लिच्छविकालमा चलेका संवत्
प्रा.दिनेश पन्त
लिच्छविकालका करीब सबा
दुइ शय अभिलेख पाइएका छन्। ती अभिलेख शतस्थानीबाट शुरु भएका र दशस्थानीबाट शुरु भएका
गरी दुइ थरी संवत्को प्रयोग भएको छ। भगवानलाल इन्द्रजीले लिच्छविकालका १५ वटा अभिलेख
छाप्दा शतस्थानीबाट शुरु भएका संवत्लाई विक्रमसंवत् र दशस्थानीबाट शुरु भएका संवतलाई
वि.सं. ६३३ देखि चलेको भएका संवतलाई पहिलो संवत् र दशस्थानीबाट शुरु भएका संवत्लाई
पहिलो संवत् र दशस्थानीबाट शुरु भएका संवत्लाई दोस्रो संवत् भन्ने चलन छ। जोन फेथफुल
फ्लोरले पहिलो संवतलाई वि.सं. ३७६ देखि चलेको गुप्रसंवत् र दोस्रो संवतलाई वि.सं. ६६२
देखि चलेको संवत् भनी निर्णय गरे। सिल्माँ लेमीले पहिलो संवत्लाई वि.सं. १६७ देखि चलेको
लिच्छविसंवत् र दोस्रो संवत्लाई वि.सं. ६५२ देखि चलेको संवत् भनी निर्णय गरे। सिल्भाँ
लेमीले पहिलो संवतलाई वि.सं. १६७ देखि चलेको लिच्छविसंवत् र दोस्रो संवत्लाई वि.सं.
६५२ देखि चलेको भोटेसंवत् भनी आफ्नो निर्णय प्रकाश गरे। के.जी. शङ्करले पहिलो संवत्लाई
वि.सं. ९१ देखि चलेको संवत् र दोस्रो संवतलाई वि.सं. ५९५ देखि चलेको यशोधर्मसंवत् भनी
निर्णय गरे। रमेशचन्द्र मजूमदारले दोस्रो संवत्लाई वि.सं. ५९५ देखि चलेको भनी निर्णय
गरे। बालचन्द्र शर्माले दोस्रो संवत्लाई वि.सं. ६२८ देखि चलेको ठकुरी संवत् भनी निर्णय
गरे। दितनारायण झाले दोस्रो संवत्लाई वि.सं. ६३१ देखि चलेको अंशुवर्मासंवत् भनी निर्णय
गरे। शङ्गरमान राजवंशीले पहिलो संवत्लाई वि.सं. ११३ देखि चलेको लिच्छिविसंवत् र दोस्रो
संवत्लाई वि.सं. ६०९ देखि चलेको अंशुवर्मसंवत भनी आफ्नो निणय प्रकार गरे। श्यामसुन्दर
राजवंशीले लिच्छविकालमा दुइ थरी संवत् चलेका थिएनन् एकै थरी संवत् चलेको थियो, त्यो संवत् वि.सं. १३३
देखि चलेको हो भनी आफ्नो निर्णय प्रकाशमा ल्याए।
श्री ३ महाराज भीमशेरलाई
तन्त्र विषयमा खूब रुचि थियो र उनले तन्त्र विषयका धेरै पुस्तक सङ्गड गरेका थिए। त्यसै
प्रसङ्गमा समुतितन्त्र नामक पुस्तक पनि उनको सङ्गतमा आयो। आफ्नो सङ्गतमा रहेका धेरै
पुस्तक वीर पुस्तकालयमा दिने प्रसङ्गमा ज्यौतिष विषयको पुस्कत समुतितन्त्र पनि भीमशमशेरबाट
वीरपुस्तकालयमा आयो। त्यसमा संवत्सम्बन्धी चर्चा पनि भएकोले त्यस वेलाका विद्वान् हेमराज शर्मा, बाबुराम आचार्य र नयराज
पन्तद्धारा लिच्छविसंवत्को निर्णयको प्रसङ्गमा त्यसको चर्चा हुन थाल्यो।
समुतितन्त्रका अहिलेसम्म
२ प्रति पाइएका छन्। तिनमा पहिलो वि.सं. १४१२ मा सारिएको समुतितन्त्र ब्रिटिश म्यूजियम
(डाल ब्रिटिश लाइब्रेरी) मा छ, दोस्रो वि.सं. १४३१ मा सारिएको राष्ट्रिय अभिलेखालयमा (श्री ३ भीमशमशेरबाट वीरपुस्तकालयमा
आएको) छ। त्यहाँ संवत्को बारेमा यस्तो लेखिएको छ।
भविष्य संप्रवस्यामि कलिक्ञ्च
याथाक्रम।
जतो दुर्योधनो राजा कलिसन्धयं
प्रवर्त्तते।
युधिष्ठिरो महाराज दुर्योधनस्तयोपि
वा।।
उभौ राजै सडस्रे द्धे वर्षन्तु
सम्प्रवर्तति।
नन्दराज्य शताषञ्च चन्द्रगुप्रस्ततोपरे।।
राज्यङ्करोति तेनापि द्धात्रिशच्चायिक
शत।
राजा शूद्रकदेवक्च वर्ष
सप्राब्धि चाश्विनौ।।
श्कराजा ततो पक्चाद् वसुरन्ध्रकृतन्तथा।।
इतयेते भाषितम्मइच ज्ञेया
राजा क्रमेन तु।।
सेषा युताक्च कृतअम्बराग्नि
३०५ श्रीमानदेवाब्द प्रयुज्यमाना
एतानि पिण्ड कलिवर्षमाड।।
पछि आउने कलिकाललाई क्रमपूर्वक
बताउँछु। दुर्यौधन राजा भएपछि कलियुग लाग्नेछ। राजा युधिष्ठिर र राजा दुर्योधनको संवत्
२००० वर्षसम्म चल्नेछ। त्यसपछि ८०० वर्षसम्म राजा नन्दको संवत् चल्नेछ। त्यसपछि १३२
वर्ष सम्म राजा चन्द्रगुप्तको संवत् चल्नेछ। त्यसपछि २४७ वर्षसम्म राजा शुडकदेवको संवत्
चल्नेछ। त्यसपछि ४९८ वर्षसम्म शक राजाको संवत् चल्नेछ। राजाडरुका यी संवत् बताइए। त्यसपछि
३०४ वर्षसम्म राजा मानदेवको संवत् चल्नेछ। कालिकाल देखि बितेका वर्ष ल्याउनुपर्छ।
यताबाट २००० 177 ८०० 177 १३२ 177 २४७ 177 ४९८ 214 ३६७७ कलिगतवर्ष वितेपछि
मानदेवसंवत् शुरु हुन्छ भन्ने देखिन्छ। कलिगतसंवत् ३०४४ मा विक्रमसंवत शुरु हुने हुनाले ३७७–३०४४ 214 ६३३ विक्रमसंवत्मा मानदेवसंवत् शुरु हुने कुरा यताबाट
स्पष्ट हुन्छ।
यो प्रमाण प्राप्त भएपछि
माथि उल्लिखित नेपाली विद्वानहरुले लिच्छविकालमा चलेको पहिलो संवत् वि.सं. १३५ देखि
चलेको शकसंवत् र दोस्रो संवत् विं.सं. ६३३ देखि चलेको मानदेवसंवत् हो भन्ने निर्णय
गरेर त्यसैको आधारमा लिच्छविकालको कालनिर्धारण हुन थाल्यो। समुतितन्त्रको वाक्यको आधारमा
गणना गर्दा गणना मिल्न आयो,
ऐतिहासिक दृष्टिबाट पनि त्यो ठीक ठहरिन आयो र यसको प्रयोग हुन थाल्यो।
विभिन्न विद्वान्हरुले
लिच्छविकालमा चलेका भनीकल्पना गरेका संवत्मा कवि संवत् कहिले पनि चलेको नदेखिनु, कति संवत् गणनाको दृष्टिले
मिले पनि ऐतिहासिक दृष्टिले नमिल्नु, कति संवत् ऐतिहासिक दृष्टिले ठीक ठहरिए पनि गणनाको दृष्टिले
नमिल्नु, कति संवत् ऐतिहासिक दृष्टिले
ठीक ठहरिए पनि गणनाको दृष्टिले नमिल्नु, कतिसंवत् गणना तथा इतिहास दुवैको दृष्टिबाट नमिल्नले अमान्य
ठहरिए।
शकसंवत् त प्रसिद्ध नै
छ र अहिलेसम्म पनि व्यवहारमा त्यसको प्रयोग भइरहेको छ। मानदेवसंवत् भने अहिले प्रयोगमा
छैन। यस कारण मानदेवसंवत्को चर्चा अन्यत्र कहाँ–कहाँ पाइन्छ भन्ने विषयमा अब केही लेखिन्छ।
भोटका स–सक्य–पान–चेन (वि.सं. १२३९–१३०८) ले वि.सं. ६३३ देखि नेपालमा नयाँ संवत् चल्यो भन्ने परम्परा छ भनी लेखेका
छन्।
वि.सं. १७१२ मा सारिएको
पारिजातहरिवंशमा यस्तो लेखिएको छ इति श्रीमहाभारते शातसातस्यां वैयाशिक्या संहितायां
रिवलेषुहरिवंशे पारिजातहरिवंशः समाप्रः संपू48र्णः।।
संवत् नेपालिक ७७५ जैष्टमासे
शुक्लपसे पू48र्णमास्यां तिथौ शुक्रवसरे
थ्वकु रामनन्देन लिखित सम्पूर्ण दिनं।। शुक्लयोगे।। शुभमस्तु।। जेष्ठ नक्षत्र।।।।।।
ऋथ श्रीकलिराजवर्ष ४७५६।।....
अथ।। श्रीविक्रमाब्द।।१७१२।।....अथ श्रीशकरराजवर्ष।। १५७।।....अथ श्रीमानदेवराजवर्ष।।१०७९।।....
अथ।। स्वस्ति श्रीमतनेपालिक।। श्रेयोस्तु।। सम्वत् ७७५।।
व्यासले बनाएको एक लाख
ग्रन्थ भएको महाभारतमा खिल (परिशिष्ट) हरिवंशमा पारिजातहरिवंश सकियो।
श्री नेपालसंवत् ७७५ श्रीकलिराजवर्ष
४७५७ श्री विक्रमसंवत् १७१२ श्रीशकराजवर्ष १५७७ श्रीमानदेवराजवर्ष १०७९ ज्येष्ठशुक्ल
पूर्णिमा शुक्रवार शुक्लयोग ज्येष्ठानसत्र यस दिन सम्पूर्ण पुस्तक रामानन्दले सारिसिद्धचाए।
कल्याण होस्।
यहाँ विक्रमसंवत् १७१२
मानदेवसंवत् १०७९ दिइएको छ। १७१२–१०७९ 214 ६३३। यताबाट वि.सं. ६३३
देखि मानदेवसंवत् चल्यो भन्ने कुरा वि.सं. १७१२ सम्म प्रसिद्ध थियो भन्ने स्पष्ट हुन्छ।
वि.सं. १७३८ मा सारिएको
जातकज्यामा यस्तो लेखिएको छ। सम्वत् ८०२ पौषशुक्ल।। सप्रम्यानिथौ पूर्व्वभादनक्षत्रे
सुधियोगे बुधदिने थ्व कुटु जातकज्या सम्पूर्ण लिखितं लगणमा दैवज्ञ किर्तिमार भारोन
संम्पूर्ण माङ चोया दिन जुरो।।।। शुभमस्तु सर्व्वदा कल्याणमस्तु।।।। शुभ।।
वर्ष ३९८१ थे नेपाल सम्वत्सरण
तङाव कलिगतवर्ष धाय।।... ९३७ थे नेपालसंवत्सरण तङाव कलिगतवर्ष धाय।।.... ९३७ थे नेपालसंवत्सरण
तङाव विक्रमदित्यवर्ष धाय।। ८०२ थे नपालसंवत्सरण तङाव शकराजवर्ष धाय।। ..... ३०४ थे
नेपालसंवत्सरण तङाव मानदेवब्दवर्ष धाय।।...
ने.सं. ८०२ (वि.सं. १७३८)
पौषशुक्ल सपृमि पूर्व भाद्रनक्षत्र सिद्धियोग बुधबार यस दिन जातकज्या पूरा लेखियो।
लगनका ज्योतिषी कीर्तिमार भारोले पूरा गरेर लेखेको दिन भयो। शुभ होओस्, सधैं कल्याण होओस्। शुभ।
वर्ष ३९१८ यति नेपालसंवत्सरमा
थपेर कगितवर्ष भन्नू।
९३७ यति नेपालसंवत्सरमा
थपेर विक्रमादित्सवर्ष भन्नू। ८०२ यति नेपालसंवत्सरमा थपेर शकराजवर्ष भन्नू। ३०४ यति
नेपालसंवत्सरमा थपेर मानदेव्दवर्ष भन्नू।
इताबाट वि.सं. १७३८ सम्म
पनि वि.सं. ६३३ देखि मानदेवसंवत् चलेको कुरा पसिद्ध थियो भन्ने स्पष्ट हुन्छ।
वीरपुस्तकालयमा रहेको एउटा
ठ्यासफुमा यस्तो लेखिएको छ।
श्रीयुधिष्ठिरराजवर्ष।।
२०००।।
श्रीनवनन्दराजवर्ष।। ८००।।
श्रीमानदेवराजवर्ष।।३०४।।
श्रीसददेवराजवर्ष।।२४७।।
श्रीचनुगुप्तराजवर्ष।।१३२।।
श्री वीरविक्रमत्यिराजवर्ष।।९३७।।
ध्वति ल्याषस सम्वत्सरस
तन्य जुरो।।।।
श्री शकराजवर्ष।।८०२।।
श्री विक्रमदित्यवर्ष ९३७।।
श्रीयुधिष्ठिराजवर्ष २०००, श्रीनवनन्दराजवर्ष ८००, श्रीमानदेवराजवर्ष ३०४, श्रीयुधिष्ठिराजवर्ष २४७, श्रीचन्द्रगुप्तराजवर्ष
१३२, श्रीवीरविक्रम दित्यराजवर्ष
९३७ र श्रीशकराजवर्ष ८०२ यति अङ्क संवत्सर नेपाल संवत्) मा थप्नुपर्छ।
माथिका यी कुराबाट लिच्छविकालमा
चलेका दुइ संवत् क्रमशः वि.सं. १३५ देखि चलेका शकसंवत र वि.सं. ६३३ देखि चलेको मानदेवसंवत्
हो भन्ने स्पष्ट हुन्छ। आजको यस विशिष्ट विद्वान्हरुको भेलाबाट यसमा थप प्रमाण जुट्नेछ
र यो अझ प्रमाणिक ठहरिनेछ भन्दै आफ्नो कार्यपत्र यहीँ टुङग्याउने अनुमति चाहन्छु।
यो कार्यप तयार गर्दा उपयोग
गरिएका पुस्तक र निवन्ध
काशीप्रसाद जायसवाट – क्रोनल्अजि यान्ड् डिसटरि
अफु नेपाल फ्रम ६०० बी.सी. टु ८८० ए.डी. (वि.पू.
५४२ देखि वि.सं. ९३७ सम्मको नेपाको कालनिर्णय
र इतिहास) एम.एन. वर्मन यान्ड कम्पनी परना, वि.सं. १९९४
के.जी. शङ्कर –दि अर्लि क्रोनलअजि अप नेपाल (नेपालको प्राचीन कालनिर्णय), दि इनडिअन् हिसटरइकल क्वरटरलि
–भारतिय इतिहाससम्बन्धी त्रैमासिक पत्रिका) ११ भाग २ अङ्कका ३०४–३१२ प. कलकत्ता ओरिक्टल प्रेस कलकत्ता, वि.सं. १९९२
दिनेशाराज पन्त – मानदेवसंवत् पूर्णिमा ३६५ पूर्णाङ्कका २६९ २७३ प., संशोधन–म48डल काठमाडौं, वि.सं. २०३४
दिनेशराज पन्त – अंशुवर्माहरुले प्रयोग गरेको संवत्को विषयमा नेप्लिज कल्चर र
नेपाली संस्कृति १ वर्षको नेपाली ख48डका १ –१० प., त्रिभुवन विश्वविद्यालय नेपाली इतिहास संस्कृति तथा पुरातत्वशिक्षणसमिति
काठमाडौं, वि.सं. २०३६
दिनेशराज पन्त –नेपालको इतिहासका केही पाना, साझा–प्रकाशन काठमाडौं, वि.सं. २०३८
दिनेशराज पन्त – लिच्छविकालमा चलेका संवत्, पु48यबहादुर श्रेष्ठ काठमाडौ, वि.सं. २०३८
दिनेशराज पन्त – बुद्धदेखि पडलमानसम्म, साझाप्रकाशन, वि.सं. २०४९
दिनेशराज पन्त – मानदेवसंवत्को विषयमा थप प्रकाश, ऋतम्भरा ७ वर्ष १० अङ्कका
१९७–२०२ प., महेन्द्रसंस्कृत विश्वविद्यालय अनुसन्धानकेन्द्र
काठमाडौँ, वि.सं. २०६१
ध्नवज्र बज्राचार्य – लिच्छविकालका अभिलेख, त्रिभुवन विश्वविद्यालय नेपाल र एशियाली अध्ययन संस्थान काठमाडौँ, वि.सं. २०३०
नवराज पन्त, देवीप्रसाद भण्डारी, दिनेशराज पन्त (सम्पादक)
– स्रमतितन्त्रम् (सुमतितन्त्र), त्रिभुवन विश्वविद्यालय
पाठ्यक्रम विकास केन्द्र काठमाडौं, वि.सं. २०३५
नवराज पन्त, देवीप्रसाद भण्डारी, केशव चन्द्र न्यौपाने – लिच्छविसंवत्को निर्णय, नेपाल राजकीय प्रज्ञाप्रतिष्ठान
काठमाडौं, वि.सं. २०४३
नवराज पन्त, देवीप्रसाद भण्डारी, दिनेशराज पन्त – स्रमतितन्त्रबाट नेपालको
इतिहासमा पर्न सक्ने प्रकाश, मर्यादा १३ पूर्णाङ्कका ८–४१ प्र., त्रिभुवन विश्वविद्यालय संस्कृत अध्ययन संस्थान बाल्मीकि क्याम्पस
काठमाडौं, वि.सं. २०३४
नवराज पन्त (सहायक) देवीप्रसाद
भण्डारी, दिनेश राज पन्त – स्रमतितन्त्रस्य मूलपाठः
प्रतिसंस्कृतरुपंच ( सुमतितन्त्रको मूलपाठ र प्रतिसंस्कृत रुप), पूर्णिमा १०५ पूर्णाङ्कका
५–१७ प्र., वि.सं. २०६०
बालचन्द्र शर्मा – नेपालको ऐतिहासिक रुप–रेखा, दोस्रो संस्करण, कृष्णकुमारीदेवी काशी, वि.सं. २०२२
भगवानटाट इन्द्रजी, जर्ज बूलर – इन्स्क्रिप्रान्ज फ्रम
नेपाल (नेपालका अभिलेख),
दि इन्डिअन् मान्टिक्वटि (भारतिय प्रत्नतत्व) ९ भागका १६३–१९४ प्र., बम्बई, वि.सं. १९३७
महेशराज पन्त – वि.सं. ६३३ देखि नेपालमा
नयाँ संवत् चलेको थियो भन्ने कुराको एउटा थप प्रमाण, पूर्णिमा ८१ पूर्णाङ्क ६३– ६९प., वि.सं.२०४९
रमेशचन्द्र मजूमदार – द क्रोनल्अजि अफ् दि अट्टि
किङ्ज् अफ नेपाल (नेपालका प्राचीन राजाहरुको कालनिर्णम), बी.सी. ल भल्यूम् (विमत चरण लादाको सम्मानमा निस्केको पुस्तक)
१ भागका ६२६–६४१प., दि इन्डिअन रिसर्च इन्स्टिच्युट कलकत्ता, वि.सं. २००२
लूछ्याटो पेटेक – द क्रोनल्अजि अफ् दि अर्टि
इन्स्क्रिएशन्ज् अफ् नेपाल (नेपालका प्राचीन अभिलेखहरुको कालनिर्णय), ईस्ट् यान्ड् वेस्ट (पूर्व र पश्चिम) १ भाग ४ अङ्कका २२७–२३२ प., इस्तितुतो इताटियानो पेर इल मेडिओ एड एस्त्रमो ओरियेन्ते रोम, वि.सं. २०१८
शङ्करमान राजवंशी – वि.सं. ६३३ देखि मानदेव
संवत् चलेको भन्ने आधार खोज्दै जादा भटिएको इतिसिद्ध कुरा, प्रचीन नेपाल १५४ सङ्ख्याका ५४–६ प., श्री ५ को सरकार संस्कृति
पर्यटन तथा नागरिक उड्डयान मन्त्रालय पुरातात्वविभाग काठमाडौं, वि.सं. २०६०
सिल्भाँ लेभी – ले नेपाल् एजूईद ईस्त्वरीक
द अनु वायोम् एइ (हिन्दू अधिराज्य नेपालको इतिहासको परिशीटन) २ भाग, एर्नेस्ट टोल पेरिस, वि.सं. १९६२
दितनारायण झा – द लिच्छविज्(लिच्छविदस्)
चौखम्बा संस्कृत सिरिज अफिस काशी, वि.सं.२०२७।
No comments:
Post a Comment