली सप्रियोस सहकाल होस भन्ने कामना गर्दै उभौली र पैयँु फुलेको याममा जुन समय चराहरु र खोलाका माछाहरु दक्षिणतिर लाग्छन, लाई अन्नबाली भित्राउने याम मानेर नयाँ अन्नबाली प्रकृति र पूर्खालाई चढाएर सुःखसमृद्धिको कामना गर्दै उधौली पर्व मनाइन्छ। आदिम युगमा शिकारीका रुपमा परिचित किरातहरुमा शिकार नपाउदाका अवस्थामा कन्दमुल खान सिकेका र काँचो कन्दमुल खाँदा बिरामीपरी अन्नबाली लगाएर खेतीगर्न उत्प्रेरित भएको सम्वन्धमा किरात मुन्धुम/मुक्दुममा बिभिन्न मिथकहरु रहेभएको पाइन्छ। 

लिम्बू मिथक
लिम्बु मुन्धुम अनुसार काँचो कन्दमुलका कारण रोगी हुनबाट जोगिन तागेरानिङ्मा?फु माङ्को आरधना गरेर उनैका कृपाबाट अन्नका बिभिन्न बिउ बिजन प्राप्तगरी अन्नबाली लगाउन सक्षम भए पश्चात जतिजति मानिस सम्पन्न भए त्यति नै घम48डी पनि हुदैगए। अहंकारी बनेर तागेरानिङ्वा?फु माङ्लाई पूज्नै छाडे। त्यसैले मनिसलाई चेतावनी दिनका लागि तगेरानिङ्मा?फु माङ्ले खडेरी पारी दिए। जसको परिणामस्वरूप चारैतिर अनिकाल परेर हाहाकार भयो। हाहाकार मच्चिएपछि माङ्हाङ्ले समधानको उपाय पत्तालगाउन हाङ्चुम्लुङ (राजसभा) बोल्ााएर उक्त चुम्लुङमा हाङ्फेदाङ्मा (राजपुरोहि)लाई अनुरोध गरे। माङहाङको आदेश शिरोपरगरी हाङ्फेदाङ्माङले दिव्यदृष्टिद्वारा खडेरीको कारण पत्ता लगाए र माङ्हाङ् समक्ष खडेरीको कारण जाहेर गरे। अनिकाल समाधानको उपायमा बाली लगाउने बेला याक्वा माङ्घ उभौली र बाली पाकेपछि चासोक ताङ्नाम उधौली, सालना गरी तगेरानिङ्माु?फु माङ्को पूजा आरधना गरे अनिकाल हट्ने बताए। हाङ्फेदाङ्माङको यस्तो कुरा सुनेपछि माङ्हाङ्ले आफ्ना सबै जनतालाई उधैली उभौली चाडकारूपमा मानि तगरेानिङमा?फु माङ्को पुजा आरधना गर्ने आदेश दिए। त्यसै समयदेखि चासोक ताङनाम र याक्वा माङघ प्रकृति र पितृपूजाका रूपमा सालना पूजिन थालिएको हो।

याक्खा मिथक
मरेर गएका आफुभन्दा अगाडिका पूर्खाका आत्माहरुले सधैं आङ्खना सन्ततीलाई रक्षा गरिरहने बिस्वासमा आधारित याक्खा मिथकमा पनि जिवित सन्तानहरुले प्रकृति पछाडि श्रद्धापूर्बक पुज्न पर्ने शक्तिका रुपमा पूर्खाका आत्मालाई नै लिइएको पाइन्छ। माटोमा उमि्रने सबै प्रकारका अन्नबालीहरु आदिम पूर्खाहरुकै आत्मिकशक्तिका माध्यम प्राप्त भएको हुदा नयाँ पाकेका अन्न चाख्ने अधिकार सर्वप्रथम उनै पूर्खा आत्माहरुको हुन्छ। पूर्खा आत्माहरुको अपहेलना गर्नु भनेको आफैलाई कष्ट निम्ताउनु हो भन्ने मान्यता अनुसार नयाँ पाकेको पाङदुरको चोखो जाँड तथा पाकेका अन्य अन्नहरुका साथमा हुमुसा(पोलेको मासु), थुक्मुसा(पकाएको मासु) जस्ता बिविध परिकार बनाएर आदिम पूर्खाहरुदेखि लिएर तुवा, तोङमा(मरेर गएका पितापूर्खा) सबैलाई मुन्धुमि बिधिद्वारा आरधना गरेर तर्पण गरे पश्चात मात्र ती नयाँ अन्नबाली शुद्ध हुने र यस्ता शुद्ध अन्नको बिजनले मात्र आगामी बालीहरु पनि सप्रने बिस्वासमा उधौली उभौली पुजा गरिने परम्पर रहेको उल्लेख पाइन्छ। 

राई मिथक 
सुरूसुरूमा किरातहरू केवल शिकार खेलेर जीवन यापन गर्दथे। कुनै समय शिकार नपाउँदा जङ्गलका कन्दमुल खाएर पनि जिविका चलाउन थालियो। एकदिन हेत्छाकुप्पाले शिकार गरेर ल्याएको शब्दकुईया तुकतुकुर्मा (ढुकुर)को गाँडबाट विभिन्न नयाँनौला अन्नका बीउहरू निस्के। जिज्ञासावस हेत्छाकुप्पाले ती वीउ विजनलाई यसै भुइमा छरिदियो। केही समयपछि हेत्छाकुप्पाले त्यही अन्नका वीउहरूबाट बिरूवा उम्रेको देखेर अरू उत्साहित बन्दै ती बिरूवाहरूलाई स्याहार्न थाल्यो र उम्रेको नयाँ अन्न पारूहाङ तथा पितृलाई चढाएर केही प्रसादको रूपमा चाख्दा पेटको भोक मेटेर सन्तुष्टि मिल्ने ठानी अन्नबाली लगाउने परम्परा रह्यो। यसरी अन्नबाली लगाउदा एकपटक र अन्नबाली भित्राउँदा एकपटक उभौली उधौली मनाउँदा ठाउँअनुसार परम्परागत भेषमा नाक्छोङ वा होमेहरूद्वारा पहिले चुला पुजेर साकेला थानमा गै मुन्धुम अनुसार पुजाअर्चना गर्दै उधौली उभौली पर्व मनाउने प्रचलन सुरु भयो।

कोइँच मिथक
कोइँच मुक्दुम अनुसार उहिले एकासगोलका किरातहरु आङ्खनो बसाइसराईको क्रममा शिमाङगढा भन्ने स्थानमा बसेको बेला इष्टदेवदेवी अनिलासिरि तथा पार्मोसिरिको आराधना गर्न ढोल बजाएर नाचगान गर्न थाले। यस नाचगानबाट खुसी भई पार्मोसिरि (प्रकृति)ले सहको प्रतिक होमाचिरी (सुनढुकुर) उपहार दिइन्। यही होमाचिरीले किरातहरुलाई अन्नबाली लगाउन सिकायो र जता जता किरातहरु जान्थे होमाचिरिलाई पनि साथै लाने गर्दथे। पछि बनेपाबाट भाइछुट्टिने बखत होमाचिरी कसले लाने भन्ने कुरामा झगडा पर्‍यो। यसरी झगडा परेको देखेर सहको प्रतिक होमाचिरि उडेर बेपत्ता भयो। उही होमाचिरीको खोजीमा हिँडदाहिँडदै बाँकि अरु भाइहरु पनि छुट्टिन पुगे र आआफ्नो थाँतथलोमा परम्परा अनुसार बाली लगाउने बेला र अन्नबाली भित्राउने बेला किरात चाड उभौली उधौली मनाए। कोइँचहरूले भने लिकु, खिमकु, ङाकु, मोलुङ वरीपरी आफ्नो इष्टदेवी पार्मोसिरि र पूर्खाको पूजा आराधनाको रूपमा सालिवा शाँदर (उभौली) र रापवा शाँदर (उधौली)का रुपमा सालिन्दा दुई पटक शाँदार पिदार गर्न थाले।ृछे
(उपरोक्त मिथकहरुका अलवा अन्य किरात समुदायहरुमा रहेभएका मिथकहरुको पनि खोज अनुसन्धान हुन आवश्य देखिन्छ।)

२.ऋतुका आधारमा उधौली उभौली 
प्राचिनकालमा किरातहरुका लागि प्रकृति नै पात्रो भएको पुष्टि हुन आउछ। प्रकृतिमा फुल्ने फूल, रुखलहरामा फल्ने फल र चरा, माछाहरुका बसाइसराईका आधारमा मौसम र यामको बिभाजन गरेर उपयुक्त याममा यपुक्त किसिमले प्रकृतिको वा पित्री पूर्खाहरुको पुजा आरधना गर्ने प्रचलनको बिकाश गरिएको पाइन्छ। किरातहरु बनस्पति जगतका खास खास फूल फूल्ने यामका माध्यम खास खास अन्नबाली लगाउनु पर्ने संकेत बुज्दथे। स्थान विषेश फुल्ने गुराँश, आरु, सिरिश, टोटला, चिउरी, चाँप, चिमाल अदि फूल फुल्ने समय अनुकूल खेतीको याम सुरु भएको मानेर हाल चलनचल्तिको पात्रो अनुसार फाल्गुन महिनादेखि भदौसम्मको मध्य अवधि बैशाक पूर्णिमा देखि पञ्चमी सम्म पाँचदेखि सात दिनसम्म उभौली पर्वको प्रचलन चलाएको पाइन्छ। यस्तै जब जब चराहरु लेकबाट बेसितिर लाग्छन, खोलाका माछाहरु उत्तरबाट दक्षिणतिर झर्नथाल्छन एवं पैयुँ वा पैयँु प्रजातिका फूलहरु फुल्न थाल्छन तव आफुले लगाएको अन्नबाली भित्राउने याम ठानेर मंसिर पूर्णिमामा चोखो अन्नबाली प्रकृति तथा पूर्खाहरुलाई चढाउने क्रममा उभौली पर्वको प्रचलन चलाएको पाइन्छ।

उभौली उधौली पर्वका अतिरिक्त पूर्खाहरुले कन्दमुल खाएर जीविका गरेको स्मृतिमा कन्दमुलमात्र खाएर मनाइने पर्वकारुपमा हाल चलनचल्तिको पात्रो अनुसार माधेसक्रान्तिमा आजपनि किरातहरु काँचो बनतरुलको टिका लगाउदै सबेरै काँचो बनतरुल चपाएपछि मात्र अन्य उसिनेका वा भुटेर तारेका कन्दमुल भोजनका रुपमा ग्रहण गर्ने गर्दछन्। भीरमौरी काढ्ने उभौली र उधौली यामको मह सेवन गर्ने रिति, साउन भदौ विच पर्ने गेडागुडीमात्र आहार गर्ने क्वाँटि पूर्णिमाको याम, उत्तरको शीतकालिन जाडो छल्न कर्‍याङकुरुङ दक्षिण लाग्दा इन्द्रेणी पुज्दै काक्रा फर्सि रोप्ने याम, अम्लिसो फुल्दा चुला तथा मूलथाम पुज्ने याम आदि पर्वहरुले यही पुष्टि गर्दछ कि किरातहरुले हाल चलनचल्तिको पात्रो अवलम्बन गर्न अगाडी प्रकृतिमा उम्रने बनस्पति जगतका बोटविरुवाका फुल्ने फल्ने यामका आधारमा आवश्यक ऋतु निर्धरण गरि निर्धारित ऋतु याम अनुसारका संस्कार संस्कृति अवलम्वन गर्ने गर्दथे जस्को ज्वलन्त उधारण हो उभौली उधौली पर्व। 

३.भाषिक आधारमा उधौली उभौली
अधिकांस किरातहरुले उधौली उभौलीलाई आङ्खनो मातृभाषाको सम्बोधन बिर्सेर भूमेपुजाका रुपमा लिएको भएता पनि केही किरात समुदायमा भने उधौली उभौलीको आङ्खनै भाषामा छुट्टै नामबाट सम्बोधन गरिएको पाइन्छ। किरात याक्खा भाषामा उधौलीलाई चासुवा भनिएको पाइन्छ। याक्खा भाषामा चो को अर्थ खा र ऊवा को अर्थ झोल भन्ने हुन्छ। यसैले चासुवा शव्दको चो177ऊवारुचोउवा अर्थाथ झोल तथा चोखो खानेकुरा पूर्खाहरुलाई चढाएर मात्र नयाँ अन्नबाली खाने मान्यता अनुसार नै अपभ्रंशित रुप चासुवा भनिएको अनुमान गर्न सकिन्छ।ृटे लिम्बु भाषामा चासोकको शाब्दिक अर्थ खाद्य, चासोःक् थिसोःक् भन्नाले जाँडपानी तथा खानेकुरा हुदै चासोःक् थिसोःक् फिन्देम्मे भन्नाले अन्न तथा जाँडपानी चढाउ भन्ने हुन्छ।ृठे यसरी नै कोइँच किरात भाषामा सम्बोधन गरिने शाँदर शब्दलाई अर्थाउन आदार र पिदार दुई शव्दलाई पनि जोडेर बुझनुपर्ने हुन्छ। आदाररुकामना गर्नु र पिदाररुचढाउनु भन्ने हुन्छ अर्थाथ कुनै पनि चोखो खाने पिउने कुरा चढाएर कामना गरिने कार्यलाई समग्रमा शाँदर भनिएको पाइन्छ। यीनै बिविध भाषिक तथ्यलाई आधार मान्दा, अन्य किरात समुदायमा पित्री तथा प्रकृति पुजालाई गरिने सम्बोधन साकेला, साकेन्वा, साकेवा, तोशी, बाश, भूमे जस्ता शव्दहरुले पनि यस्तै शाब्दिक अर्थ बोकेको हुनसक्ने संभावनालाई नकार्न सकिन्न र यो पनि एक खोजकै विषय भएको देखिन्छ। 

४.संस्कार अनेक सांस्कृति एक
सम्पूर्ण किरातहरुले उधौली उभौली पर्वको पूजा एउटै समय एकैदिन पूज्नु 217 कोइँचले सालिवा शाँदर र रापवा शाँदर भनेझैं लिम्बूले याक्वा माङ्घ र चासोक ताङ्नाम, याक्खाले चासुवा, बान्तावले साकेेवा, चामलिङले साकेेला, थुलुङलेे तोषी, कोयुले साकेला, खालिङले वास आदि भनिनु आदि सहकाल, सौम्य प्रकृति तथा वातावरण सन्तुलन एवम् सुस्वास्थ्यको कामना गरिनु217 अधिकांस किरात समुदायले यो पूजा गर्दा ढोल 137याम्टा बादनको प्रयोग गरिनु 217 ढोल नाचमा चरा, दुम्सी जस्ता पशुपंक्षीको स्वभावको अनुकरण गरिनु 217 सबै किरात समुदायमा यो पूजामा प्रकृति र पितृ दुवैलाई पूजिनु 217 हेत्छाकुप्पा शब्दकुइँया, तुक्तुकुरमा र होमाचिरीको मिथकीय सन्दर्भ मिल्नु 217 कुलपुजारीलाई कोइँच भाषामा नाअ्सो, बाहिङले नोक्सो, थुलुङले नोक्चो, कुलुङले नाक्च्छो, बम्वुलेले नाक्सो, जेरोले नाक्सु, हायुले नाक्सो, तथा जिरेल नाक्सुम र सुरेलले नाक्सो अदि भनिनु . तथा मुन्धुमी/मग्दुमी व्यक्तिलाई ग्याँमि, पोइँबो, फोम्बो, फेदङवा, बोन्बो आदि भनिनु जस्ता सार्न्दभिक सन्दर्भहरूले प्राचीन किरात संस्कृति एउटै भएको प्रमाणित गर्दछ।

भाषिक आधारमा आकलन गरिएको महाकिरात जाहा बोलिने भाषा टिबेटो बर्मन (कामरुपीय, क्वीन्जिक, कचिनिय, लोलोबर्मेली, युन्नान, करेनिय आदि) भाषा बोलिने भूभाग अन्तरगत हिमालयज उपशाखाको पनि एक प्रशाखाकारुपमा रहेको किरात भाषा अन्तरगत पश्चिमी केन्द्रिय तथा पूर्विय भाषा बोलिने बृहत किरात (जो नेपालभित्र पर्दछ)लाई वल्लो, माझ र पल्लो किरातका रुपमा बिभाजन गरिएको पाइन्छ। मल्लकालिन ऐतिहासिक कालख48डदेखिकै अस्तित्वमा आएको किरात क्षेत्र साँगा भञ्ज्याङदेखि दुधकोशी सम्म वल्लोकिरात, दुधकोशीदेखि अरुणसम्म माझकिरात र अरुणदेखि मेचीसम्म  पल्लोकिरात समेतकाका समुच्चा किरातहरुलाई संस्कार संस्कृतिको आधारमा एउटै सुत्रमा बाधने पर्वः हो उधौली उभौली जस्लाई मिति २०५८ साल चैत्र २६ गतेदेखि तत्कालिन सरकारले किरात चाड उधौलीका रुपमा मंसिर पूर्णिमालाई समेत मान्यता दिएर राजपत्र मार्फत सार्वजनिक बिदाको घोषणा गरेको थियो। देशमा शान्ति, सुशासन, सहकाल तथा सुखसमृद्धिको कामना गर्दै भरखरै सम्पन्न गरिएको उभौली पर्व पनि आआङ्खनै संस्कार परम्परा अनुसार देशभरका किरातहरुले हालसालै भव्यरुपले मनाएर आङ्खनो संस्कार संस्कृतिलाई निरन्तरता दिएका छन्। केवल स्वदेशमा मात्र नभै बिदेश बेलायत, अमेरिका, हङकङ, दक्षिण कोरिया, कतार, सिक्किममा रहेका किरातहरुले पनि यो उत्सव भव्यताका साथ मनाएका छन्। 

----------    -------------   --------
सन्दर्भ श्रोत
इमानसिंह चेम्जोङ, किरात मुन्धुम (किरात बेद) तेश्रो संस्करण, प्रकाशकः  किरात याक्थुङ चुम्लुङ केन्द्रिय कार्यालय, ललितपुर, २०५९
ईश्वर किरण सुनुवार(अतीत मुखिया)पारम्परागत कोइँच कानून, प्रकाशकः  दालमान अक्षय कोष, २०६५
ईश्वर किरण सुनुवार(अतीत मुखिया)कोइँच महान चाड शाँदर पिदार एक अदेखा मुक्दुमि सत्य प्रकाशकः  चुप्लु समाज, २०६७
किरात चाडः चासुवा, शाँदर, चासोक ताङ्नाम र उधौली साकेला एक परिचय, किरात याक्थुङ चुम्लुङ, जनबकालत कार्यक्रमका लागि यम. यस. नेपालको सहयोगमा प्रकाशित
प्रविण पुमा, हेन्खामानिनाम्मा किराती मिथक संग्रह, इ.स.१९९७
निराजन बतास, खोक्चिलिपा, ओल्लो,माझ र पल्लो किरातका किराती मिथक संगालो, प्रकाशकः किरातविज्ञान अध्ययन संस्थान २०६७
लिम्बुनेपालीअङ्गे्रजी शव्दकोश, नेपाल प्रज्ञाप्रतिष्ठान,२०६७
लालश्याँकारेलु रापचा समेत, इन्डोनेपाल किराँती भाषाहरु, बिगत, समकालीन परिवेश र भोलिका चुनौतीहरु, प्रकाशकः किरात विज्ञान अध्ययन संस्था, २०६५
कोइँचबु काःअ्तिच (उत्तम) , बाअ्शो दाइशो थामा लोः प्रकाशक चुप्लु समाज, २०६५
नव समन्वय द्वैमासिक, किरात पर्व, बर्ष १, अङ्क २, २०६५/२०६६  

--------------------------------------------------------
Foot/End note
[1] किरात चाडः चासुवा, शाँदर, चासोक ताङनाम, र उधौली साकेला एक परिचय, पृष्टभूमि पृष्ट ४
[2]   ईश्वर किरण सुनुवार(अतीत मुखिया)कोइँच महान चाड शाँदर पिदार एक अदेखा मुक्दुमि सत्य पृ.१२१
[3] (स्व. दुर्गाहाङ याक्खा राईको भनाईका आधारमा )
[4]  ईश्वर किरण सुनुवार(अतीत मुखिया)कोइँच महान चाड शाँदर पिदार एक अदेखा मुक्दुमि सत्य पृ.१२२
[5]  ईश्वर किरण सुनुवार(अतीत मुखिया)कोइँच महान चाड शाँदर पिदार एक अदेखा मुक्दुमि सत्य पृ.१२२१२४ 
[6]   किरात चाडः चासुवा, शाँदर, चासोक ताङनाम, र उधौली साकेला एक परिचय, पृष्टभूमि पृष्ट ६
[7]    लिम्बुनेपालीअङ्ग्रेजी शव्दकोष पृष्ट १२८


No comments:

Post a Comment