नेपाली सामाजिक संस्कारहरूमा तिथिमितिको महत्व
प्रस्तुतकर्ताः प्रा. प्रेमकुमार खत्री,
पी.एच.डी.
email:
premk.khatry@gmail.com
१ प्रस्तावना
यस
लेखको शीर्षकमा 'तिथिमिति'
लाई अनुप्रासका
हिसाबले राखिए पनि लेखको मर्म र लेखकमो उद्देश्यचाहिँ संस्कारमा तिथिको स्थान र
महत्व चर्चा गर्नु नै रहेको छ।
पूर्वीय
दर्शनहरू, तिनका
सहयात्रीका रुपमा रहेका विविध धार्मिक मतहरू र तिनकै आड र सिञ्चनमा विकसित नेपालको
आर्य हिन्दु संस्कृतिमा तिथिको ठूलो महत्व रहिआएको छ। यो महत्व हाम्रा जनजीवन,
दैनिक, सामाजिक र विशेष अवसर–पर्वहरूमा आयोजना गरिने संस्कार आदि
अनुष्ठान–कार्यक्रमहरूमा
झल्किन्छ।
शास्त्रीय
र पौराणिक साहित्य एवम् संस्कारकै जगमा हाम्रा संस्कार–पर्व, उत्सव, रीति–परम्परा विकसित भए। यसका साथै बौद्ध
दर्शन, तन्त्र,
कर्मका48डका जगमा बौद्ध संस्कृतिको विकास भयो।
तेस्रो र सशक्त धारमा हामी विभिन्न स्थानीय तहका धार्मिक आस्था, विश्वास र प्रचलन–रीतिहरू भएका जाति–जनजाति समूह पाउँछौँ। यी विविध
संस्कृतिलाई जन्माई तिनको जगेर्ना गरी तिनबाटै निरन्तर अनुप्राणित रहने विभिन्न र
विशिष्ट सामाजिक–सांस्कृतिक
परिचय भएका, हिमालयदेखि
पहाड, उपत्यका
र तराईसम्म फैलिएर बसेका, हालको परिचयमा 'आदिवासी,' 'जनजाति', दलित तथा अन्य नामले समेत चिनिने
समूहहरू छन्। यी नेपालका विशिष्ट पहिचान हुन्।
विशुद्ध
धार्मिक अर्थात् आस्थाका दृष्टिले हेर्दा पनि हिन्दु–बौद्धका अतिरिक्त किरात, ईस्लाम, ईसाई, मूल चारका अतिरिक्त जैन–शिख, बहाई लगायत विविध मतका
अनुयायीहरूसमेतको समष्टि नै नेपाली जाति र तिनको जीवनपद्धति नेपाली संस्कृतिको
समष्टि हो।
यस
समष्टिमा यहाँ उल्लेख गरिएबाहेक अन्य जाति, संस्कृति र परम्पराहरू पनि यो भौगोलिक–सामाजिक–सांस्कृतिक विशेषताले/विविधताले
भरिपूर्ण र सानो भएपनि सुन्दर कलात्मक देशमा लुकिछिपी रहेका कुरामा सन्देह छैन। ती
कहाँ छन्, कस्तो
अवस्थामा छन्, ती
किन त्यहाँ छन् र तिनका बारेमा अलिक कठिन यात्रा, प्रविधि र अध्ययन–खोजको चाँजोपाचो कसले कहिले मिलाउला,
त्यस्तो खोज
कहिले पूरा भएर अब नेपालका सबै धार्मिक आस्था, भाषा–भाषी, तिनका प्रयोगकर्ता जाति समूहबारेको
सूची लगभग पूर्ण भयो भन्न सकिएला यो अनुमानको र
अपेक्षाकै विषय रहेको छ।
अहिले
हामीलाई केही सशक्त डार्बिनहरूको, मेन्डेल र मालिनोअस्कीहरूको खाँचो छ।
२. ग्रहनक्षत्रको मानव जीवनमा प्रभाव
यो
विशाल ब्रह्माण्डमा वा ब्रह्माण्डहरूको तुलनामा मानिस ता ज्यादै सूक्ष्म जीव हो। तर यो चेतनाको धनी जीव पनि हो।
ब्रह्माण्डडकै एउटा सशक्त अंश हाम्रो सौर्यमण्डल (Solar system) को
एउटा सूक्ष्मम अंशको रुपमा मानिस बसेको छ। त्यस मण्डलको एउटा भाग वा पिण्ड (Body) पृथ्वीमा उसको बसोबास छ। यसैले मानिस
र उसका सोच, क्रियाकलाप
(जसको समष्टि नाउँ संस्कृति हो) लाई उसले त्यस मण्डडलका अन्य ग्रह–नक्षत्रादि पिण्डहरूसित तालमेल मिलाएर
बस्न जानेको छ। मानिसको यो ज्ञान र चेत हजारौँ वर्ष पुरानो हो। तर उसले यसलाई जीवन–विज्ञान अर्थात् बढी सतर्कताका साथ
उपयोग गर्न थालेको चाहिँ कमसेकम वैदिककालदेखि हो।
वैदिक
साहित्यले मानिसको ग्रह–क्षत्रको
ज्ञान–तिनको
उपासना विधि र पछिल्लो समयमा तिनको फलका बारेमा उसको चासो र अभिष्ठलाई प्रस्तुत
गर्छन्। त्योतिषशास्त्र त्यही चेत र ज्ञानको संयोजनको फल हो।
पृथ्वीमा
उत्पन्न प्राकृतिक स्रोत र ग्रहहरूबाट प्राप्त उर्जाबाटै मानिसलगायत समग्र
जीवनजगत्ले जीवन धान्ने हो। वास्तवमा यस्तो सन्तुलित वा मिलेको बसाइलाई नै मानिस
एउटा बाधा–व्यवधानसहित
जीवन भन्ने ठान्छ र यो सत्य पनि हो। यो बसाइमा यस्तो सामाजिक–लौकिक परिवेशमा सङ्गठित जीवन ज्युनु
भनेको सामाजिक परिवेशमा छरछिमेकीसित मिलेर सहधर्म, सहकर्म गरेर बस्नुजस्तै हो। छिमेकीसित
मिल्न नसक्ने, बलमिचाइँ
गर्ने मानिसलाई असामाजिक, अभद्र भनिन्छ। अफ्ना छिमेकीसित जस्तै मानिस
आफूवरिपरिको वातावरण र टाढाका ग्रह–नक्षत्र पिण्डादिसित पनि मिलेर बस्न बाध्य
छ।
पूर्वीय
ज्योतिषशास्त्रमा वारको सम्बन्ध सूर्यसित रहेको छ। यसैगरी तिथिले चन्द्रमाको कला
वा उनको गतिसित सम्बन्ध राख्छन्। पृथ्वीबाट चन्द्रमाको दृश्य आकारमा हुने घट–बढको अवस्था वा त्यो समयलाई 'पक्ष' भनियो। चन्द्रमा सानो आकारमा देखा परेर
पूर्ण भएपछि 'पूर्णिमा'
भनियो र त्यस
पक्षलाई 'शुक्लपक्ष'
अनि त्यस पक्षको
गणनापद्धति –प्रतिपदा,
द्वितीय,
तृतीय गर्दै
अन्ततः एक साँझ चन्द्रमा अदृश्य हुने हुनाले त्यस अवधिलाई कृष्णपक्ष र त्यो
अन्धकार अवधिलाई अमावस्यको नाउँले जानियो।
हाम्रो
पूर्वीय ज्योतिष परम्परामा चन्द्रमाको यो दुई प्रकारको कलालाई मानिस तथा प्रकृतिको
अस्तित्व र विकाससित समन्वय गरियो। ती दुई पक्ष– शुक्ल तथा कृष्ण – जीवनका सकारात्मक र नकारात्मक पक्षका
पनि प्रतीकका रुपमा मानिए किनभने सूर्यपछि चन्द्रमा नै पृथ्वीका मानवलगायत अन्य
जीवजन्तु, वनस्पति
एवम् समग्र प्रकृतिका लागि उर्जाको प्रतीकका रुपमा मानिन्छन्।
शुक्ल
र कृष्णपक्षझैँ सूर्य र चन्द्रमाको क्षय अर्थात् ग्रहणलाई पनि मानिसले आफ्ना
क्रियाकलापका बाधाको रुपमा लियो। हाम्रा पात्रो–पञ्चाङ्गहरूमा ज्योतिषीहरूले त्यस्ता
ग्रहहरूको मिति–तिथि,
मुहूर्त तोक्ने
र तिनका नराम्रा/हानिकारक प्रभावबाट बच्ने उपायको उल्लेख गर्दछन्।
हाम्रा
पञ्चाङ्गहरूमा ग्रहहरूको उदय तथा अस्तबारे मिति पनि दिइएको हुन्छ। मुख्यमुख्य
ग्रहहरू अस्त वा अन्ध भएका अवसरमा शुभकार्य नगर्नू भन्ने शास्त्रले निर्देश गरेको
छ।
यी
माथि चर्चा गरिएका वैदिक ज्योतिषीय प्रथा र तिनको अनुसरणको व्यापकताबारे मेरो
ज्ञान न्यून छ। जाति–जनजातिहरूमा
यी माथिका विश्वास र व्यवहारको अवस्था के कस्तो रहेको छ यसबारे छुट्टै अनुसन्धान
खोज हुनु आवश्यक छ। यसबाट हाम्रो आफ्नो सांस्कृतिक विशिष्टताको एउटा ठुलो र
महत्वपूर्ण पक्ष उद्घाटित हुनेछ।
३. तिथिको गणना र यसबारेका धारणाहरू
सौरम48डलका ठूला र प्रकाशमय नक्षत्र सूर्य
हुन्। उनको गतिलाई वा गतिको परिवर्तनलाई एउटाबाट अर्को राशि वा घरमा गएको घटनालाई
१२ वटा राशिमा गएको मानी तिनलाई महिनाको रुपमा गणना गर्ने परम्परा पूर्वीय
ज्योतिष्मा छ।
चन्द्रमा
भने लगभग २.५ दिनमा नै एउटा राशिबाट अर्कोमा सरिबस्छन्। उनका गतिलाई शुल्क अर्थात्
सेतो वा उज्यालो र कृष्ण अर्थात् कालो वा अँध्यारो पक्षमा बाँडिएको छ। ती पक्षलाई
प्रतिपदादेखि पूर्णिमा अर्थात् उज्यालो पक्ष र अमावस्या अर्थात् अँध्यारोपक्ष
भनिन्छ। हाम्रो यस उपमहाद्वीपका सभ्यता र संस्कृतिमा तिथि भनेर चिनिने यी ३० वटा
दिन वा तिनभित्र समेटिएका समयको विशेष महत्व छ।
हिन्दु समाज र संस्कृतिमा शुक्ल अर्थात् उज्यालो पक्षलाई शुभ र कृष्ण
अर्थात् अँध्यारो पक्षलाई अशुभ मान्ने पनि परम्परा छ। प्रकाश र उर्जा दिने
चन्द्रमाको दृश्य रुपमा, आधारमा हुने पक्ष र बुद्धिलाई दृष्टिगत गर्दै
ती पक्षहरूका नामकरण भएका र तिनको प्रभावलाई महसुस गर्ने गरिएको हो।
तिथिका वर्ग
लौकिक
व्यवहार–प्रचलनमा
१ पक्षभित्रका १५ तिथिहरूलाई ५ वर्गमा बाँडिएको छ। ती वर्ग हाम्रा विविध धार्मिक–सामाजिक र सांस्कृतिक गतिविधि सम्पन्न
गर्ने वा वर्जित गर्ने हेतु विभाजित छन्। ती पाँच वर्ग निम्नानुसार छन्
क्रसं
|
वर्ग
|
तिथी
|
१
|
नन्दा
|
प्रतिपदा,
सष्ठी, एकादशी
|
२
|
भद्रा
|
द्वितिया,
सप्तमी, त्रयोदशी
|
३
|
जया
|
तथतीया,
अष्टमी, द्वादशी, दशमी
|
४
|
रिक्ता
|
चतुर्थी,
नवमी, चतुर्दशी
|
५
|
पण
|
पञ्चमी,
पूर्णिमा
|
वर्गका
हिसाबले जयालाई उत्तम, पूर्णिमालाई
शुभ, भद्रालाई
पनि राम्रो तथा नन्दा र रिक्तालाई विविध कार्य –अवसरका लागि ठीकैका र त्याज्य पनि
मानिन्छन्। यसो भएपनि विविध पूजा, व्रत आदि कार्यका हिसाबले सबै वर्ग समाहित भएको
पनि पाइन्छ। यसैले कुनै वर्ग वा तिथि पनि सबै प्रकारका गतिविधिका लागि वर्जित वा
त्याज्य मान्न सकिन्न। साइत, मुहूर्त जुराएर गर्नुपर्ने कतिपय संस्कारहरूमा
ती केहीलाई त्याग्नु राम्रो भन्ने शास्त्रीय उक्ति हो।
यसरी
साइत जुराउँदा वा कुनै घटिसकेको घटनालाई गणना गर्दा दुई तिथिबीचको दोसाँधको समय वा
मुहूर्तलाई पनि अशुभ मान्ने चलन छ। जस्तो– पञ्चमी, दशमी। पूर्णिमाको अन्तिम घडी वा पला,
त्यसैगरी
प्रतिपदा, सष्ठी,
एकादशीको सुरुका
दुई घडी (४८ मिनट) मा भएका जन्म आदि घटनामा स्वस्ति शान्ति गर्नु पर्ने विधान
छ।
यसै
गरी पूर्णिमा अघिको चतुर्दशी शुक्लपक्षको भएकोले अशुभ नमानिने तर अमावस्यको
चतुर्दशी भने विविध अवसरका लागि अशुभ मानिने गरिन्छ। यस्तो तिथि 'गणनान्त'का बारेमा गर्नुपर्ने विधानको व्यवस्था
पनि शास्त्रले गरेको छ। यसमा त्यस तिथिका शासक वा 'मालिक' भनिने शक्तिको पूजा गर्ने विधान
छ।
हाम्रो
सामाजिक जीवनको मूलधार भनेको परिवार हो। विवाहले यसको सृष्टि गर्छ, जन्मले यसको विकास गर्छ र मृत्युले
यसलाई असङ्गठित वा कमजोर बनाउँछ। अतएव, यी घटनालाई शुभ र अशुभ भनिन्छ र परिवार–समाजले तिनको व्यवस्थापन शास्त्रसम्मत
ढङ्गले गर्छ।
यहाँ
जन्मदेखि मृत्युसम्मका र तीसित गाँसिएका क्रियाकलाप (समष्टिमा संस्कार भनिने) लाई
तिथिहरूसित समायोजन गरी हेर्ने प्रयास गरिएको छ। यो प्रयास ज्योतिषलगायत शास्त्र,
कर्मका48डको ज्ञाता वा विशेषज्ञबाट भइरहेको छैन
भन्नेचाहिँ बुझ्नु आवश्यक छ।
४. केही मुख्य सामाजिक संस्कार र तिथिबीचको
सम्बन्ध
जन्म
धेरै
हिन्दु जातिहरूमा पहिले जन्मअघि गर्नु पर्ने पुंसवनलगायत विविध कर्म गरिन्थे। अब
ती त्यति गरिँदैनन्। शिशु जन्म एउटा महत्वपूर्ण पारिवारिक एवम् सामाजिक घटना
भएकोले जन्मनासाथ त्यो मुहूर्तमा कुन राशि, ग्रह, नक्षत्र सक्रिय थिए वा शासनमा थिए
भन्ने हेरिन्छ। जस्तो औँसीको चतुर्दशीमा भएको जन्म व्यक्तिका लाथि शुभ मानिँदैन तर
त्यस्तो जन्म भइहाले आवश्यक स्वस्ति–शान्ति गर्ने विधान पनि छ। जन्मेको तिथि
गणनाबाटै व्यक्तिको जन्मपत्री बन्छ। तिथिहरूको दोसाँध नपरेको जन्मलाई बाधारहित
मान्ने विश्वास छ।
जन्मेको
तिथिले पछि विवाहमा पनि असर पार्छ भन्ने पनि हामीकहाँ विश्वास छ।
बृद्धि संस्कार
पास्नी,
छेवर, कर्णभेद, व्रतबन्ध आदि बृद्धि संस्कारमा पनि तिथिको
महत्व छ। यी संस्कार सम्पन्न गर्दा पनि रिक्ता समूह अर्थात् ४, ९ र १४ लाई छल्ने परम्परा छ।
यसै
गरी साउनदेखि कार्तिकसम्मका महिना पनि त्याज्य नै मानिन्छन्।
अक्षराम्भ
शिशुलाई
अक्षर चिनाउनु वा लेख्न–पढ्न
लगाउनु उसको शारीरिक र मानसिक ताकत बढ्ने क्रममा एक अवस्थामा पुगेको घटना हो। अतएव
सर्वप्रथम अक्षर आरम्भ गराउँदा २, ३, ५, ७, १०, ११ र १२ तिथिलाई उत्तम मानिन्छ। उत्तम मानिनुको
तात्पर्य यी तिथिमा अक्षर चिन्ने शिशु पछि विद्वान् हुन्छ भन्ने कारणले हो।
उपनयन
कर्णभेदजस्तै
उपनयनमा पनि प्रायः वर्षाका चार महिना (साउनदेखि कार्तिकसम्म) छलिन्छ। श्रीपञ्चमी,
अक्षयतृतीया
आदिलाई शुभकार्यका लागि खासै साइत जुराउनु नपर्ने तिथि मानिन्छ। उपनयन संस्कारमा
कुमारलाई गायत्री मन्त्र श्रवण गराउनु महत्वपूर्ण भएकाले यसमा तिथिभन्दा मुहूर्तको
विशेष ख्याल गरिन्छ।
विवाह
विवाह
परिवार र सामाजिक जीवनलाई गति र जीवन्तता दिने, नयाँ नाता सम्बन्ध जोड्ने, जीवनमा स्थायित्व र गति दुवै पक्ष
सुनिश्चित गर्ने घटना भएकोले यसका लागि शास्त्रले विविध व्यवस्था गरेको छ।
वर्षैभरिका केही महिना विवाहका लागि शुभ मानिदैनन्। विवाहको कुरा अघाडि बढाउने,
त्यसलाई अन्तिम
रुप दिने आदि कार्यमा नक्षत्रका हिसाबले यहाँ पनि रिक्ता वर्गका नक्षत्र छल्नु
भन्ने निर्देश छ।
विवाहका
कार्यमा 'भद्रा'
छल्ने पनि विधान
छ। विवाह कार्यमा २८ नक्षत्रमध्ये 'तीन उत्तरा' अर्थात् उत्तराभाद्रपदा, उत्तरसाडा, उत्तराफाल्गुणीलाई राम्रो मानिन्छ। तर
अहिले हामकिहाँ, खासगरी
व्यस्त सहरी जीवनमा विकसित सबै विधि छिटो सक्ने भोजभतेर विधिलाई बढी समय दिने प्रवृत्तिमा
सबै २८ नक्षत्रलाई ढिपीले नै आफ्नो पक्षमा अर्थात् 'शुभ' पार्ने प्रचलन हावी छ। यसमा कुनै
तिथिको अग्राधिकारको कुरा रहेन।
वास्तवमा
अहिले तन, मन
र धन मिलेपछि सबैखाले 'भद्रा'हरू भद्र हुँदै गएको देख्न सकिन्छ। यो
संशोधित परिदृश्य अहिले हाम्रो सामाजिक लौकिक जीवनमा हाबी भएको अनुभव गर्न
सकिन्छ।
त्यसैले
अहिले हाम्रो रीति परम्पराको घेरामा रहेका भद्रा वा अन्य सम्भावित हानिकारक
मुहूर्तहरू छल्ने सोचभन्दा पहिलेका मान्यतालाई छल्ने, तिनलाई एकातिर पन्साएर उम्कने
प्रवृत्ति हाबी हुँदैछ। यसको सोझो अर्थ हो हाम्रा पञ्चाङ्गका पानाभरि रहेका तिथि र
मुहुर्तसम्बन्धी विधानहरु पानामै टाँसिइरहने र तिनका स्थान अन्य परम्पराले लिने
क्रम बढ्दो छ।
मृत्यु
पारिकवारिक–सामाजिक दृष्टिले मृत्यु एउटा
अवश्यम्भावी र अप्रिय घटना हो। तर यसका असर अल्प र दीर्घकालनीन हुने हुनाले यस
घटनाको सांस्कृतिक–धार्मिक
व्यवस्थापनका विधिहरू बने, शास्त्र र कार्मका48डका पुस्तक बनिए। ती विधि–विधान समाजमा आरोपित भए।
कुनै
चाहेको दिन वा घडी–पलामा
मानिसले प्राकृतिक मृत्युवरण गर्न सक्दैन। यस्तो भए पनि पञ्चमी र दशमीमा र
शुक्लपक्षमा भएको मरण मृतकका गतिका हिसाबले शुभ मानिन्छ। यी दिनमा मृत्यु भएको
व्यक्ति सजिलै वैकुन्ठलोक जान्छ भन्ने विश्वास छ।
कुन तिथिको मृत्यु बढी अशुभ गतिको कारक छ?
शास्त्रले
पाँचवटा नक्षत्रको आधिपत्यमा मृत्यु भएमा त्यो बढी कष्टकर मान्छ। ती ५ को समूहलाई 'पञ्चक' भनिन्छ। ती हुन– रेवती, शतभिसाखा, पूर्वाभाद्रापदा, उत्तराभाद्रापदा र रेवती। यसैले मृत्यु
नजिक पुगेको व्यक्तिले पञ्चकमा मृत्यु वरण नगरोस् भन्ने चाहना आफन्तवृत्तमा रहन्छ,
यद्यपि त्यसलाई
टार्न कसैले सक्दैन।
यदि
यी पाँच तिथिमा नै मृत्यु भइहालेमा मृतकको संस्कार गर्दा कुशका पाँचवटा पुतला बनाई
लाससितै तिनको पनि संस्कार वा दाह हुनुपर्छ भन्ने विश्वास छ।
५ .तिथि र लौकिक जीवनका अन्य पक्षबीच सम्बन्ध
यात्रा
मानिसको
जीवनयात्रा ग्रहनक्षत्रादि विविध पिण्डहरूको सुदृष्टि–कुदृष्टिबाट प्रभावित छ। उसले गर्ने
भौतिक यात्रा पनि ती प्रभावबाट मुक्त छैनन्। अतएव, मानिस आफ्ना गति र पाइलालाई
ग्रहनक्षत्रको गति र प्रभाव अनुकूल पार्न चाहन्छ। यसो गर्दा यात्रामा पनि रिक्ता
समूहलाई त्याग्नु वा छल्नुपर्छ। जस्तो आफू घरबाट निस्कँदा चन्द्रमा आफू सम्मुख वा
दाहिने पार्ने तथा योगिनीलाई छल्ने अथवा तिनलाई पछाडि वा वायाँ पार्ने विधान–निर्देश छ।
गृहनिर्माण र प्रवेश
घर
एउटा स्थायी वासस्थान हो। यो कस्तो हुनपर्छ, कस्तो तिथिवासरीय स्थितिबाट बचेमा घरको
निर्माण, गृहप्रवेश
र त्यसपछिको समय पीडामुक्त, उत्पादनशील वा शान्त–समृद्ध हुन्छ भन्ने कुरा घरधनी र
त्यसका आवादकर्ताले बुझ्नु पर्ने हुन्छ।
घरको
बास सुखप्रद होस्, बाधा–विघ्नले प्रवेश नगरुन, घरमा ल73मीलगायत सबै इष्ट तथा कुलदेवताहरूको
सुदृष्टि होस् भन्ने कुरा निश्चित गर्ने हेतु नै हाम्रो वैदिक शास्त्रीय परम्परामा
'वास्तुशास्त्र'
को उत्पत्ति
भयो। तर गैरवैदिक समाज र संस्कृतिमा पनि घरको निर्माण, निर्माणपछि त्यसको प्रयोगका हिसाबले
विभाजन, घरबाट
परदेश वा घरबाहिर निस्कँदा लिनु पर्ने सतर्कताजस्ता व्यवहारिक काम पनि विशेष ध्यान
पुर्याएरै गरिन्छ। यसमा जथाभावी गरे अनिष्ठको सामना गर्नु पर्ने हुन्छ।
अदृश्यशक्तिका
सामु मानिस आफूलाई निकै कमजोर, असहाय ठान्दछ। यसैले विविध विधि र प्रचलनको
आविस्कार र प्रयोग भएको हो।
नेपालका
गाउँघरमा घर छाउन हुने दिन र बारको पनि ख्याल गरिन्छ। यस्ता सू73म व्यवहारको ज्ञान सङ्कलित हुँदै गएपछि
नै तिनले कुनै क्षेत्र, जाति,
समुदाय वा
परिवारमा परम्परा र प्रचलनको स्वरुप लिन्छन् र हामी त्यस्ता संस्कृतिलाई 'धनी' भन्छौँ।
अन्य सामाजिक कार्यहरू
जस्तो
परिवारजन र मित्रहरूको भेटघाट, सन्धि–सम्झौता, नयाँ कामको थालनी आदिमा पनि बारको
ख्याल गरिन्छ। शनिवार र मङ्गलवार आफन्तसित भेटघाट नगर्ने, भेट भएमा नछुटिने भन्ने विश्वास छ।
यहाँसम्म कि हामी कुन वार नयाँ लुगा किन्ने वा लगाउने भन्ने कुरामा पनि सतर्क
रहन्छौँ। यस्ता सोच र व्यवहारका कारणहरूको व्याख्याभन्दा पनि एकप्रकारको
मनोवैज्ञानिक त्रासले काम गरेको देख्न पाइन्छ।
कतिपय
परिवार–समाजमा
कुनै वार फाप्यो, कुनै
तिथि बढी फलिफाप र कुनै कम फलिफाप हुने भन्ने विश्वास रहेको हुन्छ। योचाहिँ 'श्राद्धमा बिरालो बाँधेको' भन्ने उखानजस्तै हो। केही वर्षपहिले
नेपालको सत्ताकेन्द्रित रहेको स्थल नारायणहिटी राजदरबारमा शुभकार्यहरू, परिवर्तनका कार्यहरू वा नयाँ कार्यहरू
शुक्रबार नै सम्पन्न गरिन्छ भनी बाहिर चर्चा हुन्थयो वा अड्कल गरिन्थ्यो।
यस वा यस्ता अन्य प्रसङ्ग तथा घटनालाई तिथिसित
जोडेर हेर्दा त्यस्ता अवसरमा कुनकुन तिथि परेका थिए भन्ने एउटा सानो खोजको विषय
हुनसक्छ।
अहिले
नेपाल प्रज्ञा–प्रतिष्ठानको
सामाजिकशास्त्र विभागमा 'नेपालका जाति–जनाजातिमा प्रचलित सामाजिक संस्कार'
विषयक गोष्ठीहरू
गर्दै प्रस्तुत पत्रहरूलाई एउटा कृतिको स्वरुप दिने काम भइरहेको छ। यसक्रममा
प्राप्त लेख–पत्रहरूमा
के देखियो भने धेरै आदिवासी जनजाति समाजमा नवाताज शिशुको नाउँ राख्दा जन्म परेको
वारको नाउँ दिइने रहेछ। यो सजिलो र व्यवहारिक प्रचलन हो। जस्तो आइते–आइती, सोमे, बुधे, मङ्गले–मङ्गली, शुक्रे, आदि।
हिन्दू
कर्मकाण्डको प्रभावमा परेका जातिहरूमा भने तिथि–मितिअनुसार जन्मलग्न जुराएर न्वारान
गर्ने र नामकरण गर्ने प्रचलन रहेको पाइयो।
विवाह,
मृत्युजस्ता
सामाजिक संस्कारमा पनि बारको विशेष महत्व रहेको पाइन्छ। ग्रह–नक्षत्र र तिनको कार्यलाई व्यवस्थित
गर्दै आफ्नो दैनन्दिनलाई तिनका प्रभावअनुकूल पार्न र आफ्नो क्रियाकलापलाई
व्यवस्थित गर्न मानिसले समयको अवधारणा विकसित गर्यो। त्यो हाम्रो सौर्यमण्डलका
प्रमुख नक्षत्र सूर्यको वरिपरि विविध ग्रह– खासगरी
पृथ्वीले गर्ने परिक्रमाको अवधिमा आधारित रहयो। पूर्वीय खगोल–ज्योतिष परम्पराको अर्को एउटा खेमामा
चन्द्रमाको गतिलाई महिना, पक्ष र दिनहरूमा गणना गर्ने र आफ्ना गतिविधिलाई
सोअनुसार व्यवस्थित गर्ने प्रचलन छ।
७. वारको महत्व
पूर्वीय
सामाजिक जीवनमा तिथिजस्तै वारहरुले पनि मानव जीवनमा सकारात्मक र नकारात्मक प्रभाव
पार्दछन्। सूर्यका उदयअस्तसित सम्बिन्धित एउटा पक्षलाई 'वार' अर्थात् अङ्ग्रेजी Day भनियो। यस्ता सातवटा वारहरु प्रचलित छन्। ती
पनि प्रमुख ग्रह–नक्षत्रसित
सम्बन्धित छन्। त्यसो गर्नुको तात्पर्य कुनै अमुक ग्रहले कुन दिन आफ्नो प्रभाव
जमाउँछन् भन्ने हो।
सबै
७ वटा ग्रह–नक्षत्रको
प्रभाव मानव जीवनमा परेपनि ज्योतिषीय परम्परामा तिनको प्रभावमा विविधता छ भन्ने
मान्यता छ। यस्तो प्रभावको मात्रा दिन–वार, तिथि अनुसार फरकफरक हुन्छ भनिन्छ। त्यसैले कुनै
वार यात्रा गर्दा यात्रा शुभ र सफल हुन्छ भने अन्य वार त्यो नगर्ने राय पाइन्छ।
यसैगरी हामीले पुज्ने देवीदेवताका पनि आफ्नो मन परेका वार छन्। सरस्वतीलाई विहीवार,
गणेशलाई
मङ्गलवार, शनिलाई
शनिवारको उदाहरण दिन सकिन्छ।
अन्तमा,
यस
सक्षिप्त लेखमा तिथि र समाजमा तिनका राम्रा वा कम राम्रा पक्षको प्रभाववारे केही
चर्चा गरियो। यो पत्रलेखकको योग्यता र विशिष्टताभन्दा अलि परको कुरा हुनाले यहाँ
विषयलाई कोट्याउने काम मात्र भएको हो। अन्य विद्वान वक्ता, प्रस्तुतकर्ताहरुले यस विषयमा बढी
उज्यालो छरेर श्रोतावर्गको मन जित्नुहुनेछ भन्ने मेरो विश्वास छ र म पनि आजको यस
कार्यक्रममा जहाँ जसरी बसेपनि भावनात्मकरुपले श्रोताको पङ्तिमा नै बसेको अनुभव
गर्न बढी रुचाउँछु। अस्तु।
------------- --------- -
---------
सन्दर्भ सामग्री
१। आचार्य,
चेतनाथ शर्मा।
२०४६ वि.सं.। हाम्रा धार्मिक चाडपर्व। काठमाडौँ :
सनातन धर्म सेवा समिति।
२। खत्री,
प्रेमकुमार।
२०४८ वि.सं.। नेपाली समाज र संस्कृति। साझा प्रकाशन, पुल्चोक, काठामाडौँ।
३। जैन,
दशरथ। १९८५
ई.सं.। समाज एवम् संस्कृति। मध्यप्रदेश,
हिन्दी ग्रन्थ
आकादमी।
४। शर्मा,
पं. मुकुन्द।
२०६८ वि.सं.। बानियाँटार, काठमाडौँ। (अन्तर्वार्ता)
५। Pandey, Rajbali. 1998. Hindu
Samskaras. Delhi: Mitital Banarsidass Pub.
(नेपाल प्रज्ञा–प्रतिष्ठान
तथा यलम्बर फाउन्डेसन (किरातोलोजी रिसर्च सेन्टर) द्वारा आयोजित गोष्ठीमा प्रस्तुत
गोष्ठीपत्र, जेठ २८, २०६९ काठमाडौं)
No comments:
Post a Comment