यलम्बर फाउन्डेसन
(किरातोलोजी रिसर्च सेन्टर)
नेपालको विधान
२०६७
प्रस्तावना
नेपाल
एक बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक, बहुधार्मिक सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक
राज्य हो। नेपाल सरकारले पहिचान गरेका आदिवासी जनजातिहरूमध्ये किरात
समुदायअन्तर्गतका आदिवासी जनजातिहरूको आफ्नो पृथकपृथक पहिचान छन्। किरात
समुदायअन्तर्गत पर्ने आदिवासी जनजातिहरूमा याक्खा, राई, लिम्बू, सुनुवारलगायतका जातिहरू पर्दछन्। यी आदिवासी
जनजातिहरूको परापूर्व कालमा आफ्नै राज्य, राजनैतिक, आर्थिक र सामाजिक व्यवस्थाका साथै सांस्कृतिक र
सामाजिक पहिचान थियो। तर आज तिनको अस्तित्व विलुप्तीको अवस्थामा पुगेको छ। तिनै
अस्तित्व विलुप्त प्रायः विरासतको पुनरुत्थानको जमर्को स्वपहिचानको खोजी हो। यसै
मेसोमा तमाम भूमिपुत्र आदिवासी जनजाजति र अन्य उत्पीडित जातिहरूको बलिदानीपूर्ण
सङ्घर्षका कारण एकल जातीय केन्द्रीकृत शासन प्रणाली अब सङ्घीय राज्य प्रणालीमा
रूपान्तरण भएको छ। यसै सन्दर्भमा किरात जातिहरूसँग सम्बन्धित मुन्धुम, धर्म, संस्कृति, संस्कार, भाषा, साहित्य, लिपि, इतिहास, जैविक विविधता, सामाजिक, आर्थिक, शैक्षिक अवस्थाका बारेमा अध्ययन तथा अनुसन्धान
गरी संरक्षण र संवर्धनमा मद्दत गर्दै नयाँ नेपालको समुन्नतिमा सहयोग पुर्याउने
उद्देश्यले स्थापित 'यलम्बर फाउन्डेसन
(किरातोलोजी रिसर्च सेन्टर) २०६७' स्थापना
गरिएको हो। यो विधान संस्था दर्ता ऐन २०३४ को अधिनमा रही तर्जुमा गरिएको छ।
परिच्छेद १
प्रारम्भिक
१. संस्थाको नामः–
यस
संस्थाको नाम 'यलम्बर फाउन्डेसन
(किरातोलोजी रिसर्च सेन्टर)', रोमन
अङ्ग्रेजीमा YALAMBAR FOUNDATION (Kiratology Research Center) किरातमा (…… ……. …….. …….) यलम्बँ रहनेछ। सङ्क्षेपमा देवनागरीमा 'यलफा', रोमनमा YALAFA र किरातमा (………) रहनेछ।
क) संस्थाको कार्यालय रहने ठेगाना : –
यस
संस्थाको कार्यालय काठमाडाँै जिल्ला का.म.न.पा.वडा नं. ३२ अनामनगर, काठमाडौँमा रहने छ।
ख) संस्थाको कार्यक्षेत्रः–
यस
संस्थाको कार्यक्षेत्र काठमाडौँ जिल्ला हुनेछ। आवश्यकता अनुसार सम्बन्धित जिल्लाको
स्थानीय अधिकारीको स्वीकृति लिई किरात समुदाय बसोबास रहेको जिल्लामा विस्तार गर्न
सकिनेछ ।
ग) प्रारम्भः–
यो विधान संस्था दर्ता भएको मितिदेखि
प्रारम्भ हुनेछ।
घ) संस्थाको अस्तित्वः–
यो
संस्था किरात समुदाय लगायत आदिवासी जनजातिहरूसँग सम्बन्धित मुन्धुम, भाषा, धर्म, संस्कृति, जैविक विविधता बारेमा अध्ययन अनुसन्धान गर्ने एक
अविछिन्न उत्तराधिकारीवाला, सङ्गठित, स्वशासित, गैरनाफामूलक, गैरराजनीतिक तथा गैरसरकारी संस्था हुनेछ।
२. परिभाषा : –
विषय वा प्रसङ्गले अर्को अर्थ नलागेमाः
क) 'विधान' भन्नाले 'यलम्बर फाउन्डेसन (किरातोलोजी रिसर्च सेन्टर)' को विधानलाई सम्झनुपर्दछ।
ख) 'संस्था' भन्नाले 'यलम्बर फाउन्डेसन (किरातोलोजी रिसर्च सेन्टर)' लाई जनाउँदछ।
ग) 'नियम' र 'विनियम' भन्नाले यस विधान अन्तर्गत बन्ने नियम र विनियमलाई जनाउँदछ।
घ) 'समिति' भन्नाले यस विधानको दफा १३ बमोजिम गठित कार्य
समितिलाई जनाउँदछ।
ङ) 'सभा' भन्नाले यस विधान बमोजिम आयोजित साधारणसभा र
विशेष साधारणसभालाई समेत जनाउँदछ।
च) 'सचिवालय' भन्नाले
विधानअन्तर्गत गठित संस्थाको सञ्चालक समिति दैनिक कार्य सञ्चालन गर्ने
निकाय सम्झनुपर्दछ।
ङ) 'पदाधिकारी' भन्नाले संस्थाका पदाधिकारी सम्झनु पर्दछ।
छ) 'सल्लाहकार सदस्य भन्नाले संस्थालाई आवश्यक
सरसल्लाह प्रदान गर्ने व्यक्तिलाई जनाउनेछ।
ज) 'संरक्षक' भन्नाले संस्थालाई संरक्षकत्व प्रदान गर्ने
व्यक्तिलाई जनाउनेछ।
झ) 'किरात समुदाय' भन्नाले याक्खा, राई, लिम्बू, सुनुवार आदि जातिलाई बुझ्नुपर्दछ।
ञ) 'आदिवासी जनजाति' भन्नाले नेपाल सरकारले नेपालका आदिवासी जनजाति
भनी सूचीकृत गरेका जातिहरूलाई बुझ्नुपर्दछ।
ट) 'स्थानीय अधिकारी' भन्नाले प्रमुख जिल्ला अधिकारीलाई जनाउँछ।
ठ) 'तोकिएको वा तोकिए बमोजिम' भन्नाले यो विधान र यस विधान अन्तर्गत बनेको नियम
विनियममा तोकिएको वा तोकिए बमोजिम सम्झनुपर्दछ।
ड)
स्थानीय निकाय भन्नाले गा.वि.स. र महानगर र उपमहानगर र नगरपालिका र जि.वि.स. लाई
जनाउनेछ।
३. संस्थाको छाप र चिन्ह
संस्थाको छाप र चिन्ह अनुसूची - १ र अनुसूची– २ बमोजिम हुनेछ।
परिच्छेद २
उद्देश्य
४. संस्थाको उद्देश्य : –
यस संस्थाको उद्देश्यहरू देहाय बमोजिम
रहनेछन्ः
क) यो
संस्था मुनाफारहित, जनहितकारी सामुदायिक
संस्था हुनेछ।
ख)
आदिवासी जनजाति किरात समुदायका भाषा, साहित्य, लिपि, संस्कृति तथा इतिहासको संरक्षण तथा संवर्द्धन
गर्ने।
ग)
आदिवासी जनजाति किरात समुदायका विविध सामाजिक एवम् सांस्कृतिक सवालहरूमा अध्ययन
तथा अनुसन्धान गर्ने।
घ)
आदिवासी जनजाजित किरात पुस्तकालय (विद्युतीय समेत) स्थापना र सञ्चालन गर्ने।
ङ)
किरात समुदायको उत्थानका निम्ति महत्वपूर्ण कार्यप्रति कदर–संस्कृतिको विकास गर्ने।
च)
किरात सभ्यतालाई विश्वको महत्वपूर्ण विश्व सम्पदा ९धयचमि जभचष्तबनभ० को रूपमा
पहिचान दिन पहलकदमी गर्ने।
५. संस्थाको उद्देश्य प्राप्त गर्न गरिने
कार्यहरूः
यस संस्थाले उपरोक्त उद्देश्यहरू प्राप्त
गर्न देहायका कार्यहरू गर्नेछ :
(क)
संस्थाले प्रचलित नेपाल कानुन बमोजिम सम्बन्धित निकायबाट अनुमति वा इजाजत प्राप्त
गरी मात्र आफ्ना उद्देश्यहरू कार्यान्वयन गर्नेछ।
(ख)
संस्थालाई आवश्यक पर्ने भवन निर्माण गर्ने वा भाडामा वा लिजमा लिने छ र कप्युटर, टेलिफोन, टाइपराइटर, फ्याक्सजस्ता कार्यालय सामान तथा सवारी साधान
खरिद गर्नेछ वा भाडामा लिई प्रयोग गर्ने छ।
(ग)
संस्थालाई आवश्यक पर्ने कर्मचारी नियुक्त गर्ने तथा तिनको सेवा सर्तहरू निर्धारण
गर्नेछ।
(घ) किरात समुदायका भाषा, साहित्य, लिपि, संस्कृति तथा इतिहास बारेमा अध्ययन तथा अनुसन्धान र प्रकाशन गरी सरोकारवालाहरूलाई
जानकारी दिनेछ।
(ङ) किरात समुदायको राजनैतिक, सामाजिक, आर्थिक, सांस्कृतिक र कानुनी (मूलतः मौलिक र प्रथाजनित
कानुन) तथा जैविक अधिकारका बारेमा अध्ययन तथा अनुसन्धान गरी प्रकाशन गर्दै
सरोकारवालाहरूलाई सचेत बनाउनेछ।
(च) किरात समुदायसँग सम्बन्धित सवालहरूमा राष्ट्रिय, अन्तर्राष्ट्रिय स्तरको सेमिनार, गोष्ठी आयोजना गरी प्राप्त निस्कर्षसहितको
सामग्रीहरू प्रकाशन गर्नेछ।
(छ)
किरात समुदायसँग सम्बन्धित अनुसन्धानमूलक वृत्तचित्र, चलचित्र, कार्टुन, म्युजिक भिडियो, अडियोजस्ता विद्युतीय सामग्री निर्माण तथा
प्रचारप्रसार गर्ने र गर्न सघाउ पुर्याउनेछ।
(ज)
किरात समुदायसँग सम्बन्धित अनुसन्धानकर्ता, भाषासेवी, साहित्यकार, इतिहासकार, संस्कृतिविद्, कलाकार, वैज्ञानिक, समाजसेवी, बुद्धिजीवी आदिको कदर स्वरूप पुरस्कारहरू स्थापना
गरी सम्मानको संस्कृतिलाई अघि बढाउँनेछ।
परिच्छेद ३
सदस्यता
६. सदस्यताको वर्गीकरणः
यस संस्थाका देहाय बमोजिमका ५
प्रकारका सदस्यहरूको वर्गीकरण गरिएको छ।
क)
साधारण सदस्य
संस्थाको
उद्देश्य मान्ने कुनै पनि नेपाली नागरिक मूलतः किरात समुदायको व्यक्तिलाई तोकिए
बमोजिम कार्य समितिले संस्थाको साधारण सदस्यता प्रदान गर्नेछ।
ख) संस्थापक सदस्य
यस
संस्था गठन हुँदा बखतका सम्पूर्ण सदस्यहरू संस्थापक सदस्य हुनेछन्।
ग)
आजीवन सदस्य
समुदाय
र संस्थाको हितलाई ध्यानमा राखेर विधानको उद्देश्य मान्ने कुनै पनि नेपाली नागरिक
मूलतः किरात समुदायको व्यक्तिलाई तोकिए बमोजिम कार्य समितिले संस्थाको आजीवन
सदस्यता प्रदान गर्न सक्नेछ।
घ)
मानार्थ सदस्य
संस्थाको
हितलाई ध्यानमा राखेर किरात समुदायअन्तर्गतका जातिको भाषा, लिपि, साहित्य, धर्म, संस्कृति तथा इतिहासका क्षेत्रमा योगदान पुर्याइरहेको
वा पुर्याउन सक्ने कुनै पनि गैरलिम्बू समेतलाई तोकिए बमोजिम कार्य समितिले
मानार्थ सदस्यता प्रदान गर्न सक्नेछ। साथै संस्थाले उपयुक्त ठहर गरेको विशिष्ट
समाजसेवी तथा प्रतिष्ठित व्यक्तित्वलाई संस्थाको मानार्थ सदस्यता प्रदानगर्न
सक्नेछ तर मानार्थ सदस्यहरूको मताधिकार रहने छैन।
ङ)
संरक्षक एवम् विशिष्ट संरक्षक सदस्य
संस्थामा
सङ्कट उत्पन्न भएको अवस्थामा नैतिक, भौतिक, बौद्धिक योगदान दिई संस्थालाई बचाउन सक्ने भनी
संस्थाले विश्वास गरेका व्यक्तिलाई संरक्षक एवम् विशिष्ट संरक्षक सदस्य प्रदान
गरिने छ।
७. सदस्यता प्राप्तिको लागि आवश्यक योग्यता
यस
संस्थाको सदस्यताको लागि देहाय बमोजिमको योग्यता पुगेको हुनुपर्नेछ :
क)
नेपाली नागरिक भएको.।
ख) १६
वर्ष उमेर पूरा गरेको।
ग)
किरात समुदायप्रति आस्थावान।
घ)
मानसिक सन्तुलन नगुमाएको।
ङ)
सार्वजनिक सम्पत्ति हिनामिना गरेको नठहरेको।
च)
नैतिक पतन देखिने फौजदारी र भ्रष्टाचारीको अभियोगमा सजाय नपाएको।
छ)
किरात समुदायको भाषिक, साहित्यिक, सामाजिक, सांस्कृतिक आदि विषयमा योगदान पुर्याएको वा
योगदान पुर्याउन सक्ने।
८. संस्थाको सदस्य प्राप्त गर्न वा बहाल रहन
नसक्ने अवस्थाः
देहायको अवस्थामा कुनै व्यक्ति संस्थाको
सदस्य वा पद बहाल रहेन छैन।
क) १६ वर्ष उमेर नपुगेको।
ख) मगज विग्रेको वा बौलाएको।
ग) सार्वजनिक सम्पत्ति हिनामिना गरेको
ठहरेको।
घ) नैतिक पतन देखिने फौजदारी र
भ्रष्टचारीको अभियोगमा सजाय नपाएको।
ङ) साहुको दामासाहीमा नपरेको।
च) कुनै
प्रकारको चोरी, ठगी, किर्ते वा जालसाजी गरेको वा आफ्नो जिम्माको धनमाल
अनाधिकृत तवरले मासेको वा दुरूपयोग गरेको वा भ्रष्टचार गरेको अभियोगमा अदालतबाट
कसुरदार ठहरी सजाय पाई सजाय पाएको एक वर्ष भित्र।
९) सदस्यताको समाप्ति
१.
देहायको अवस्थामा कुनै व्यक्ति संस्थाको सदस्यमा बहाल रहने छैन।
क) यस
विधानको दफा ८ बमोजिमको सदस्य पद प्राप्त गर्न नसक्ने भएमा।
ख)
साधारणसभाको ७५ प्रतिशतको सदस्यहरूको बहुमतले संस्थाको सदस्य पदबाट हटाउने
प्रस्त्ाव पारित गरेमा।
ग)
सदस्यले आफ्नो पदबाट दिएको राजीनामा स्वीकृत भएमा।
घ)
संस्थाको काम कारवाहीमा बेइमानी र बदनियत गरेको कुरा अदालतबाट प्रमाणित भएमा।
ङ) यस
विधान बमोजिम संस्थाले गर्न नहुने भनी तोकिएको कुनै कार्य गरेमा।
च)
सदस्यता शुल्क बुझाउँन बाँकी भएमा।
छ)
संस्था विघटन भई खारेज भएमा।
२. कुनै
व्यक्ति संस्थाको सदस्यता प्राप्त गर्न वा बहाल रहन अयोग्य ठहराउनु भन्दा अघि
संस्थाले निजलाई सो कुराको सूचना दिई सफाइको सबुद पेश गर्ने मौका दिइनेछ।
१०) सदस्यता शुल्क र सदस्यता प्रदान गर्ने विधि
:
यस
विधानको दफा ६ बमोजिमको सदस्यहरूले देहाय बमोजिमको उपदफामा तोकिएको शुल्क तिरी
सदस्यता प्राप्त गर्न सक्नेछन्।
१.
साधारण सदस्य :
क)
साधारण सदस्य प्राप्त गर्न चाहने व्यक्तिले प्रवेश शुल्क वापत रु. १,००१। (अक्षरेपी एकहजार एक रुपैयाँ) र मासिक रु
५०।― (अक्षरेपी पचास रुपैयाँ) वा
वार्षिक रुपमा रु ६००।― (अक्षरेपी छसय रुपैयाँ)
बुझाई तोकिएको प्रक्रिया अनुसार आवेदन पेश गर्नेलाई कार्य समितिको निर्णयले साधारण
सदस्यता प्रदान गर्न सकिनेछ।
ख)
त्यस्ता साधारण सदस्यले वार्षिक नवीकरण शुल्क वापत रु. ६००।― (अक्षरेपी छसय रुपैयाँ) बुझाउनु पर्नेछ।
(ग)
साधारण सदस्य प्राप्त गर्ने सदस्यले प्रत्येक वर्ष साउन महिनाको मसान्त भित्र
नवीकरण गराइ सक्नु पर्नेछ र त्यसपछिको हकमा तोकिए बमोजिमको थप दस्तुर बुझाई नवीकरण
गर्न सक्ने छ।
२.
संस्थापक सदस्य :
(क) यो
संस्था दर्ता हुँदाको बखतका तदर्थ समितिका पदाधिकारी तथा सदस्यहरू संस्थापक सदस्य
हुनेछन्।
(ख)
संस्थापक सदस्यले विधानमा उल्लेख भए बमोजिमको शुल्क बुझाई साधारण सदस्य वा आजीवन
सदस्य प्राप्त गर्न सक्नेछन्।
३. आजीवन सदस्य :
संस्थामा
एकमुष्ट रु.५,५५५। (पाँच हजार पाँचयस
पचपन्न) बुझाई तोकिएको प्रक्रिया अन्तर्गत आवेदन दिने व्यक्तिलाई कार्य समितिको
निर्णयले आजीवन सदस्यता प्रदान गर्न सक्नेछ।
४.
मानार्थ सदस्य :
संस्थाको
हितलाई ध्यानमा राखेर किरात समुदायअन्तर्गतका जातिको भाषा, लिपि, साहित्य, धर्म, संस्कृति तथा इतिहासका क्षेत्रमा योगदान पुर्याइरहेको
वा पुर्याउन सक्ने कुनै पनि गैरलिम्बू समेतलाई तोकिए बमोजिम कार्य समितिले
मानार्थ सदस्यता प्रदान गर्न सक्नेछ। साथै संस्थाले उपयुक्त ठहर गरेको विशिष्ट
समाजसेवी तथा प्रतिष्ठित व्यक्तित्वलाई संस्थाको मानार्थ सदस्यता प्रदानगर्न
सक्नेछ तर मानार्थ सदस्यको मताधिकार रहनेछैन।
५)
संरक्षक सदस्य तथा विशिष्ट संरक्षक सदस्य
संस्थामा
एकमुष्ट रु. ५५,५५५।– (अक्षरेपी पचपन्न हजार पाँचयस पचपन्न) बुझाई
संरक्षक सदस्य र एकमुष्ट रु. १,११,१११।– (अक्षरेपी एक लाख एघार हजार एकसय एघार रुपैयाँ)
बुझाई तोकिएको प्रक्रिया अन्तर्गत आवेदन दिने व्यक्तिलाई कार्य समितिको निर्णयले
संरक्षक सदस्यता र विशिष्ट संरक्षक सदस्यता प्रदान गर्न सक्नेछ।
६. कुनै आवेदकलाई सदस्य नदिने निर्णय गरेमा सो को
कारण सहितको जानकारी आवेदकलाई दिइनेछ।
७. सवै
सदस्यहरूले यस विधान र विधान अन्तर्गत बनेको नियम र विनियम बमोजिम भएको व्यवस्थाको
पालना गर्नु पर्नेछ।
८.
संस्थाले प्रदान गरेको उपदफा १,२, ३, ४ र ५ अनुसारको सदस्यहरूको तोकिएको ढाँचामा
छुट्टै अभिलेख पुस्तिका रहनेछ।
परिच्छेद ४
साधारणसभा, कार्य समिति तथा बैठक सम्बन्धी व्यवस्था
११. साधारणसभाको गठन
१. यस
संस्थाको विधानको दफा ७ अनुसार सदस्यता प्राप्त गर्ने मानार्थ सदस्यहरू बाहेक अन्य
सदस्यहरूबाट संस्थाको साधारणसभा गठन हुनेछ। मानार्थ सदस्यहरू आमन्त्रित हुने छन्।
साधारणसभा संस्थाको सर्वोच्च अङ्ग हुनेछ।
२. यस
संस्थाको साधारणसभा, देहाय बमोजिम हुनेछ।
(क)
वार्षिक साधारणसभा : वर्षको १ पटक वार्षिक
साधारणसभा बस्ने छ।
(ख)
विशेष साधारणसभा : संस्थाको कूल सदस्य
सङ्ख्याको १/४ (एक चौथाई) सदस्यहरूले कारण देखाई विशेष साधारणसभा माग गरेमा विशेष
साधारणसभा कार्यसमितिले कम्तीमा ७ (सात)
दिनभित्र अनिवार्य रूपमा बोलाउनु पर्दछ। तर साधारणसभा वा विशेषसभा बसेको ६ महिना
भित्र पुनः विशेष साधारणसभा बस्न सक्ने छैन।
३. यस
संस्थाको प्रथम वार्षिक साधारणसभा संस्था स्थापना भएको आ.व. समाप्त भएको मितिले दुई
महिना भित्रमा गरिने छ। त्यसपछिका वार्षिक साधारणसभाहरू आर्थिक वर्ष समाप्त भएको
मितिले २ (दुई) महिना भित्र गरिने छ।
४. यस
संस्थाको वार्षिक साधारणसभा गर्नको लागि कम्तीमा १५ दिन अगावै र विशेष साधारणसभा
गर्नका लागि कम्तीमा ७ दिन अगावै सभा हुने स्थान, मिति, समय, र छलफल गर्ने विषय खोली सबै साधारण सदस्यहरूलाई
अनिवार्य रूपले सूचना दिइनेछ।
५. उप–दफा ४ बमोजिम बोलाइएको साधारणसभा वा विशेष
साधारणसभामा विधानको दफा १८ बमोजिमको गणपूरक सङ्ख्या नपुगी सभा हुन नसकेमा कम्तीमा
७ सात) दिनको म्याद दिन पुनः साधारणसभा बोलाइने छ।
६.
साधारणसभा र विशेष साधारणसभाको छुट्टा छुट्टै निर्णय पुस्तिका राखिने छ।
१२. साधारणसभाको काम, कर्तव्य र अधिकार : साधारणसभाको काम, कर्तव्य र अधिकार देहाय बमोजिम हुनेछ।
क)
कार्य समितिलसले पेश गरेको योजना कार्यक्रमहरू र वार्षिक बजेट पारित गर्ने।
ख)
लेखापरीक्षकद्वारा प्राप्त भएको वार्षिक लेखा परीक्षण प्रतिवेदनमाथि छलफल गरी
अनुमोदन गर्ने र लेखा परीक्षण प्रतिवेदनबाट देखिएका अनियमित बेजुरु रकमहरू म्ााथि
छलफल गरी नियमित गर्न नमिल्ने बेजुरु रकमहरू असुल उपर गरी फर्छ्यौट गर्नको लागि
कार्य समितिलाई निर्देशन दिने।
ग)
आगामी वर्षको लागि लेखा परीक्षकको नियुक्ति गर्ने।
घ)
सस्थाको वार्षिक कार्य प्रगती विवरण र संस्थाले गरेको कार्यहरूको मूल्याङ्कन गरी
कार्यसमितिलाई आवश्यक निर्देशन दिने।
ङ)
संस्थाको कार्यसमितिका पदाधिकारीहरूको पदावधि पुगेको अवस्थामा कार्य समितिका
पदाधिकारीहरूको विधान बमोजिमको प्रक्रिया अन्तर्गत रही निर्वाचन गर्ने।
च)
कार्य समितिद्वारा पेश भएका विधान संशोधन, नियम तथा विनियम स्वीकृत गर्ने।
छ)
मानार्थ सदस्यता प्रदान गर्ने।
ज)
कार्य समितिबाट संस्थाको हित अनुकुल भएका काम कारवाहीहरूको औचित्य हेरी अनुमोदन
गर्ने।
झ)
संस्थाको आफ्नै आन्तरिक श्रोतबाट व्यहोर्ने गरी कार्यसमितिले पेश गरेको
कर्मचारीहरूको दरबन्दी, पारिश्रमिक भत्ता तथा अन्य
सुविधाहरूमा आवश्यकता अनुरूप स्वीकृति प्रदान गर्ने।
१३. कार्य समितिको गठनः
१.
साधारणसभाका सदस्यहरूब्ााट निर्वाचित देहाय बमोजिमको पदाधिकारीहरू रहने गरी ११
सदस्यीय एक कार्यसमिति गठन गरिनेछ।
कार्य
समितिको गठन निम्नानुसार हुनेछः
अध्यक्ष १
उपाध्यक्ष १
सचिव १
सहसचिव १
कोषाध्यक्ष १
सदस्यहरूः ६
२.
कार्य समितिको कार्य अवधि ३ वर्षको हुनेछ।
३.
वार्षिक साधारणसभा हुनुभन्दा अगावै कार्य समितिमा रहेको कुनै सदस्यको पद रिक्त हुन
आएमा बाँकी अवधिका लागि कार्य समितिका सदस्यका लागि मनोनयन कार्य समितिद्वारा गर्न
सकिनेछ। यसरी सो पदमा निर्वाचन भएको सदस्यको कार्यकाल जुन सदस्य पद रिक्त भएको हो, सो सदस्य बाँकी कार्यकाल सम्मका लागि मात्र हुने
छ तर अन्य पदहरूको लागि विधान बमोजिम बाँकी अवधिको निमित्त निर्वाचन
प्रक्रियाद्वारा पद पूर्ति गरिनेछ।
४.
कार्यसमितिको बैठक आवश्यकता अनुसार अध्यक्षले बोलाउने छ। तर कार्यसमितिको
पदाधिकारीहरूको जम्मा सङ्ख्याको ५१ प्रतिशतले बैठक बोलाउन माग गरेमा अध्यक्षले
कार्यसमितिको बैठक तुरुन्त बोलाउनु पर्नेछ।
५.
कार्यसमितिका पदाधिकारीहरूको कूल सङ्ख्याको ५१ प्रतिशत पदाधिकारीहरू उपस्थित नभई
कार्यसमितिको बैठक बस्ने छैन।
६.
कार्यसमितिको बैठकमा अध्यक्षले अध्यक्षता गर्ने छ र निजको अनुपस्थितिमा
उपाध्यक्षलेे र उपाध्यक्षको पनि अनुपस्थिति रहेमा बैठकमा उपस्थित भएका बैठकमा
उपस्थित अन्य सदस्यहरूले छानेको वा जेष्ठ सदस्यले अध्यक्षता गर्नेछ।
७.
कार्य समितिको बैठकमा बहुमतको निर्णय मान्य हुनेछ र मत बराबर भएमा अध्यक्षले
निर्णायक मत दिन सक्नेछ।
८.
कार्य समितिको बैठकमा छलफल भएका विषयहरूको छुट्टै निर्णय कितावमा लेखी राखिने छ र
सोे निर्णय विवरणमा बैठकमा उपस्थित सम्पूर्ण सदस्यहरूले सही गर्नु पर्ने छ तर
निर्णयमा असहमति जनाउनेहरूले कैफियत खोली सही गर्नु पर्ने छ ।
९.
संस्थाले गर्ने भनेको सम्पूर्ण कार्य कार्र्य समितिको निर्णयबाट हुने छ।
१०.
माथिका दफाहरूमा जुनसुकेै कुरा लेखिएको भए तापनि कार्य समितिले गर्न पाउने कुनै
कार्यको सम्बन्धमा कार्य समितिका सबै पदाधिकारीहरू लिखित रूपमा सहमत भएमा त्यस्तोे
सहमतिलाई निर्णय पुस्तिकामा संलग्न गरी त्यस्तो काम बैठक बिना पनि गर्न सकिने छ।
उपरोक्त बमोजिमको सहमतिलाई कार्यसमितिको बैठकको निर्णय सरह मानिनेछ।
१४. कार्य समितिको काम, कर्तव्य र अधिकारः
कार्य समितिको काम, कर्तव्य र अधिकार देेहाय बमोजिम हुनेछ।
१)
संस्थाको आगामी वर्षको वार्षिक कार्यक्रम तथा अनुमानित बजेट बनाई साधारणसभामा
प्रस्तुत गर्ने।
२)
विधान बमोजिमको ब्यवस्था पालना गरी साधारणसभाको निर्णय कार्यन्वयन गर्ने गराउने।
३)
संस्थाको हितमा हुने कार्यक्रमहरू सञ्चालन गर्ने।
४)
साधारणसभाप्रति उत्तरदायी हुने।
५)
संस्थाको उद्देश्य प्राप्तिका लागि उपलब्ध साधन र श्रोतको अधिकतम उपभोग र प्रयोग
गर्ने।
६)
संस्थाको कार्यसम्पादन गर्न कार्य योजना बनाउने, श्रोत जुटाउने, कार्यन्वयन, सुपरिबेक्षण र अनुगमन गर्ने।
७)
संस्थाको कोष र सम्पत्ति सुरक्षित तरिकाले राख्न लगाउने र ब्याङ्क खाता खोली
सञ्चालन गर्ने।
८)
संस्थाको कर्मचारीहरूको सेवा शर्त र सुविधा आदि सम्बन्धी कर्मचारी नियमावली बनाई
साधारणसभाबाट स्वीकृत गराई लागू गर्ने गराउने।
९)
संस्थाको उद्देश्य परिपूर्तिको लागि आफ्नो कार्य अवधिमा उपयुक्त व्यक्तिहरूको
सल्लाहकार समिति, अन्य समिति, उपसमिति गठन गर्ने र आवश्यकता अनुरूप कार्यको
बाँडफाँड गरिदिने।
१०.
संस्थाको नेतृत्वदायी भूमिका निर्वाह गर्ने।
१५. पद त्याग गर्न सक्ने : अध्यक्षले उपाध्यक्षमार्फत कार्यसमिति समक्ष र
उपाध्यक्ष तथा अन्य पदाधिकारीहरूले अध्यक्ष समक्ष राजीनामा दिई पद त्याग गर्न
सक्ने छन्।
१६. अन्य समितिहरू :
१. यस
विधानको परिधिभित्र रहेर संस्थाको कार्य सञ्चालनको लागि कार्य समितिले आवश्यकता
अनुसार अन्य समिति वा उपसमितिहरू ग्ाठन गर्न सक्नेछ तर साधारणसभाको बैठकद्वारा
अनुमोदन गराउनु पर्ने छ।
२.
उपसमितिहरूको कार्यहरू कार्य समितिले तोकिदिए बमोजिम हुनेछ।
परिच्छेद–५
पदाधिकारीहरूको
काम, कर्तव्य र अधिकार
१७. पदाधिकारीहरूको काम, कर्तव्य र अधिकार : कार्य समितिका पदाधिकारीहरूको काम, कर्तव्य र अधिकार देहाय बमोजिम हुनेछ।
क.
अध्यक्ष
१)
कार्य समिति र सभाको बैठकको अध्यक्षता गर्ने, बैठक सञ्चालन गर्ने।
२)
कार्य समितिको बैठकमा मत बराबर भएमा निर्णायक मत दिने।
३)
आवश्यकता अनुसार बैठक बोलाउन सचिवलाई निर्देशन दिने।
४)
विधान, साधारणसभाले तय गरेको
दिशामा संस्थालाई वि्र्कयाशील रहन नेतृत्व प्रदान गर्ने।
५)
अभिलेख प्रमाणित गर्ने।
६)
संस्थाको तर्फबाट प्रतिनिधित्व गर्ने वा प्रतिनिधि तोक्ने।
७) अन्य
पदाधिकारी एवं सदस्यहरूलाई कामको बाँडफाँड गर्ने।
ख.
उपाध्यक्ष
१) अध्यक्षलाई सहयोग गर्ने।
२) अध्यक्षले दिएको जिम्मेवारी पूरा
गर्ने।
३) अध्यक्षको अनुपस्थितिमा अध्यक्षको काम
गर्ने।
ग. सचिव
१) संस्थाको सचिवालयको दैनिक रेखदेख र
सञ्चालन गर्ने।
२) अध्यक्षको निर्देशन अनुसार कार्य
समितिको बैठक र सभा बोलाउने।
३) कार्य समिति र साधारणसभाको बैठकको
निर्णय कार्यान्वयन गर्ने।
४) अभिलेख सुरक्षित राख्ने।
५) संस्थाको वाषिर्क कार्य योजना तयार
गर्ने।
६) संस्थाको प्रतिवेदन तयार गर्ने।
७) अध्यक्षले दिएको अन्य जिम्मेवारी पूरा
गर्ने।
घ. सहसचिव
१) सचिवलाई सहयोग गर्ने ।
२) सचिवको अनुपस्थितिमा सचिवको काम गर्ने।
३) समितिले तोकेको जिम्मेवारी पूरा गर्ने।
ङ. कोषाध्यक्ष
१) संस्थाको कोषको रेखदेख, सञ्चालन र आयव्यय विवरण राख्ने।
२) साधारणसभामा वार्षिक कार्यक्रम र बजेट
पेश गर्ने।
३) संस्थाको आर्थिक प्रतिवेदन र बजेट तयार
गर्ने।
४) नियमित रूपमा वार्षिक लेखा परीक्षण
गराउने।
५) लेखा दुरुस्त राख्ने।
च.
सदस्य
१) कार्य समितिको बैठकमा नियमित उपस्थित
भई निर्णयप्रवि्र्कयामा सक्रिय रूपमा भाग लिने।
२) संस्थाको कार्यमा रचनात्मक भूमिकाको
निर्वाह गर्ने।
१८. गणपुरक सङ्ख्या :
१. कुल
सदस्य सङ्ख्याको ६० प्रतिशत साधारण सदस्यहरू उपस्थिति नभई साधारणसभाको काम कारवाही
हुने छैन।
२. तर
विधानको दफा ११ को (५) मा उल्लेख भए बमोजिम, पुनः बोलाइएको साधारणसभामा कूल सदस्य सङ्ख्याको
५१ प्रतिशत उपस्थित भएमा सभा गर्न बाधा पर्ने छैन।
परिच्छेद ६
आर्थिक
व्यवस्था
१९. संस्थाको कोष :
१)
संस्थाको आफ्नो एउटा छुट्टै कोष हुनेछ र सो कोषमा देहाय बमोजिमको प्राप्त रकमहरू
जम्मा हुनेछन् ।
(क)
सदस्यता वापत प्राप्त प्रवेश शुल्क र सदस्यता शुल्कको रकम।
(ख)
कसैले स्वेच्छाले दिएको अनुदान सहायता वापत प्राप्त रकम।
(ग)
संस्थाको चल अचल सम्पत्ति वा अन्य वस्तुको विक्रिबाट प्राप्त रकम।
(घ)
विदेशी संस्था, व्यक्ति वा
अर्न्तराष्ट्रिय सङ्घ संस्थाबाट सहयोग बापत प्राप्त रकम।
(ङ) स्थानीय निकायबाट प्राप्त अनुदान वा सहयोग बापत
प्राप्त रकम
(च) प्रकाशन वापत प्राप्त आय।
(छ)
अन्य विविध श्रोतबाट प्राप्त अनुदान तथा सहयोग।
२.विदेशी
सङ्घ संस्थाबाट आर्थिक सहयोग तथा अनुदान लिने भए संंस्थाले नेपाल सरकार अर्थ
मन्त्रालयबाट स्वीकृत लिइने छ।
३.
संस्थामा प्राप्त रकम स्थानीय ब्याङ्कमा जम्मा गरी ब्याङ्क खाता सञ्चालन गरिने छ।
२०. खाता सञ्चालन : संस्थाको ब्याङ्क खाता अध्यक्ष र कोषाध्यक्षको
संयुक्त दस्ताखतबाट सञ्चालन हुनेछ। प्रचलित ऐन नियम अनुसार खर्च गर्ने तथा खर्चको
श्रेस्ता राख्ने व्यवस्था गरिनेछ।
२१. कोषको रकम खर्च गर्ने तरिकाः संस्थाको कोषमा
जम्मा भएको रकम खर्च गर्दा देहाय बमोजिम तरिका अप्नाई खर्च गरिने छ।
(क) संस्थाको
वार्षिक बजेट योजना र कार्यन्वयन स्वीकृत नगरी कोषबाट खर्च गर्न सकिने छैन।
(ख)
साधारणसभाबाट पारित बजेट र कार्यक्रमको अधीनमा रही कोषबाट रकम खर्च गर्न
सकिनेछ।
(ग)
कोषबाट खर्च भएको रकमको आर्थिक प्रतिवेदन साधारणसभामा अनिवार्य रूपमा पेश गर्नु
पर्नेछ।
(घ)
कोषको रकम खर्च गर्दा तोकिए बमोजिम खर्च गर्नु पर्नेछ।
२२. संस्थाको लेखा परीक्षण
क)
संस्थाको आय व्यय र लेखा प्रचलित कानुन बमोजिम स्पष्ट तवरले राखिने छ।
ख)
संस्थाको लेखा परीक्षण प्रचलित कानुन बमोजिम रजिस्टर्ड लेखा परीक्षकद्वारा हुनेछ।
ग)
नेपाल सरकार वा स्थानीय अधिकारीले चाहेमा जुन सुकै बखतमा पनि आफै वा मातहतका
कर्मचारीहरू ख्ाटाई संस्थाको हिसाव किताव जाँच गर्न गराउन सक्नेछ।
घ) लेखा
परीक्षकको नियुक्ति साधारणसभाबाट हुनेछ। तर प्रथम वार्षिक साधारणसभा नभएसम्म लेखा
परीक्षकको नियुक्ति कार्यसमितिबाट हुनेछ।
ङ)
संस्थाको लेखा परीक्षण प्रतिवेदन र वार्षिक कार्य प्रगति विवरणको १/१ प्रति
स्थानीय अधिकारी, जि.वि.स. समाज कल्याण
परिषद्् र सम्बन्धित निकायमा पेश गरिने छ।
परिच्छेद ७
निर्वाचन, अविश्वासको प्रस्ताव, विधान संशोधन सम्बन्धी व्यवस्था
२३. निर्वाचन सम्बन्धी व्यवस्था :
क)
कार्य समितिको निर्वाचन प्रयोजनको लागि बढीमा ३ जनाको एक निर्वाचन समिति कार्य
समितिको सहमतिद्वारा गठन गरिनेछ।
ख)
निर्वाचन समितिले प्रचलित कानुनको परिधिभित्र रहेर निर्वाचन कार्यविधि आफै
व्यवस्थित गर्नेछ।
ग)
निर्वाचन सम्बन्धी विवाद उत्पन्न भएमा विवादको विषयमा निर्वाचन समितिले गरेको
निर्णय नै अन्तिम हुने छ ।
घ)
कार्य समितिको निर्वाचन साधारणसभामा उपस्थित प्रतिनिधिहरूबाट लोकतान्त्रिक विधि र
समावेशी आधारमा हुनेछ।
(ङ)
निर्वाचन सम्पन्न भएको भोलिपल्ट निर्वाचन समिति स्वतः विघटन हुनेछ।
२४. उम्मेदवार हुने योग्यताः
(क) यस
विधानको दफा ७ बमोजिम सदस्यता प्राप्त व्यक्ति।
(ख)
कार्यसमितिको सदस्यको लागि साधारण सदस्यता प्राप्त गरेको कम्तीमा तीन वर्ष पूरा
भएको हुनु पर्ने छ।
(ग)
कार्यसमितिको पदाधिकारीको लागि एक कार्यावधि कार्यसमितिमा सदस्यको रूपमा काम गरेको
हुनु पेर्ने छ।
२५. अविश्वासको प्रस्तावः
१.
अविश्वासको प्रस्ताव लिखित रूपमा कुनकुन पदाधिकारीको विरुद्धमा हो स्पष्ट खुलाई
देहाय बमोजिमको रित पुर्याई संस्थामा दर्ता गर्नु पर्नेछ।
क)
आफूलाई सहज हुने भाषामा शिष्ट शब्दको प्रयोग गरी लेखिएको हुनु पर्छ।
ख)
प्रस्तावको विषय स्पष्ट र व्यवहारिक हुनु पर्छ।
ग)
साधारणसभा सदस्यहरू मध्येबाट कम्तीमा १/४ (एक चौथाई) सदस्यहरूको प्रष्ट नाम थर र
ठेगाना सहित खुलाई सही भएको हुनु पर्छ।
२.
उपदफा १ बमोजिम संस्थामा दर्ता भएको अविश्वासको प्रस्तावको स्पष्ट विषय खुलाई
साधारणसभा वा विशेष साधारणसभा बस्ने स्थान, मिति, समयसमेत तोकी संस्थाको साधारणसभाको सम्पूर्ण
पदाधिकारी र सदस्यहरूलाई विधानको दफा ११ (४) बमोजिम साधारणसभा वा विशेष साधारणसभा
बस्ने सूचना दिइनेछ।
३.
अविश्वासको प्रस्तावमाथि छलफलको प्रक्रिया :
(क)
साधारणसभामा अध्यक्षता गर्ने व्यक्तिले साधारणसभामा उपदफा १ बमोजिमको प्रस्ताव पेश
गर्न अनुमति दिनेछ र प्रस्ताव पेश गर्ने सदस्यहरूमध्ये १ जनाले अविश्वासको
प्रस्ताव ल्याउनु पर्ने कारण सहितको अभिमत सभा समक्ष प्रस्तुत गर्ने छ।
(ख)
उपदफा ३ (क) बमोजिम अविश्वासको प्रस्ताव पक्षका सदस्यले आफनो अभिमत प्रस्तुत
गरेपछि सो प्रस्तावमाथि मत प्रकट गर्न चाहने बढीमा अन्य तीन जना सदस्यहरूलाई
अध्यक्षले अभिमत प्रकट गर्न अनुमति दिन सक्नेछ।
(ग)
उपदफा (१) बमोजिम अविश्वासको प्रस्ताव जुन पदाधिकारीहरू विरुद्ध प्रस्तुत गरिएको
हो, अध्यक्षता गर्ने व्यक्तिले
ती पदाधिकारीहरूलाई आफ्नो सफाई पेश गर्ने मौकाको लागि आफ्नो भनाइहरू राख्न अनुमति
दिइनेछ।
४.
अविश्वासको प्रस्ताव माथि निर्णय :
१.
अविश्वासको प्रस्ताव उपर आफ्नो भनाई प्रस्तुत गर्ने क्रम समाप्त भएपछि अध्यक्षता
गर्ने व्यक्तिले सो अविश्वासको प्रस्तावको बहुमत पक्ष वा विपक्षमा छ भने निर्णयको
लागि देहाय बमोजिमको कुनै एक तरिका अपनाई अविश्वासको प्रस्तावको निर्णयको घोषणा
गर्ने छ।
क)
अविश्वासको प्रस्तावको पक्षमा मत प्रकट गर्ने एक समूहमा र विपक्षमा मत प्रकट गर्ने
अर्को समूहमा छुट्याएर वा
ख)
साधारणसभाका सदस्यहरूलाई अविश्वासको प्रस्तावको पक्ष र विपक्षमा गोप्य मतदान
गराएर।
२.साधारणसभाको
कूल सदस्य सङ्ख्याको २/३ (दुईतिहाइ) बहुमतले अविश्वाशको प्रस्ताव पारित हुने छ।
त्यस्तो प्रस्ताव पारित भएमा प्रस्तावित पक्षका व्यक्तिहरू पद मुक्त हुने छन्।
३.
निर्वाचत भएको ६ महिना नपुगी वा प्रस्ताव विफल भएको ६ महिना नपुगी त्यस्तो व्यक्ति
उपर पुनः अविश्वासको प्रस्ताव ल्याउन पाइने छैन।
२६. विधान संशोधनः कुल सदस्य सङ्ख्याको २/३
(दुईतिहाइ) साधारणसभा सदस्यहरूले अनुमोदन गरेपश्चात् मात्र संस्थाको कुनै दफा संशोधन
वा खारेजको लागि स्थानीय अधिकारी समक्ष सिफारिस गरिपठाउनु पर्ने छ। स्थानीय
अधिकारीबाट स्वीकृत भए पश्चात् मात्र संस्थाको कुनै दफा संशोधन वा खारेज भएको
मानिने छ।
२७. नियम बनाउन सक्नेः
क)
संस्थाले आफ्नो कार्यसम्पादन गर्ने सन्दर्भमा आवश्यक नियम बनाउन सक्ने छ र सो नियम
साधारणसभाबाट पारित गराई लागू हुनेछ र स्थानीय अधिकारीलाई सो को जानकारी दिनु
पर्नेछ।
ख) यो
विधान र विधान अन्तर्गत बनेको नियमको अधिनमा रही संस्थाको कार्यसञ्चालन र उद्देश्य
कार्यान्वयनका लागि कार्यसमितिले कर्मचारी व्यवस्था र आर्थिक प्रशासन सम्बन्धी
विनियम बनाई लागू गर्न सक्नेछ। त्यस्तो विनियमहरू साधारणसभाबाट अनुमोदन गराउनु
पर्नेछ।
२८. कर्मचारीको व्यवस्थाः
क)
संस्थाको दैनिक कार्य सञ्चालन र योजना तथा कार्यक्रम सञ्चालनको लागि कर्मचारी
दरवन्दी सृजना, पारिश्रमिक, भत्ता तथा अन्य सुविधा र कर्मचारीको सेवा शर्तहरू
अपनाउनु पर्ने कार्यविधि तोकिए बमोजिम हुनेछ।
ख)
संस्थाले विदेशी सहयोग प्राप्त गरी संस्था सञ्चालन गर्ने, विदेशी सल्लाहकार वा स्वयंसेवक राख्ने अवस्था
भएमा निजले काम गर्ने अवधि, पुर्याउने सेवा, कामको औचित्य, सुविधा र तिनको योग्यता समेतको विवरण स्थानीय
अधिकारी, जिल्ला विकास समिति र समाज
कल्याण परिषद्मा समेत जानकारी गराइनेछ।
२९. संस्था खारेजी :
१.
साधारणसभाले आवश्यक देखेमा विशेष प्रस्ताव पारित गरी संस्था खारेजी गर्न सक्नेछ।
२.
उपदफा १ बमोजिम संस्थाको खारेजीको प्रस्ताव पारित गर्दा साधारणसभाले खारेजीको
कामका लागि एक वा एकभन्दा बढी लिक्विडेटरहरू र संस्थाको हिसाव किताव गर्नको लागि
एक वा एकभन्दा बढी लेखा परीक्षकहरू
नियुक्त गर्न सक्ने छन्।
३.
उपदफा (२) बमोजिम नियुक्त लिक्वेडेटर र लेखा परीक्षकहरूको पारिश्रमिक साधारणसभाले
तोकिदिए बमोजिम हुनेछ।
४. यसरी
कारणवश संस्था विघटन भई खारेज भएमा संस्थाको दायित्वको फरफारक गरी बाँकी रहने
सम्पूर्ण जायजेथा नेपाल सरकारको हुनेछ।
३०.
व्याख्या : यो विधान र विधान अर्न्तगत बनेको नियम, विनियमको व्याख्या गर्ने अधिकार कार्यसमितिलाई
हुनेछ।
३१.
गोप्यता भङ्ग गर्न नहुने : यस संस्थाका कुनै पनि पदाधिकारी वा सदस्यले संस्थाको
अहित हुने कार्य गर्नु हुँदैन। कार्य समितिका पदाधिकारी वा साधारणसभाका सदस्यहरूले
बैठक वा साधारणसभामा असभ्य र अश्लिल शब्दको प्रयोग गर्न पाइने छैन।
३२. ऐन अनुसार हुनेः यस विधानमा उल्लेख नभएका कुराहरू
कानुन बमोजिम हुनेछ र संस्था दर्ता ऐन, नियम र प्रचलित कानुनसँग बाझन गएमा बाझएको हदसम्म
स्वतः निष्कृय हुनेछ।
३३.
निर्देशनको पालना : नेपाल सरकार वा
स्थानीय अधिकारीले समयसमयमा दिएको निर्देशनको पालना गर्नु संस्थाको कर्तव्य हुनेछ।
३४.
तदर्थ समिति :
क) यो
संस्था स्थापना गरी दर्ता गराउनुको लागि गठित तदर्थ समितिले ६ महिना भित्र
साधारणसभा बोलाई विधान अनुसारको निर्वाचन समितिको गठन गरी नयाँ कार्यसमितिको
निर्वाचन गराउने छ र सो को जानकारी स्थानीय अधिकारीलाई दिइने छ।
ख)
प्रथम पटक निर्वाचन सम्पन्न नभएसम्मको अवस्थामा कार्यसमितिले गरेका काम कारवाहीहरू
यसै विधानसरह भएको मानिने छ।
३५.
हामी 'यलम्बर फाउन्डेसन
(किरातोलोजी रिसर्च सेन्टर)'का
निम्न संस्थापकहरू यस विधान बमोजिम कार्य गर्न मञ्जुर भई निम्न साक्षीको रोहबरमा
विधानमा सहीछाप गर्दछौँ।
संस्थापकको
नाम, थर र ठेगाना साक्षीको नाम, थर, वतन र सहिछाप
संस्थापकको
नाम, थर र ठेगाना
|
साक्षीको
नाम, थर, वतन र सहिछाप
|
दस्तखत M
१। नाम थरः डिल्ली
विक्रम ईङवाबा
ठेगानाः काठमाण्डौ
जिल्ला, वार्ड नं ३४
हालः कामनपा ३२,
अनामनगर
दा वा
|
दस्तखत M
१। नाम थरः वीर
बहादुर लिम्बू
ठेगानाः ताप्लेजुङ
जिल्ला, खेवाङ गाविस वार्ड नं ८
|
दस्तखत M
२। नाम थरः मोतीकला
सुब्बा देवान
ठेगानाः तेरथुम
जिल्ला, म्याङलुङ गाविस वार्ड नं २
हालः कामनपा ३२,
अनामनगर
दा वा
|
दस्तखत M
२। नाम थरः दिनेश
तुम्याङ लिम्बू
ठेगानाः ताप्लेजुङ
जिल्ला, खेवाङ गाविस वार्ड नं ८
|
दस्तखत M
३। नाम थरः वलिराज
राज राई
ठेगानाः भोजपुर
जिल्ला, तिम्मा गाबिस वार्ड नं ४
हालः कामनपा ३२,
अनामनगर
दा वा
|
दस्तखत M
३। नाम थरः स्मीता
राई
ठेगानाः धनकुट्टा
जिल्ला, धनपा वार्ड नं १
|
दस्तखत M
४। नाम थरः कृष्ण
कुमारी सुब्बा
ठेगानाः धनकुट्टा
जिल्ला, धनपा देब्रेबास वार्ड नं ४
हालः कामनपा ३२,
अनामनगर
दा वा
|
दस्तखत M
४। नाम थरः हरेन्द्र
इङनाम (लिम्बू)
ठेगानाः धनकुट्टा
जिल्ला, बूढीमोरङ ५
|
दस्तखत M
५। नाम थरः प्रेम
बहादुर बेघा
ठेगानाः पाँचथर जिल्ला,
च्याङथापु वार्ड नं २
हालः कामनपा ३२,
अनामनगर
दा वा
|
दस्तखत M
५। नाम थरः प्रेम
कुमारी बेघा
ठेगानाः धनकुट्टा
जिल्ला, बूढीमोरङ ५
ठेगानाः पाँचथर जिल्ला,
च्याङथापु वार्ड नं २
|
दस्तखत M
६। नाम थरः गणेश
राई
ठेगानाः ओखलढुंगा जिल्ला,
थाक्ले वार्ड नं ८
हालः कामनपा ३२,
अनामनगर
दा वा
|
दस्तखत M
६। नाम थरः सीताराम
राई
ठेगानाः ईलाम
जिल्ला, पञ्चकन्या ६
|
दस्तखत M
७। नाम थरः अम्बरजङ
लिम्बू
ठेगानाः ताप्लेजुङ
जिल्ला, खेवाङ गाविस वानं ८
हालः कामनपा ३२,
अनामनगर
दा वा
|
दस्तखत M
७। नाम थरः पदमसिं
माबो
ठेगानाः ताप्लेजुङ
जिल्ला, तेल्लोक ६
|
अनुसूचि १
संस्थाको
छाप
·
दुई वटा गोलाकार बीचमा संस्थाको नाम किरात लिपिमा (……. ……….) र रोमन लिपिमा YALAMBAR FOUNDATION लेखिने छ .
·
केन्द्र भागमा यलम्बरको रेखाचित्र हुनेछ।
अनुसूची २
संस्थाको
प्रतीक चिन्ह (लोगो)
·
वृत्तभित्रको त्रिकोणको तिनै कुनामा चुलोको प्रतीक स्वरूप कोण
चिन्हहरू रहने छन्।
·
त्रिकोणको माथिल्लो भागमा लेख्दै गरेको प्वाँख रहने छ।
·
त्रिकोणको तल्लो भागमा संस्थाको नाम किरात लिपिमा (……. ……….), देवनागरी लिपिमा यलम्बर फाउन्डेसन र रोमन लिपिमा YALAMBAR FOUNDATION रहने छ।
No comments:
Post a Comment